काठमाडौं- धुम्बाराहीमा बसेको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू अनुपस्थित भएका छन्।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि ओलीलाई अनुशासनको कारबाही गर्ने विषयमा छलफल हुने भएकाले ओली पक्ष अनुपस्थित भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
संसद् विघटन भएपछि संसद् सचिवालयमा ९० जना नेकपा सांसदहरूले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।