काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संसद विघटन गर्ने आधार र कारण नभएको बताएका छन्।
नेपाल लाइभसँग कुराकानी गर्दै श्रेष्ठले प्रधानमन्त्रीले के आधारमा संसद विघटन गरे, त्यसलाई हेरेर मात्रै थप टिप्पणी गर्नु उचित हुने बताए।
‘संविधानले प्रधानमन्त्रीलाई अहिले संसद विघटन गर्ने अधिकार दिएको छैन’, उनले प्रष्ट पारे।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।