काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेका छन्।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर पोखरेलले प्रचण्डलाई बुधबार विहान ८ बजे खुमलटारमा भेट गरेका हुन्।
त्यसअवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशका विषयमा छलफल भएको बुझिएको छ। पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको भन्दै प्रचण्ड निक्कै चिढिएका छन् । त्यस विषयलाई आज बस्ने बैठकमा प्रचण्ड–नेपाल पक्षले चर्काउने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।