• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

युवा जनशक्तिको परिचालनमार्फत् मुलुकको समृद्धि सम्भव छ

भवानी राणा बिहीबार, मंसिर ११, २०७७  १८:२६
1140x725

विश्व, इतिहासकै अत्यन्त कठिन घडीमा छ। कोरोना भाइरसका कारण हामी अत्यन्त जटिल मोडमा छौं। हामीलाई प्रकृतिले नै खुम्चाई दिएको छ। हामीले निर्बाध रूपमा हाम्रा गतिविधि संचालन गर्न पाएका छैनौं। हाम्रै यही कार्यक्रम पनि थोरै संख्यामा प्रत्यक्ष र बाँकी अनलाइन माध्यमबाट सहभागी भई अत्यन्त सतर्कतापूर्वक मनाउन बाध्य भएका छौं।

तपाईहरू सबैको अथक मेहनतबाट राष्ट्रिय-अन्तराष्ट्रिय तहमा आफूलाई नेपालको निजी क्षेत्रको एक सशक्त संस्थाको रूपमा स्थापित गराउन सफल भएका छौं। 

महासंघको गौरवपूर्ण ५४ औं वार्षिक साधारण सभा आफैमा एक महत्वपूर्ण उत्सव हो। गएको एक वर्षदेखि विश्व कोरोना भाइरस (कोभिड–१९) को महाव्याधीको चपेटामा छ। विश्वमा लाखौँ मानिस कोभिड संक्रमणको चपेटामा परेका छन् भने लगभग १४ लाख मानिसहरुको दुखद् निधन भैसकेको छ।

हाम्रै देशमा पनि हजारौँ मानिस कोभिड संक्रमणको चपेटामा परेका छन् भने लगभग १५ सय मानिसहरुको दुखद् निधन भइसकेको छ। कोभिडले मानवीय क्षतिका साथै विश्वको अर्थतन्त्रलाईनै इतिहासकै कठिन अवस्थामा धकेलिदिएको छ। विश्वका शक्तिशाली मुलुकहरु भारत,अमेरिका, यूरोपेली देश गम्भीर आर्थिक संकटमा जाँदैछन् भने उनीहरुको अर्थतन्त्र ऋणात्मक उन्मुख हुँदैछ।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार कोभिड संकटका कारण विश्वमा अनौपचारिक क्षेत्रमा कार्यरत २ अर्ब मानिसमध्ये १ अर्ब ६० करोड मानिस प्रत्यक्ष प्रभावित भएका छन्। यसले विश्वको आधा जनशक्ति ( श्रमशक्ति) अत्यन्त जोखिममा छन्। तिनको जीवनचर्या गम्भीर संकटमा पर्ने देखिन्छ।

कोभिड महाव्याधिका कारण मुलुक अर्थतन्त्र अत्यन्त प्रभावित भएको छ। करिब ६ सात महिना प्रत्यक्ष लकडाउनमा जाँदा विशेषगरी पर्यटन, निर्माण, हवाई तथा स्थल यातायात, खुद्रा तथा होलसेल व्यापार, उत्पादनमूलक, आवास तथा खाद्य सेवा, घरजग्गा व्यवसाय क्षेत्र नराम्ररी प्रभावित भएका छन्।

राष्ट्र बैंकले गरेको सर्वेक्षणअनुसार लकडाउनको अवधिमा करिब ४ प्रतिशत मात्र उद्योग व्यवसाय पूर्ण रुपमा संचालन, ३५ प्रतिशत उद्योग आंशिक रुपमा संचालनमा र ६१ प्रतिशत उद्योग व्यवसायहरु पूर्ण रुपमा बन्द रहे। लकडाउनको अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरु मध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन कारोवार घटेको जनाएका थिए।

यसले उद्योगी व्यवसायीमा संचालन पूँजीको अभाव, बैंकको सावा व्याज भुक्तानी, कामदारहरुको ज्याला तलव भुक्तानी, सरकारलाई तिर्नुपर्ने कर राजस्व, विद्युत महशुल भुक्तानीमा ठूलो समस्या पर्न गयो। यसबाट लाखौं उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित हुन पुगे। योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनका अनुसार कोभिडका कारण जिडिपीमा करिब २०० अर्बको आर्थिक नोक्सानी मुलुकलाई पर्न गएको तथ्यांक बाहिर आएको छ।

Ncell 2
Ncell 2

अझैपनि कोभिडसँग जुध्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने ठूलो द्विविधा र संकटमा निजी क्षेत्र छ। विश्व बैंकका अनुसार कोभिडका कारण आर्थिक गतिविधि ठप्प हुँदा सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत र सन् २०२१ मा नेपाली अर्थतन्त्रको वृद्धिदर ०.६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ। एशियाली विकास बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको अनुमान पनि यसकै सेरोफेरोमा छ।

आइएलओले कोभिड संकटका कारण नेपालमा १६ देखि २० लाख कामदार कामविहीन हुने, उनीको कार्य समय ज्यालामा ठूलो कटौती हुने अनुमान गरेको छ। विशेषगरी प्रमुख श्रम गन्तव्य देशहरुबाट कामविहीन भई नेपाली फर्कने क्रम जारी छ। यो जनशक्तिको व्यवस्थापनका लागि सरकारले कम्तीमा पनि १० लाखलाई रोजगारी सृजना गर्नुपर्ने टड्कारो आवश्कता देखिन्छ।

लकडाउनपश्चात् सामान्य अवस्थामा फर्कन औसतमा पनि करिब २ देखि ३ वर्ष लाग्ने र पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा फर्कन करिब ५ वर्ष लाग्ने यस क्षेत्रका जानकारहरुको अनुमान छ।

राष्ट्रिय अन्तराष्ट्रिय आर्थिक परिदृश्यहरुले अबका दिन मुलुकुको अर्थतन्त्रमा निकै ठूला ठूला चुनौती आउने कुरा स्पष्ट देखाउंछन्। कोभिड प्रभावित उद्योग व्यवसायका लागि सरकारले बजेट तथा मौद्रिक नीति मार्फत ल्याएका कार्यक्रमको निजी क्षेत्र स्वागत गर्दछ र त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दछु।

नेपालको कूल जनसंख्याको ठूलो अंश (कूल जनसंख्याको ५०–५५ प्रतिशत) यूवा वर्गको छ, हाम्रो पूँजी पनि यही हो। यही युवा जनशक्ति मार्फत मुलुकको समृद्धि सम्भव छ। यसर्थ हामीसँग रहेको जलस्रोत, कृषि, पर्यटन, उर्जाको समग्र विकासमार्फत समृद्धि हासिल गर्न सरकार निजी क्षेत्र संयुक्त सहकार्यको लक्ष्य बनाएर अगाडि बढ्नै पर्छ। सामाजिक सुरक्षा सहित उत्पादकत्व वृद्धि, सीप विकासलाई सहायता गर्ने नीति सरकारबाट अवलम्बन अख्तियार गर्नुपर्ने छ।

उद्योग व्यवसायको प्रवर्द्धनमा दक्ष र सीपयुक्त जनशक्ति आजको आवश्यकता भएकाले महासंघले पनि उद्योग व्यवसायको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति तयार गर्ने कार्यलाई शुरुवात गरिसकेकाले सरकारबाट जनशक्ति विकासमा विशेष जोडदिने नीति तथा कार्यक्रम आउनु पर्छ।

कोभिड संकटका कारण पछिल्लो पटक विश्व अर्थतन्त्र डिजिटल उन्मुख भएकाले यसबाट प्रविधि, सेवा र पर्यटन क्षेत्रले तुलनात्मक लाभ उठाउन सक्ने हुँदा सरकारका नीति तथा कार्यक्रम सोहीअनुरुप आउनु पर्ने र सरकारका दैनिक कार्य संचालन तथा आर्थिक कारोबारसमेतलाई डिजिटल उन्मुख बनाउने तर्फ विशेष नीति अख्तियार गर्नुपर्छ।

गौरवका राष्ट्रिय योजना समयमा नसक्दा मुलुकले निकै ठूलो आर्थिक क्षति भोग्नु परेको छ। वर्षौंदेखि शुरु भएका तर समयमा नसकिएका त्यस्ता भौतिकपूर्वाधारका आयोजनाहरु फास्टट्र्याकबाट सम्पन्न गर्नेतर्फ सरकारबाट तत्काल पहल हुनपर्छ र यसले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन, थप लगानी आकर्षण गर्न र नयाँ परियोजनाको शुरुवात गर्न मार्ग प्रशस्त गर्दछ।  

सरकारलाई जस्तो सुकै संकटमा पनि बलियो साथ दिएको छ। विगतमा महाविपत्तिका समयमा सरकारलाई सहयोग गरेजस्तै कोभिड महासंकटमा पनि महासंघले आफ्नो बलियो परिचानमार्फत् आम सर्वसाधारणको दैनिक जीवनयापनमा संकट आउन दिएन। आफ्ना सदस्य सवै उद्योगधन्दालाई निर्बाध संचालन गर्न लगाई अत्यावश्यक वस्तुको उत्पादन तथा आपूर्ति प्रणालीलाई बचायो। कठिन अवस्थामा पनि आफू र आफनो परिवारको ज्यानसमेत जोखिममा राखेर मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न अग्रभागमा रहेर काम गरीरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूमा म यस अवसरमा हार्दिक सम्मान गर्न चाहान्छु। नमन गर्न चाहान्छु।

समुन्नत मुलुक निर्माणका लागि सम्माननीय प्रधानमन्त्रीज्युले लिनु भएको समृद्ध नेपाल सुखी नेपाली को राष्टिय दृष्किोणले निजी क्षेत्रलाई उत्साहित बनाएको छ। दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण लगायतका लोककल्याणकारी कामको एक प्रमुख साझेदार बन्ने अवसर प्रधानमन्त्रीज्यूले महासंघलाई प्रदान गर्नु निजी क्षेत्रका लागि गौरबको बिषय हो।

निजी क्षेत्रको सर्वोच्च संस्था महासंघसंग जोडिएर करिव १३ वर्षभन्दा बढी समय काम गर्ने मौका मलाई मिल्यो। प्रारम्भमा कार्यकारिणी समिति सदस्यको रुपमा प्रवेश गरी एक दशक जति नेतृत्वतहमै र पछिल्लो तीन वर्ष भन्दा बढी समय महासंघको प्रत्यक्ष नेतृत्व गर्ने अवसर मैले पाएँ। ५४ वर्षको इतिहास बोकेको मुलुकको निजी क्षेत्रको सर्वोच्च संस्थामा पहिलो महिला अध्यक्ष हुने सौभाग्य मलाई मिल्यो। मैले यो समयको भरपुर उपयोग गरी निजी क्षेत्रको उचाई बढाउने काम गरे। निजी क्षेत्रलाई एक सशक्त क्षेत्रको रुपमा स्थापित गराउन मेरो प्रयास रहयो। मेरो प्रयासमा मलाई सहयोग र साथ दिने मेरा पदाधिकारी र कार्य समिति साथीहरु सदैव धन्यवादका पात्र हुनुहुन्छ।

स्थानीय तहमा आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रको भूमिका सदैव महत्वपूर्ण हुन्छ। प्रदेश र स्थानीय सरकारसंग सहकार्यलाई थप मजवुद बनाई स्थानीय आर्थिक विकासमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता बढाउन मेरो निरन्तर प्रयास रह्यो। विशेष गरी पछिल्लो पटक नेपालको श्रम बजारमा आवश्यक सूचनाका अभावका कारण उद्योग व्यवसायले भोग्नु परेको समस्यालाई संवोधन गर्नेगरी कार्य गर्न यूरोपियन युनियनको दक्षता परियोजना ब्रिटिस काउन्सिल सहयोगमा महासंघको नेतृत्वमा अरु व्यवसायिक संस्थाहरुको समेत साझेदारीमा परियोजना कार्यान्वयनमा आएको छ।

परियोजनाले नेपालको श्रम बजारको माग अनुसारको कार्य गर्ने र श्रम बजारसंग सम्बन्धी महत्वपूर्ण नीति, कानून, कार्यक्रम तथा योजना तयार गर्न समेत ठूलो सहयोग गर्ने मेरो विश्वास छ।

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ पूर्ण लोकतान्त्रिक अभ्यास गर्दै आजसम्म आइपुगेको संस्था हो। महासंघले आफ्ना हरेक वार्षिक साधारण सभा निर्धारित समयभित्र एउटा निश्चित मितिमा सम्पन्न गर्दै आएको छ र महासंघको नेतृत्व पनि सोही अनुसारले परिवर्तन हुंदै आएको छ। कोभिड संकटका कारण मुलुकनै पूर्ण रुपमा लकडाउनका गएकाले हामीले गएको वर्षको चैत्र २८ र २९ गते गर्नुपर्ने साधारण सभा सम्पन्न गर्न पाएनौं।

सरकारबाट स्वीकृत प्राप्त भएपछि मात्र हामीले हाम्रो साधारणसभा आयोजना गर्न लागेका हौं। साधारणसभाको आयोजनाका क्रममा हामीले हाम्रा सहभागी उद्यमी व्यवसायी प्रतिनिधि साथीहरुको पूर्ण सुरक्षाको प्रवन्ध मिलाएका छौं र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार हामी हाम्रो निर्वाचन गर्दैछौं।

यो साधारणसभाले महासंघको आगामी नेतृत्व समेत चयन गर्दैछ। यसपछि म र मेरो टिम निवर्तमान हुँदैछ। महासंघको विधान त वरिष्ठ उपाध्यक्ष नै आगामी नयां कार्यकालका लागि स्वतः अध्यक्ष हुने हुंदा मेरा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाजीले महासंघको नेतृत्व सम्हाल्दै हुनुहुन्छ भने बाँकी पदहरुका लागि पर्सि १३ गते निर्वाचन हुँदैछ। निर्वाचन एक असल लोकतान्त्रिक अभ्यास हो। निर्वाचनमा हारजित स्वभाविक हो। निर्वाचन पश्चात आउने परिणामसँगै निर्वाचनका वेलाका रहेको समूहगत भावना त्यागेर साझा भावना अनुरुप चल्नु पर्दछ र त्यसले संस्थालाई अझ बढी बलियो र निजी क्षेत्रलाई सशक्त बनाउन सहयोग पुग्दछ।

नेपाल उद्योग वाणिज्य महासंघ एक जीवन्त संस्था हो। एक जीवन्त संस्थालाई अगाडि बढाउन निर्वाचित भएर आउने नयाँ टिमलाई निर्वाध काम गर्न दिने वातावरण अव बनाउनै पर्छ। नेतृत्वले चाहेको वेला सल्लाह सहयोग र अनुभव दिनु अग्रजहरुको धर्म हो र अग्रजहरुले सोही अनुसार मात्र आफ्नो भूमिका निर्वाह गर्नुपर्ने मेरो विश्वास एवं मान्यता छ।

एक निवर्तमान अध्यक्षको हैसियतले मेरो भूमिका अवका दिनमा नेतृत्वले चाहेको बेला सहयोग गर्ने मात्र रहने छ। यो अवसरमा मेरा वरिष्ठ उपाध्यक्ष गोल्छाजीलाई आगामी नेतृत्वका लागि हार्दिक बधाई एवं शुभकामना दिन चाहान्छु। मेरो कार्यकालमा उहांले वरिष्ठ उपाध्यक्षमा रहेर निर्वाह गर्नुभएको सशक्त भूमिकाको म मुक्त कण्ठले प्रशंसा गर्दछु। निर्वाचनबाट आउने टिमलाई मेरो अग्रिम बधाई एवं शुभकामना।

हामीले केही समयपछि महासंघको संस्थागत विकासमा विभिन्न भूमिका रहेर योगदान गर्ने महासंघ आवद्ध महानुभावहरु, महासंघसंग नजिकमा रहेर नेपालको आर्थिक व्यवसयिक विकासमा सहयोग गर्ने कुटनीतिक नियोग एवं दातृ संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम छ। आज सम्मानित हुन गैरहनु भएका सबैलाई हार्दिक बधाई दिन चाहान्छु र तपाईहरूले दिने सेवामा अझ बढी उत्कृष्टताको अपेक्षा गरेको छु।

(नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महासंघको ५४औं साधरणसभाको उद्घाटन सत्रमा राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली, पार्टीमा आफ्नो अझै खाँचो रहेकाले उमेरले नेतृत्व नछेक्ने दाबी आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्