काठमाडौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।
बुधबार १ बजेका लागि तोकिएको स्थायी कमिटी बैठकअघि ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
अब केहीबेरमा स्थायी कमिटी सुरु हुँदैछ। स्थायी कमिटीका अन्य सदस्यहरु बैठकका लाागि बालुवाटार पुगिसकेका छन्।
मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएकाले आजको स्थायी कमिटी बैठकमा ओलीको आलोचना हुने आँकलन गरिएको छ। बैठकमा ओलीको उपस्थितिबारे अन्याेल छ।
अध्यादेशका विषयमा प्रचण्डले ओलीको सार्वजनिक रुपमै आलोचना गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।