हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुनेगरी राजादेखि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन्।
बिहीबार हेटौंडामा पार्टीको चुनाव चिह्न ‘हलो’ तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने माग गरे। उनले नेपाली जनताको अभिमतबाट राजनीतिक दलहरूको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए।
नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्न थापाले जोड दिए। गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको भन्दै उनले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुनुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।