• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सपना रोका मगरसँग मलाई जोडेर कुरा गरेको चित्त बुझ्दैन : नम्रता श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, मंसिर २४, २०७७  १३:१३
1140x725

केही दिनअघि मात्रै सम्पन्न मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितिन्। काठमाडौं चन्द्रागिरिकी नम्रता समाजशास्त्रकी विद्यार्थी हुन् र किन्डरगार्टेनकी शिक्षिका पनि। सामाजिक न्याय आफ्नो लक्ष्य बनाएकी उनीसँग सौन्दर्य प्रतियोगिता र समाजको दृष्टिकोणका विषयमा डिबी खड्काले गरेको कुराकानीः 

यस्ता प्रतियोगिताले एकाएक सेलिब्रिटी बनाइदिन्छ। एकाएक सेलिब्रिटी बन्दा तपाईंलाई कस्तो महसुस भइरहेको छ ? 
अहिले पनि सेलिब्रिटी भइसकेँ भन्न महसुस गर्न बाँकी छ। मलाई मिस नेपाल हुँदा कस्तो हुन्छ भन्ने कुराको ज्ञान पहिलेदेखि नै भएर पनि यस्तो भएको होला। मलाईे जिम्मेवारी बढेको अनुभूतिचाहिँ भइरहेको छ। 

तपाईंले कक्षा ३ पढ्दै मिस नेपाल बन्ने कुरा बताउनुभएको रहेछ। सन् २०१६ पहिलोपल्ट सहभागी हुनुभयो। टप ५ मा पुगेर बाहिरिनुभयो। फेरि पाँच वर्षपछि आएर ताज जित्नुभयो। मिस नेपालको उपाधि पाउन यति धेरै लालायित किन?
एउटा त सानोदेखिको सपना। सपनामा फाइदा हेरिँदैन। किन भन्ने प्रश्नको सिधा उत्तर भनेको मिस वल्र्डले मलाई आकर्षित गर्छ। मान्छेहरु मेरो कुरा सुन्नुहुन्छ। मेरो कुरा बुझ्नुहुन्छ। यहाँ धेरै ज्ञान पइन्छ। हामीसँगका सबै प्रतिष्पर्धीले मभन्दा रामो गर्नुहुन्छ होला जीवनमा। भन्नाले त्यो तहसम्मका प्रतिभाहरु यहाँ हुन्छन्। त्यसैले पनि मलाई मिस नेपालसँग लगाव थियो। 

मिस नेपाल तथा यस्ता सौन्दर्य प्रतियोगिताका विषयमा दुईथरि तर्कहरु छन्। एकथरिले विशुद्ध सौन्दर्य प्रतियोगिता हो, रुपरङको मात्रै मापन हुन्छ भन्छन्, अर्कोथरिले बौद्धिकता र प्रतिभाको लेखाजोखा पनि हुन्छ भन्छन्। तपाईंको विचारमा यो सौन्दर्यको मापन कति हो, बौद्धिकताको लेखाजोखा कति हो ? 
यो दुवै आधा–आधा हो। किनकि हाम्रो तालिममा राम्रीभन्दा पनि प्रिजेन्टेबल हुँदा झन् राम्रो भनिन्थ्यो। हाम्रो तालिममा नेतृत्व र मोटिभेसन क्लासहरु हुन्थ्यो। यसमा बौद्धिकतामा निखारिन्थ्यो। सौन्दर्य प्रतियोगिता भएकाले राम्री बनाएर नै प्रस्तुत गरियो। तर, स्टेजमा हाम्रो बौद्धिकता हेरियो। हाम्रो दृष्टिकोण जाँचियो। 

भन्नेहरुले यसलाई विशुद्ध सौन्दर्य प्रतियोगिता किन मान्छन् भने यसका निश्चित शर्त छन्, जस्तो उचाइ, रुप, उमेर, विवाहका विषयमा। त्यसैगरी यदि उपाधि पाएर पनि निश्चित नियम पालना गर्नुभएन भने तपाईंको उपाधि खोसिन सक्छ। तर, बौद्धिकताबाट जितेको पुरस्कारमा त जितेपछि शर्त हुँदैननन् !

मिस नेपाल भनेको एकदम ठूलो जिम्मेवारी हो। जुन जिम्मेवारी निबन्ध प्रतियोगिता जित्नेसँग हुँदैन। शर्त भनेको संस्थाले हामीलाई सुरक्षित बनाएको हो। हामीलाई ब्रिफिङमा पनि तपाईंहरुको मात्रै होइन, हिडेन ट्रेजरको छोरी हो भन्नुहुन्थ्यो। त्यसैले यसलाई स्वाभाविक रुपमा लिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मिस नेपालको प्रतियोगिताका क्रममा तपाईंले भन्नुभएको थियो। म सामाजिक न्यायका लागि लड्न कोशिसरत छु। सामाजिक न्यायका लागि लड्न यो कत्तिको सही प्लेटफर्म हो ? 
अस्तिसम्म मैले केही विषयमा आवाज उठाउँदा बढीमा १०० जनाले सुन्नुहुन्थ्यो। तर, अहिले मलाई सुन्ने मान्छेहरु बढेका छन्। मिस नेपाल २०२० का विषयमा जसले थाहा पाउनुभएको छ, उहाँहरुको ध्यान आकर्षण हुन्छ अब मैले बोल्दा। त्यसैले सामाजिक अन्यायका विरुद्ध लड्दा यसबाट फाइदा छ। जति धेरै मान्छेले सामाजिक अन्यायका बारेमा बुझ्नुभयो। हामीलाई त्यति राम्रो हो। म त्यो माध्यम बन्न सक्छु भने त्यो मेरो सौभाग्यको कुरा हो। 

मिस नेपाललाई लिएर बेलामौकामा विरोध भएका छन्। एकथरिले विरोध गरिरहन्छन् पनि। ‘सांस्कृतिक अतिक्रमण’, ‘महिलालाई उपभोग्य वस्तुका रुपमा लिइएको’ आदि भन्ने महिलाहरुको एउटा जमात छ।  कसरी तपाईं सामाजिक न्यायका लागि यो प्लेट सही दाबी गर्न सक्नुहुन्छ?
यस्तो प्लेटफर्म बुझ्ने मान्छेहरुले त्यस्तो कुरा गर्दैनन्। उहाँहरुमा यो प्लेटफर्मका बारेमा ज्ञान कम रैछ भन्ने लाग्छ। उहाँहरुलाई बुझाउन सकिन्छ। विगत हेर्दा कति जनाका अभिभावकले मिस नेपाल बन्न छोरीहरुलाई पठाउँथे होलान्? श्रृंखला खतिवडा दिदी, अनुष्का दिदीले जुन छाप छोड्नुभयो, यसले मेरी छोरी पनि त्यस्तै बन्न सक्छ कि भनेर लाग्दो होला उहाँहरुलाई। त्यसैले यो कुरा के हो भने यसलाई बुझ्न जरुरी छ।

जहाँसम्म महिलालाई उपभोग्य वस्तु बनाइएको भन्ने कुरा छ, त्यसमा जता हाम्रो ध्यान जानुपथ्र्यो, त्यसको उल्टोतर्फ ध्यान गएको जस्तो लाग्छ। जब महिलाले नै यस्तो भन्नुहुन्छ, झन् चित्त दुख्छ। हामी पनि सवै कुरा बुझेर यहाँ आएका हौं। परिवारले सबै कुरा बुझेर पठाउनुभएको हो। खासमा यहाँ आउनु पनि ठूलो कुरा हो, त्यसैले बुझ्न जरुरी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईं मिस नेपाल भइसकेपछि सामाजिक सञ्जाल हेर्दा केही पोष्टहरु देखेको थिएँ। तपाईंले पनि देख्नुभयो होला। बिबिसीको सय प्रतिभाशाली महिलामा परेकी सपना रोकामगर वास्तविक मिस नेपाल भनेर तपाईंसँग जोडिएको थियो। बहस भइरहेका थिए। समाजशास्त्रको विद्यार्थी पनि भएकाले यसरी हुने बहसलाई  तपाईंले कसरी लिनुहुन्छ?
मलाई एकदम खुसी लागिरहेको छ। उहाँले जति चर्चा पाउनुपथ्र्यो, त्यो पनि पाइरहनुभएको थियो। जति मान्छेले सम्मान गर्नुपथ्र्याे। पाउनुभएको छ। जहाँसम्म मलाई सपना रोका मगरसँग जोड्ने कुरा छ, त्यो त्यति चित्त बुझिरहेको छैन। दुईटा कुरा जोड्न मिल्दैन। उहाँले आफ्नो तर्फबाट गर्नुभएको छ समाजका लागि, मेरो जारी छ। हामीलाई जोड्नेधागो के छ भने हामी दुवै महिला हौं। हामी समाजका लागि केही गर्न खोजिरहेका छौं, त्यो एउटा कुरामा जोडिन मिल्छ। मिस नेपाल र उहाँले गरेको काम जोड्ने कुरा त्यति चित्त बुझ्दैन।

मिस नेपालमा समग्र नेपाली युवतीका प्रतिनिधित्व होस् भन्ने चाहना राख्ने जमात छ। त्यसैले वास्तविक मिस नेपाल खोज्छ। कर्मबाट बनोस् भन्ने अपेक्षा गर्छ। तर, यसका आफ्नै मापदण्ड छन्, अग्ली, आकर्षक आदि। जुन मापदण्डमा दूरदराजका युवती अटाउँदैनन्। समाजशास्त्रको विद्यार्थी भन्नुहुन्छ। त्यसैले यो विभेदपूर्ण छैन र? 
केही कुरा गर्ने इच्छा छ भने बाटो आफैं पत्ता लाग्छ। म काठमाडौंकै भए पनि मेरो घर चन्द्रागिरिको गैरगाउँ धेरैलाई थाहा छैन। यस्तो ठाउँ छ र? भन्थे मान्छेहरु। म सानोदेखि मामाघरमा हुर्कें। अहिलेजस्तो चहलपहल थिएन। सानो गाउँमा हो। बगरमा धान रोप्न जान्थें। त्यतिबेला मैले पनि सोचेकी थिइनँ होला, म मिस नेपाल हुन्छु। सवैजना मोडलिङ पृष्ठभूमिका हुँदैनन्। म पनि किन्डरगार्टेनकी शिक्षक हुँ। मैले स्कुलमा कुर्तासुरुवाल लगाएर एकचुल्ठी बाटेर जान्थें। त्यतिबेला मलाई हेर्दा मिस नेपालमा जाला भनेर कसले सोच्थ्यो र? हामीले सुधार गर्ने भित्री कुरा हो, बाहिर सुधार्ने स्रोत त प्रशस्त छन् जस्तो लाग्छ।

तपाईंको लक्ष्य सामाजिक न्यायका लागि लड्ने रहेछ। लड्ने बाटो कुन हो?
मलाई शिक्षा क्षेत्रबाटै लड्न मन छ। काठमाडौंकै स्कुलहरुमा कति धेरै कुरा कमी छन्। हुम्लाजुम्लाका कुरा ग¥यौं नि, त्यहाँ झन् अवस्था कस्तो होला? शिक्षा पुग्यो, अरु धेरै कुरा एकैपल्ट आउँछन् जस्तो लाग्छ। मैले रोजेको बाटो भनेको शिक्षा नै हो। मेरा लागि सवैभन्दा ठूलो कुरा नै यही हो।

शिक्षालाई अभियानका रुपमा अघि बढाउने हो वा स्कुल खोलेर नमूनाका रुपमा देखाउने हो ? 
मलाई सानो भए पनि स्कुल खोल्न मन छ। ठूलो व्यवसाय लक्षित होइन, मैले जुन दृष्टिकोणबाट शिक्षालाई हेर्छु, त्यो अझ धेरै मान्छेसम्म पुर्‍याउनका लागि स्कुल खोल्छु।


 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्