काठमाडौं- नेकपा स्थायी कमिटीको बैठकले अर्को बैठक मंसिर २८ गते र केन्द्रीय समितिको बैठक पुस ५ गते बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिबिनै नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
अध्यक्ष ओली भने आइतबारको बैठकमा उपस्थित भएनन्। स्वास्थ्यका कारणले उपस्थित नभएको बताएपनि बैठकप्रति ओली सकारात्मक थिएनन्। अध्यक्ष ओलीको चाहना नभएपनि सचिवालयका अधिकांश सदस्यका कारण स्थायी कमिटी बैठक पूर्वानिर्धारित मितिमै बोलाइएको हो।
प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको सचिवालयको बैठकमै बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।