काठमाडौं- नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकाे छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर नेपालमा रहेको प्रतिनिधि मण्डलले भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको शीतल निवास स्रोतले जनाएको छ।
भेटमा भएको छलफलबारे भने राष्ट्रपतिको कार्यालयले खुलाएको छैन। राष्ट्रपतिसँग एक घण्टा कुराकानी भएकाे शीतल निवासले जनाएकाे छ।
प्रधानमन्त्रीलाई साेमबार भेट्ने
प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साेमबार भेट्ने भएकाे छ। आइतबार भेट्ने भनिए पनि समय नमिलेका कारण सोमबार मात्रै भेट हुने तय भएकाे छ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझोउको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजे काठमाडौं आएको थियाे। नेकपाभित्र विवाद चर्केकाे र ससद विघटन भएकाे अवस्थामा चिनियाँ पक्षकाे उच्चस्तरीय भ्रमण भएकाे हाे।
प्रधानमन्त्री र राष्ट्रपतिपछि दाहाल नेपालसँग भेट
चीनियाँ टाेलीले सरकार पक्षकाे भेटपछि मात्र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसँग भेट गर्ने बुझिएकाे छ। नेकपाभित्रकाे विवादमा चलिरहेकाे विवाद मिलाउन सरकार पक्षकाे कुरा सुन्नु पर्ने भएपनि प्रधानमन्त्री र राष्ट्रपति भेटेकाे हाे।
यसअघि चिनियाँ राजदूत हाउ यान्छी सक्रिय भएकी थिइन्। उनले राष्ट्रपति भण्डारी, पुष्पकमल दाहाल र माधव नेपालसँग भेट गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।