काठमाडौं– संसद् विघटनको सिफारिसलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगामी कदम भएको बताएका छन्। मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले भनेका छन्, 'आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिस गैरसंवैधानिक ,अलोकतान्त्रिक, निरंकुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो।'
यो निर्णय कार्यान्वयन हुन नसक्ने बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका र सम्पूर्ण शक्तिहरु एक हुनुपर्ने उनको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।