फाइल तस्बिर
काठमाडौं–प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुर्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा ढिलाइ भएको छ।
बालुवाटारमा १ बजेका लागि निर्धारित बैठकमा ओली उपस्थित नभएपछि स्थायी कमिटीका सदस्यहरु उनलाई कुरिरहेका छन्।
बैठकका लागि अधिकांश स्थायी कमिटी सदस्य बालुवाटार पुगिसकेका छन्। ओलीले केहीबेर अघि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका थिए। दुई अध्यक्षको भेट सकिए पनि स्थायी कमिटीको बैठक सुरु हुन सकेको छैन।
मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएकाले आजको स्थायी कमिटी बैठकमा ओलीको आलोचना हुने आँकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।