काठमाडौँ- सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड पार्टीका नेताहरूसँग छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी ओलीसँग भेट गरेलगत्तै आफ्नो निवास खुमलटार पुगेर छलफलमा जुटेको प्रचण्डको सचिवालयले जानकरी दिएको छ।
प्रधानमन्त्री ओलीसँगै भेटेपछि सिधै खुमलटार पुगेका प्रचण्डले संसद् विघटन गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेपछिको अवस्थाका विषयमा पार्टीका नेताहरुसँग परामर्श गर्ने बुझिएको छ।
ओलीसँगको संवाद सकिएपछि प्रचण्ड खुमलटार लागेको थिए भने ओली मन्त्रिपरिषद् बैठकमा सहभागी हुन गएका थिए।
आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। संसद् विघटनका विषयमा ओलीले प्रचण्डलाई जानकारी दिएको खुमलटार स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।