• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सपना रोका मगरसँग मलाई जोडेर कुरा गरेको चित्त बुझ्दैन : नम्रता श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, मंसिर २४, २०७७  १३:१३
1140x725

केही दिनअघि मात्रै सम्पन्न मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितिन्। काठमाडौं चन्द्रागिरिकी नम्रता समाजशास्त्रकी विद्यार्थी हुन् र किन्डरगार्टेनकी शिक्षिका पनि। सामाजिक न्याय आफ्नो लक्ष्य बनाएकी उनीसँग सौन्दर्य प्रतियोगिता र समाजको दृष्टिकोणका विषयमा डिबी खड्काले गरेको कुराकानीः 

यस्ता प्रतियोगिताले एकाएक सेलिब्रिटी बनाइदिन्छ। एकाएक सेलिब्रिटी बन्दा तपाईंलाई कस्तो महसुस भइरहेको छ ? 
अहिले पनि सेलिब्रिटी भइसकेँ भन्न महसुस गर्न बाँकी छ। मलाई मिस नेपाल हुँदा कस्तो हुन्छ भन्ने कुराको ज्ञान पहिलेदेखि नै भएर पनि यस्तो भएको होला। मलाईे जिम्मेवारी बढेको अनुभूतिचाहिँ भइरहेको छ। 

तपाईंले कक्षा ३ पढ्दै मिस नेपाल बन्ने कुरा बताउनुभएको रहेछ। सन् २०१६ पहिलोपल्ट सहभागी हुनुभयो। टप ५ मा पुगेर बाहिरिनुभयो। फेरि पाँच वर्षपछि आएर ताज जित्नुभयो। मिस नेपालको उपाधि पाउन यति धेरै लालायित किन?
एउटा त सानोदेखिको सपना। सपनामा फाइदा हेरिँदैन। किन भन्ने प्रश्नको सिधा उत्तर भनेको मिस वल्र्डले मलाई आकर्षित गर्छ। मान्छेहरु मेरो कुरा सुन्नुहुन्छ। मेरो कुरा बुझ्नुहुन्छ। यहाँ धेरै ज्ञान पइन्छ। हामीसँगका सबै प्रतिष्पर्धीले मभन्दा रामो गर्नुहुन्छ होला जीवनमा। भन्नाले त्यो तहसम्मका प्रतिभाहरु यहाँ हुन्छन्। त्यसैले पनि मलाई मिस नेपालसँग लगाव थियो। 

मिस नेपाल तथा यस्ता सौन्दर्य प्रतियोगिताका विषयमा दुईथरि तर्कहरु छन्। एकथरिले विशुद्ध सौन्दर्य प्रतियोगिता हो, रुपरङको मात्रै मापन हुन्छ भन्छन्, अर्कोथरिले बौद्धिकता र प्रतिभाको लेखाजोखा पनि हुन्छ भन्छन्। तपाईंको विचारमा यो सौन्दर्यको मापन कति हो, बौद्धिकताको लेखाजोखा कति हो ? 
यो दुवै आधा–आधा हो। किनकि हाम्रो तालिममा राम्रीभन्दा पनि प्रिजेन्टेबल हुँदा झन् राम्रो भनिन्थ्यो। हाम्रो तालिममा नेतृत्व र मोटिभेसन क्लासहरु हुन्थ्यो। यसमा बौद्धिकतामा निखारिन्थ्यो। सौन्दर्य प्रतियोगिता भएकाले राम्री बनाएर नै प्रस्तुत गरियो। तर, स्टेजमा हाम्रो बौद्धिकता हेरियो। हाम्रो दृष्टिकोण जाँचियो। 

भन्नेहरुले यसलाई विशुद्ध सौन्दर्य प्रतियोगिता किन मान्छन् भने यसका निश्चित शर्त छन्, जस्तो उचाइ, रुप, उमेर, विवाहका विषयमा। त्यसैगरी यदि उपाधि पाएर पनि निश्चित नियम पालना गर्नुभएन भने तपाईंको उपाधि खोसिन सक्छ। तर, बौद्धिकताबाट जितेको पुरस्कारमा त जितेपछि शर्त हुँदैननन् !

मिस नेपाल भनेको एकदम ठूलो जिम्मेवारी हो। जुन जिम्मेवारी निबन्ध प्रतियोगिता जित्नेसँग हुँदैन। शर्त भनेको संस्थाले हामीलाई सुरक्षित बनाएको हो। हामीलाई ब्रिफिङमा पनि तपाईंहरुको मात्रै होइन, हिडेन ट्रेजरको छोरी हो भन्नुहुन्थ्यो। त्यसैले यसलाई स्वाभाविक रुपमा लिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मिस नेपालको प्रतियोगिताका क्रममा तपाईंले भन्नुभएको थियो। म सामाजिक न्यायका लागि लड्न कोशिसरत छु। सामाजिक न्यायका लागि लड्न यो कत्तिको सही प्लेटफर्म हो ? 
अस्तिसम्म मैले केही विषयमा आवाज उठाउँदा बढीमा १०० जनाले सुन्नुहुन्थ्यो। तर, अहिले मलाई सुन्ने मान्छेहरु बढेका छन्। मिस नेपाल २०२० का विषयमा जसले थाहा पाउनुभएको छ, उहाँहरुको ध्यान आकर्षण हुन्छ अब मैले बोल्दा। त्यसैले सामाजिक अन्यायका विरुद्ध लड्दा यसबाट फाइदा छ। जति धेरै मान्छेले सामाजिक अन्यायका बारेमा बुझ्नुभयो। हामीलाई त्यति राम्रो हो। म त्यो माध्यम बन्न सक्छु भने त्यो मेरो सौभाग्यको कुरा हो। 

मिस नेपाललाई लिएर बेलामौकामा विरोध भएका छन्। एकथरिले विरोध गरिरहन्छन् पनि। ‘सांस्कृतिक अतिक्रमण’, ‘महिलालाई उपभोग्य वस्तुका रुपमा लिइएको’ आदि भन्ने महिलाहरुको एउटा जमात छ।  कसरी तपाईं सामाजिक न्यायका लागि यो प्लेट सही दाबी गर्न सक्नुहुन्छ?
यस्तो प्लेटफर्म बुझ्ने मान्छेहरुले त्यस्तो कुरा गर्दैनन्। उहाँहरुमा यो प्लेटफर्मका बारेमा ज्ञान कम रैछ भन्ने लाग्छ। उहाँहरुलाई बुझाउन सकिन्छ। विगत हेर्दा कति जनाका अभिभावकले मिस नेपाल बन्न छोरीहरुलाई पठाउँथे होलान्? श्रृंखला खतिवडा दिदी, अनुष्का दिदीले जुन छाप छोड्नुभयो, यसले मेरी छोरी पनि त्यस्तै बन्न सक्छ कि भनेर लाग्दो होला उहाँहरुलाई। त्यसैले यो कुरा के हो भने यसलाई बुझ्न जरुरी छ।

जहाँसम्म महिलालाई उपभोग्य वस्तु बनाइएको भन्ने कुरा छ, त्यसमा जता हाम्रो ध्यान जानुपथ्र्यो, त्यसको उल्टोतर्फ ध्यान गएको जस्तो लाग्छ। जब महिलाले नै यस्तो भन्नुहुन्छ, झन् चित्त दुख्छ। हामी पनि सवै कुरा बुझेर यहाँ आएका हौं। परिवारले सबै कुरा बुझेर पठाउनुभएको हो। खासमा यहाँ आउनु पनि ठूलो कुरा हो, त्यसैले बुझ्न जरुरी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईं मिस नेपाल भइसकेपछि सामाजिक सञ्जाल हेर्दा केही पोष्टहरु देखेको थिएँ। तपाईंले पनि देख्नुभयो होला। बिबिसीको सय प्रतिभाशाली महिलामा परेकी सपना रोकामगर वास्तविक मिस नेपाल भनेर तपाईंसँग जोडिएको थियो। बहस भइरहेका थिए। समाजशास्त्रको विद्यार्थी पनि भएकाले यसरी हुने बहसलाई  तपाईंले कसरी लिनुहुन्छ?
मलाई एकदम खुसी लागिरहेको छ। उहाँले जति चर्चा पाउनुपथ्र्यो, त्यो पनि पाइरहनुभएको थियो। जति मान्छेले सम्मान गर्नुपथ्र्याे। पाउनुभएको छ। जहाँसम्म मलाई सपना रोका मगरसँग जोड्ने कुरा छ, त्यो त्यति चित्त बुझिरहेको छैन। दुईटा कुरा जोड्न मिल्दैन। उहाँले आफ्नो तर्फबाट गर्नुभएको छ समाजका लागि, मेरो जारी छ। हामीलाई जोड्नेधागो के छ भने हामी दुवै महिला हौं। हामी समाजका लागि केही गर्न खोजिरहेका छौं, त्यो एउटा कुरामा जोडिन मिल्छ। मिस नेपाल र उहाँले गरेको काम जोड्ने कुरा त्यति चित्त बुझ्दैन।

मिस नेपालमा समग्र नेपाली युवतीका प्रतिनिधित्व होस् भन्ने चाहना राख्ने जमात छ। त्यसैले वास्तविक मिस नेपाल खोज्छ। कर्मबाट बनोस् भन्ने अपेक्षा गर्छ। तर, यसका आफ्नै मापदण्ड छन्, अग्ली, आकर्षक आदि। जुन मापदण्डमा दूरदराजका युवती अटाउँदैनन्। समाजशास्त्रको विद्यार्थी भन्नुहुन्छ। त्यसैले यो विभेदपूर्ण छैन र? 
केही कुरा गर्ने इच्छा छ भने बाटो आफैं पत्ता लाग्छ। म काठमाडौंकै भए पनि मेरो घर चन्द्रागिरिको गैरगाउँ धेरैलाई थाहा छैन। यस्तो ठाउँ छ र? भन्थे मान्छेहरु। म सानोदेखि मामाघरमा हुर्कें। अहिलेजस्तो चहलपहल थिएन। सानो गाउँमा हो। बगरमा धान रोप्न जान्थें। त्यतिबेला मैले पनि सोचेकी थिइनँ होला, म मिस नेपाल हुन्छु। सवैजना मोडलिङ पृष्ठभूमिका हुँदैनन्। म पनि किन्डरगार्टेनकी शिक्षक हुँ। मैले स्कुलमा कुर्तासुरुवाल लगाएर एकचुल्ठी बाटेर जान्थें। त्यतिबेला मलाई हेर्दा मिस नेपालमा जाला भनेर कसले सोच्थ्यो र? हामीले सुधार गर्ने भित्री कुरा हो, बाहिर सुधार्ने स्रोत त प्रशस्त छन् जस्तो लाग्छ।

तपाईंको लक्ष्य सामाजिक न्यायका लागि लड्ने रहेछ। लड्ने बाटो कुन हो?
मलाई शिक्षा क्षेत्रबाटै लड्न मन छ। काठमाडौंकै स्कुलहरुमा कति धेरै कुरा कमी छन्। हुम्लाजुम्लाका कुरा ग¥यौं नि, त्यहाँ झन् अवस्था कस्तो होला? शिक्षा पुग्यो, अरु धेरै कुरा एकैपल्ट आउँछन् जस्तो लाग्छ। मैले रोजेको बाटो भनेको शिक्षा नै हो। मेरा लागि सवैभन्दा ठूलो कुरा नै यही हो।

शिक्षालाई अभियानका रुपमा अघि बढाउने हो वा स्कुल खोलेर नमूनाका रुपमा देखाउने हो ? 
मलाई सानो भए पनि स्कुल खोल्न मन छ। ठूलो व्यवसाय लक्षित होइन, मैले जुन दृष्टिकोणबाट शिक्षालाई हेर्छु, त्यो अझ धेरै मान्छेसम्म पुर्‍याउनका लागि स्कुल खोल्छु।


 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्