• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोभिडको अन्योल समाप्त भएसँगै फेरि खस्किएला शेयर बजार ?

64x64
अरुण सापकोटा बुधबार, मंसिर २४, २०७७  ११:१४
1140x725

काठमाडौं–कोभिड–१९ का कारण सिर्जना भएको अन्योलकै बीच सुधारिएको शेयर बजार केही समयपछि पुनः पुरानै लयमा फर्कने विश्लेषण गरिएको छ। नेपालको शेयर बजार जहिले पनि अन्योलको अवस्थामा सुधार भएको पाइन्छ। २०५८ सालमा दरबार हत्याकाण्डपछि र २०६३ सालमा माओवादी खुला राजनीतिमा आगमनका बेला शेयर बजारमा सुधार भएको पाइन्छ। 

यस्तै, २०७२ सालको भूकम्पले सिर्जना गरेको अन्योलको अवस्थामा बजार सुधार भएको थियो। अहिले पनि कोभिड–१९ का कारण जनजीवन प्रभावित भएको अवस्थामा दोस्रो बजारमा सुधार देखिएको छ। नेपालको अहिलेसम्मको इतिहासले लगानीको अन्योल भएका बेला शेयर बजारमा बुल क्रियट भएको बजार विश्लेषक प्रकाश तिवारी बताउछन्। विगतको बुलको परिदृश्य र अहिलेको बुलको परिदृश्य मिल्दोजुल्दो भएकाले अहिलेको अन्योल रहुन्जेल शेयर बजारमा सुधार हुने उनको विश्लेषण छ। 

यस्तो समयमा नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु कमजोर हुन्छन्। पछिल्लो समय कोभिडले उद्योग व्यवसायमा असर पु¥याएको भन्दै राष्ट्र बैंक लचिलो बन्दै आएको छ। हरेक क्षेत्रमा सहजीकरण गरिने क्रममा नियमन कमजोर बन्दै गइरहेको छ। राष्ट्र बैंकले कर्जा लगानीमा खुकुलो नीति लिँदा पछिल्लो समय बैंकको पैसा शेयर बजारमा गइरहेको छ। कोभिड–१९ कारण पर्यटन व्यवसायी, आयात निर्यात व्यापारीले आफूसँग भएको पैसा शेयर बजारमा लगानी गरिरहेका छन्। लगानीका ढोका बन्द हुँदा दोस्रो बजारमा एकै पटक पैसा गएको विश्लेषकहरु बताउछन्। 

यसले गर्दा केही कम्पनीमा बबल सिर्जना भए पनि समग्र शेयर बजारमा भने त्यस्तो नभएको तिवारीको विश्लेषण छ। अहिलेको सुधार केही कम्पनीहरुमा कर्नरिङ गर्ने क्रममा भएको विश्लेषण छ। अधिकांश सूचीकृत कम्पनीकाे शेयर मूल्य अझै पनि अण्डरभ्यालु भएकाले बजारमा बबल सिर्जना नभएको अर्का बजार विश्लेषक उत्तम अर्याल बताउछन्। दोस्रो बजारको प्रकृति नै लगानीकर्ताको माग र आपूर्तिबाट चल्ने भएकाले यो सामान्य भएको उनको तर्क छ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको समीक्षा गर्ने क्रममा बैंकको पैसा शेयर बजारमा गएको भन्दै अब कडाइ गर्ने नीति लियो। यसलगत्तै गत आइतबार दोस्रो बजारमा ६ प्रतिशतको गिरावटसँगै सर्किट लाग्यो। 

यदि शेयर बजार प्राकृतिक रुपमा नै सुधार भएको थियो भने नेपाल राष्ट्र बैंकको यस्तो कदमले खासै असर नपार्ने तिवारीको तर्क छ। उनले भने, ‘नियामकले कडाइ गर्दा बजार तल झर्ने र नियामक कमजोर हुँदा बजार सुधार हुने नेपालको ट्रेण्ड नै हो। यसले नेपालको शेयर बजार नियामकको आडमा चलेको भन्ने प्रमाणित गर्‍यो।’

 तर शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालका अनुसार नेपाल राष्ट्र बैंकको यस्तो अस्थिर नीतिका कारण दोस्रो बजारमा अन्योल सिर्जना भएको छ। नेपालको पुँजी बजार सुधार भएको देख्नै नचाहने सरकारी सोचका कारण शेयर बजार पछाडि परेको उनको तर्क छ। मौद्रिक नीतिमै शेयरधितो कर्जामा खुकुलो बनाउने तथा दायरा बढाउने नीति तीन महिनामै संसोधन गर्ने व्यवस्था नै घातक भएको उनको तर्क छ। राष्ट्र बैंकले पुँजी बजार र मुद्रा बजार सुधार समितिले बुझाएको ५८ बुँदाभित्रैको व्यवस्थालाई उल्लङ्घन गरेको अर्याल बताउछन्। 

अन्योलको अवस्थामा नियामक निकाय तथा राज्य संयन्त्र नै कमजोर हुन्छन्। यस्तो समयमा नियमन फितलो हुन्छ। र, लगानी उत्पादनशील क्षेत्रमा भन्दा पनि सट्टेबाजमा ‘डाइभर्ट’ हुन्छ। अर्कोतर्फ अवस्था सामान्य भए पछि नियामक निकायहरुले कडाइ गर्दै जान्छन्। कडाइ गर्नेबित्तिकै कर्जा तोकिएका क्षेत्रमा प्रवाह हुन थाल्छ। लगानीको दायरा फराकिलो हुँदै जान्छन्। कर्जा प्रवाह बढ्न थालेसँगै व्याजदर पनि बढ्दै जान्छ र शेयर बजारमा पहिरो गएका कैयौं उदाहरण नेपाली पुँजी बजारमा देख्न पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कम्पनी विशेषमा चलखेल भयो भने नियामक निकाय धितोपत्र बोर्डले हेरेर लगानीकर्तालाई सचेत गराउनुपर्ने हुन्छ । तर बजार सुधार भयो भनेर जतिबेला मन लाग्यो त्यतिबेला संसोधन गर्न नहुने अर्याल बताउछन्। बजारमा बबल तथा बुलको अवस्थै नरहेको उनको भनाइ छ। अहिलेको सुधार स्वाभाविक भएको अर्यालको तर्क छ। 

तर एउटै कम्पनीमा ७-८ हजार रुपैयाँको सुधारलाई बुलभन्दा पनि बबल भन्न सकिने तिवारीको विश्लेषण छ। केही कम्पनीमा बबल सिर्जना भए पनि अझै कतिपय कम्पनीको शेयर मूल्य अण्डरप्राइसिङको अवस्थामा रहेको विश्लेषकहरु बताउछन्। त्यस्ता कम्पनीमा गरिएको लगानी अझै पनि सुरक्षित हुन्छ। तर केही खेलाडीले खेलेका र कर्नरिङ भएका कम्पनीमा लगानी गर्ने सोझाको लगानी भने जोखिममा रहेको तिवारी बताउछन्। 

अन्धाधुन्ध किन्ने लगानीकर्ताहरु सबैभन्दा धेरै जोखिममा छन्। केही समय कमाएको देखिए पनि उनीहरु फस्दै जान्छन्। जोखिमको मूल्याङ्कन नै नगरि पर्यटन उद्योग। व्यापार व्यवसाय गरेकादेखि लिएर रिक्सा चलाउनेसम्मका मानिसहरु शेयर बजारमा आएका छन्। उनीहरुको अन्धाधुन्ध लगानी सबैभन्दा धेरै जोखिममा रहेको तिवारीको विश्लेषण छ। 

बुझेका मानिसले अन्धाधुन्द बढेको कम्पनीको शेयर किन्दैनन्। तर नयाँ लगानीकर्ताले त्यस्ता कम्पनीमा लगानी गर्छन् अनि फस्छन्। कम्पनी विश्लेषण गरेर वित्तीय अवस्था राम्रो भएको कम्पनी हेरेर लगानी गर्दा नेपालको शेयर बजार सबैभन्दा धेरै सुरक्षित रहेको विश्लेषकहरु बताउछन्।

Xtrem

Xtrem

 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्