• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

संसद् विघटन गर्नु संविधानको बर्खिलाप हो : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

64x64
नेपाल लाइभ आइतबार, पुस ५, २०७७  २२:२८
1140x725

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्‍यो। यो प्रस्ताव लिएर लगत्तै प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शीतल निवास पुगे। तत्कालै राष्ट्रपति भण्डारीले संसद् विघटन गरिदिइन्। 

संविधानमा नै नभएको अधिकार प्रधानमन्त्री र राष्ट्रपतिले प्रयोग गरेको भन्दै सार्वजनिक रूपमा आलोचना सुरु भएको छ। नेकपाका नेताहरू स्पष्ट रूपमा दुई धारमा विभाजन गराएको छ यो कदमले। संविधानप्रतिको विश्वासमा आँच ल्याएको संवैधानिक कानुका ज्ञाताहरूले टिप्पणी गरेका छन्। कांग्रेससहितका सबै दलले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको चर्को आलोचना गरेका छन्। 

राष्ट्रपतिले गरेको संसद् विघटन असंवैधानिक कदम भएको जिकीर गर्दै सर्वोच्च अदालतमा तीन थान रिट पेस भएका छन्। यी रिट दर्ता गर्ने नगर्ने बारे सर्वोच्चले सोमबार निर्णय गर्ने जानकारी दिएको छ। यी रिट दर्ता भए सिधै संवैधानिक इजलासमा पुग्नेछन्। इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित उनले तोकेका थप ४ जना सदस्य रहेनेछन्। अब सोही इजलासले यो विषयको अन्तिम किनारा लगाउनेछ। यही राजनीतिक सेरोफेरोमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग नेपाल लाइभका दुर्गा दुलालले गरेको छोटो कुराकानीको सम्पादित अंश:

अहिलेको संसद् विघटनलाई कसरी लिन सकिन्छ? यो संविधानअनुसार छ कि छैन? 
संविधान मान्ने हो भने यो गर्न मिल्ने कदम होइन। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको यो कदमलाई सर्मथन गर्ने गरी संविधानमा कुनै पनि व्यवस्था छैन।

संविधान निर्माणको समयमा यो विषयमा धेरै छलफल भएकै हो। हामी पनि उक्त छलफलमा सहभागी भएका थियौँ। सबै संवैधानिक कानुनका जानकार र विज्ञहरुले यसमा सुझाव दिएका थिए। धेरै पटक विगतमा  भएका संसद् विघटनको अभ्यासबाट सिकेर नयाँ व्यवस्था संविधानमा गरिएको हो।

गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीका समयमा भएका संसद् विघटन भएर मुद्दा सर्वोच्चसम्म पुगेका थिए। सर्वोच्च अदालतले दुई समयमा दुई फरक फरक फैसला सुनायो।

कोइरालाको संसद् विघटनलाई सर्वोच्चले सर्मथन गरेको थियो भने मनमोहनको बदर गरियो। यसो गर्नुको पछाडि अदालतले कारण दिएको थियो र आधारहरु पनि देखाएको थियो। सबैले आफू कार्यकारी भएपछि विघटन गर्ने खतरा भएको थियो। आफूले भनेजस्तो वातावरण भएन भने विघटन भन्ने चलन नै शुरुवात हुने खतरा देखियो। यसले संविधान नै फितलो भयो।

२०४७ सालको यो संविधान फितलो भएको महसुस भएकै कारण २०७२ सालको संविधानमा संसद् विघटनबारे अलि कठोर व्यवस्था गरेको हो। विघटन कुन परिस्थितिमा हुन्छ भन्ने कुरा हेर्न जरुरी छ।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानको धारा ८५ को अन्य व्यवस्था हेर्दा पनि ओलीको यो संसद् विघटनलाई सर्मथन गर्दैन। बहुमत भएको व्यक्तिले सरकार चलाउने हो। दुई दल मिलेर सरकार बनाउने र राष्ट्रपतिले बहुमत भएको सिद्ध गर्ने प्रक्रिया अवलम्वन गर्नुपर्ने संविधानले परिकल्पना गरेको छ।

यदि यी प्रक्रिया भएनन् भने मात्र संसद् चल्दैन, किनकि सरकार बनाउन नसक्ने अवस्थामा मात्र संसद् विघटन गर्ने परिकल्पना गरेको छ। संविधानमा यो सोच विचार गरेकै बनाएको हो। प्रधानमन्त्रीले मलाई कामै गर्न दिएनन् त्यसैले म संसद् विघटनमा जान्छु भनेर २०४७ सालको संविधानमा मात्र व्यवस्था थियो तर अहिलेको संविधानमा छैन। 

त्यसो भए संविधानमा हामी परिष्कृत भयौं, तर सोच र व्यवहारमा त परिवर्तन भएन नि है? 
हो, हामी त्यही पुरानै मानसिकतामा रहेको देखियो। हाम्रो बानी के छ भने संविधान र कानुन मिच्दै जाने हो। आफूलाई अप्ठारो नपर्दासम्म संविधान र कानुन मान्ने अप्ठारो परेपछि संशोधन गर्दै जाने भएको छ। २०६३ सालको संविधानमा हामीले यही अभ्यास गरेकै हो।

खाली सजिलो र आफू अनुकुल व्याख्या गर्ने काम संविधानको भयो।  दुई वर्षको अन्तरिम कालका लागि निर्माण भएको संविधानलाई पटक पटक संशोधन गर्नु भनेको यही मानसिकताको उपज हो।

Xtrem

Xtrem

सरकार बहुमतको भएपछि पार्टीभित्रको आन्तरिक विवाद आपसमा बसेर मिलाउन पर्‍यो। बहुमतको सरकार हुदाँहुँदै संसद् विघटन गर्नु भनेको संविधानको बर्खिलाप नै हो। संविधानको कुनै पनि धाराले दिँदैन। विघटन गरेको मिलेन भनेर सबैले भनिरहेका छन्। सबैतिरको एकै आवाज आउनु भनेको नमिलेको कुरा नै हो। 

देशमा कोरोना महामारी छ। आर्थिक रुपमा देश समस्यामा छ। भ्याक्सिन खरिद गर्नुपर्नेदेखि विविध देशका समस्या छन्। यस्तो बेला किन संसद् विघटन गरिएको होला? 
यो पनि हो। मनमोहनको समयमा सर्वाेच्च अदातले भनेकै छ नि। सधै जनताकोमा गएर चुनावमा मात्र गराएर आर्थिक रुपमा पनि भार दिने हो? भनेर बोलेकै छ त। यही अवस्था हेर्दा र यो फैसलाको कसीमा हेर्दा देशमा संकट आउने गरी भएको काम गलत नै छ। अहिले देशमा भएको कोरोनाको संकटमा काम गर्नुपर्ने हो।

बेलायततिर केसम्म भएको छ भने अन्त्यमा मलाई काम गर्ने वातावरण भएन र विकल्प पनि भएन भने गर्ने गरिएको छ। हाम्रोमा त्यो अवस्था होइन। अब देशले कुन अवस्था भोग्नु पर्छ? देशले कति आर्थिक भार व्यहोर्नुपर्छ? ५ वर्षमा हुनुपर्ने चुनाव दुई र अढाई वर्षमा गरेर हामी धान्न सक्छौ? यसरी त प्रजातन्त्र नै महँगो भयो। 

शासकको सन्कीपनले जनता दुखमा पर्दै गए भन्ने छ नि? 
त्यो त ठिकै हो। देशमा अहिले कोरोनाको महामारी थियो। यतातिर देश आर्थिक रुपमा जर्जर भएको छ। भर्खर मात्र देशमा लकडाउन खोलिएर उद्योग र व्यापार व्यवसाय चल्न थालेका छन्। जनताहरु भर्खर काममा निस्कन थालेका छन्। कसैको स्वार्थका निम्ति देशमा हठात् चुनाव भनेर एकदुई जनाको स्वार्थका निम्ति देशले सधै चुनावको मार खपेर हुदैन। संविधानले भनेको कुरा व्याख्या गर्ने हो भने यो सही छैन। 

यो विवाद सर्वोच्च पुगेको छ। यसबाट के आश गर्न सकिन्छ? 
सर्वोच्च अदालतले के गर्ला अहिले भन्न सकिँदैन। भन्ने कुरा पनि भएन। सर्वोच्च अदालतको बारेमा टिप्पणी पनि गर्न चाहान्नँ। सर्वोच्चले छिटै सुनुवाई गर्ला, तत्काल आदेश गर्ला वा वर्षौँसम्म सुनुवाई हुन नसक्ला त्यो अलग कुरा हो।

निर्वाचन भइसकेपछि फैसला दिएर 'निर्वाचन नै भइसकेकाले यसमा अब बोल्न परेन' पनि भन्न सक्ला। त्यसमा मेरो बोल्नु छैन। भोलि सडकमा धेरै आन्दोलन हुँदा सडकबाट सरकार गठन हुने सम्भवाना पनि हुन्छ। यसले धेरै सम्भावनाका कुरा खोलेको छ। 

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  २२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्