काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बैठक आइतबारलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्ने संवैधानिक प्रावधान छ।
लामो समयसम्म परिषद्को बैठक बस्न नसक्दा मानवअधिकार आयोग, अख्तियार दुरुपयोग आयोग, महिला आयोग लगायत संवैधानिक निकाय र आयोगमा गरी करिब चार दर्जन पदाधिकारी रिक्त छन्।
संविधानको धारा २८४ मा संवैधनिक परिषद्को व्यवस्था गरिएको छ। परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख रहन्छन्। जसमा प्रधानमन्त्रीले भने अध्यक्ष हुन्छन्। अहिले उपसभामुखको पद रिक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।