• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ७, २०८२ Sun, Nov 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीले पुनः बोलाए संवैधानिक परिषद्‍को बैठक

64x64
नेपाल लाइभ सोमबार, मंसिर २९, २०७७  २०:३८
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्। मंगलबार बिहान ९ बजेका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्‍को बैठक बोलाएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जानकारी दिएको छ। 

यसअघि आइतबार बिहान ९ बजेका लागि बोलाइएको संवैधानिक परिषद्‌को बैठक स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएपछि बैठक स्थगित भएको थियो। नेपाली कांग्रेसले मंसिर २९ मा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको र सोही काममा आफू व्यस्त हुने भन्दै नेता देउवाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए। 

देउवा अनुपस्थित हुने भएपछि बैठकको गणपूरक संख्या नै नपुग्ने भएपछि संवैधानिक परिषद्‍को बैठक स्थगित भएको थियो। लामो समयसम्म बैठक नबस्दा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा असर परेको छ। 

यसैबीच संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफूसँग परामर्श नगरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट बनेका छन्। उनी निकट एक नेताका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति जुटाएको तर प्रचण्डसँग परामर्श पनि गर्न आवश्यक नठानेकाले उनी असन्तुष्ट भएका हुन्।

विभिन्न आयोगहरुका करिब ४ दर्जन पद रिक्त रहेको अवस्थामा मंगलबार संवैधानिक परिषद्को बैठक बस्दैछ। यसअघि गत आइतबारका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित गरिएको थियो। मंगलबारको बैठकले रिक्त रहेका अधिकांश पदहरुमा नियुक्तिको सिफारिस गर्ने तयारी छ। ओलीले बहुमत पद देउवालाई दिएर भए पनि रिक्तता टुग्याउन चाहेकाले मंगलबारको बैठकबाटै धेरैजसो निकायमा पदाधिकारी नियुक्ति गरिने सूचना प्रचण्डसम्म पुगेको छ।

Ncell 2
Ncell 2

'प्रधानमन्त्रीले देउवाजीसँग सहमति गर्नुभाएको छ', प्रचण्ड निकट ती नेताले भने, 'तर पार्टीकै अर्का अध्यक्षसँग सामान्य परामर्श पनि गर्न आवश्यक ठान्नुभएको छैन। यसले अध्यक्ष प्रचण्डलाई असन्तुष्ट बनाएको छ।'

राजनीतिक नियुक्तिहरुमा अध्यक्षद्वयबीच सहमति कायम गर्ने गत स्थायी कमिटीको बैठकको निर्णय भए पनि अध्यक्ष ओलीले उल्लंघन गरेको उनको आरोप छ।

राजनीतिक नियुक्तिहरुमा ओलीले एकलौटी गरेको भन्दै नेकपामा पछिल्लो विवाद सुरु भएको थियो। गत असारदेखि भदौसम्म चलेको स्थायी कमिटीको बैठकले पार्टीमा छलफल र परामर्श गर्ने भने पनि ओलीले राजदूत तथा मन्त्रीहरुमा एकलौटी गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए। पछिल्लो पटक तीन जना मन्त्री बनाउँदा पनि ओली, प्रचण्ड र माधव नेपाल पक्षका एकएक जनालाई बनाइने

सहमतिविपरीत ओलीले एकलौटी गरेको प्रचण्ड-नेपाल पक्षको आरोप छ।

नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डले फरकफरका प्रस्ताव ल्याएर एकअर्काप्रति कैयौं आरोप लगाएपछि उनीहरुबीचत सम्बन्ध चिसिएकै छ, पार्टी पनि विभाजित मानसिकतामा देखिएको छ। ओलीको पछिल्लो तयारीले पार्टीभित्रको विवाद झनै बढ्ने आकलन गरिएको छ।

संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था गरिएको छ। त्यहाँ प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख रहन्छन्। प्रधानमन्त्री भने अध्यक्ष हुन्छन्। अहिले उपसभामुख पद भने रिक्त छ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  २०:३८
  • #संवैधानिक
  • #परिषद्

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो रहनेछ मौसम
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता
विराटनगर किङ्सको लगतार दोस्रो जित, काठमान्डु पाँच विकेटले पराजित
सम्बन्धित सामग्री
चुनावमा भाग लिने कांग्रेसको निर्णय ‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्... शनिबार, मंसिर ६, २०८२
सुशीला कार्कीलाई चुनाव गराउन अधिकार नभएको ओलीको दाबी, पछि हट्नका लागि तयार रहन चेतावनी भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै यो सरकारलाई जनताले नछानेको भएकाले हट्न तयार रहन चेतावनी दिएका छन्। शनिबार, मंसिर ६, २०८२
संसद् पुनर्स्थापनाको पक्षमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन भदौ २३ र २४ गतेको आन्दोलनपछि एमालेले वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै काठमाडौंमा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो। शनिबार, मंसिर ६, २०८२
ताजा समाचारसबै
आज यस्तो रहनेछ मौसम आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
विराटनगर किङ्सको लगतार दोस्रो जित, काठमान्डु पाँच विकेटले पराजित शनिबार, मंसिर ६, २०८२
वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन : प्रवक्ता डा. महत शनिबार, मंसिर ६, २०८२
आदिलको ४८ रनको अविजित पारीमा काठमान्डुले विराटनगरलाई दियो १३५ रनको लक्ष्य शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चुनावमा भाग लिने कांग्रेसको निर्णय शनिबार, मंसिर ६, २०८२
पेरिसडाँडामा जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी शनिबार, मंसिर ६, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
संसद् पुनर्स्थापनाको पक्षमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन शनिबार, मंसिर ६, २०८२
विराटनगर किङ्सको लगतार दोस्रो जित, काठमान्डु पाँच विकेटले पराजित शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्