• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

युवा जनशक्तिको परिचालनमार्फत् मुलुकको समृद्धि सम्भव छ

भवानी राणा बिहीबार, मंसिर ११, २०७७  १८:२६
1140x725

विश्व, इतिहासकै अत्यन्त कठिन घडीमा छ। कोरोना भाइरसका कारण हामी अत्यन्त जटिल मोडमा छौं। हामीलाई प्रकृतिले नै खुम्चाई दिएको छ। हामीले निर्बाध रूपमा हाम्रा गतिविधि संचालन गर्न पाएका छैनौं। हाम्रै यही कार्यक्रम पनि थोरै संख्यामा प्रत्यक्ष र बाँकी अनलाइन माध्यमबाट सहभागी भई अत्यन्त सतर्कतापूर्वक मनाउन बाध्य भएका छौं।

तपाईहरू सबैको अथक मेहनतबाट राष्ट्रिय-अन्तराष्ट्रिय तहमा आफूलाई नेपालको निजी क्षेत्रको एक सशक्त संस्थाको रूपमा स्थापित गराउन सफल भएका छौं। 

महासंघको गौरवपूर्ण ५४ औं वार्षिक साधारण सभा आफैमा एक महत्वपूर्ण उत्सव हो। गएको एक वर्षदेखि विश्व कोरोना भाइरस (कोभिड–१९) को महाव्याधीको चपेटामा छ। विश्वमा लाखौँ मानिस कोभिड संक्रमणको चपेटामा परेका छन् भने लगभग १४ लाख मानिसहरुको दुखद् निधन भैसकेको छ।

हाम्रै देशमा पनि हजारौँ मानिस कोभिड संक्रमणको चपेटामा परेका छन् भने लगभग १५ सय मानिसहरुको दुखद् निधन भइसकेको छ। कोभिडले मानवीय क्षतिका साथै विश्वको अर्थतन्त्रलाईनै इतिहासकै कठिन अवस्थामा धकेलिदिएको छ। विश्वका शक्तिशाली मुलुकहरु भारत,अमेरिका, यूरोपेली देश गम्भीर आर्थिक संकटमा जाँदैछन् भने उनीहरुको अर्थतन्त्र ऋणात्मक उन्मुख हुँदैछ।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार कोभिड संकटका कारण विश्वमा अनौपचारिक क्षेत्रमा कार्यरत २ अर्ब मानिसमध्ये १ अर्ब ६० करोड मानिस प्रत्यक्ष प्रभावित भएका छन्। यसले विश्वको आधा जनशक्ति ( श्रमशक्ति) अत्यन्त जोखिममा छन्। तिनको जीवनचर्या गम्भीर संकटमा पर्ने देखिन्छ।

कोभिड महाव्याधिका कारण मुलुक अर्थतन्त्र अत्यन्त प्रभावित भएको छ। करिब ६ सात महिना प्रत्यक्ष लकडाउनमा जाँदा विशेषगरी पर्यटन, निर्माण, हवाई तथा स्थल यातायात, खुद्रा तथा होलसेल व्यापार, उत्पादनमूलक, आवास तथा खाद्य सेवा, घरजग्गा व्यवसाय क्षेत्र नराम्ररी प्रभावित भएका छन्।

राष्ट्र बैंकले गरेको सर्वेक्षणअनुसार लकडाउनको अवधिमा करिब ४ प्रतिशत मात्र उद्योग व्यवसाय पूर्ण रुपमा संचालन, ३५ प्रतिशत उद्योग आंशिक रुपमा संचालनमा र ६१ प्रतिशत उद्योग व्यवसायहरु पूर्ण रुपमा बन्द रहे। लकडाउनको अवधिमा सर्वेक्षणमा सहभागी उद्योग व्यवसायहरु मध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन कारोवार घटेको जनाएका थिए।

यसले उद्योगी व्यवसायीमा संचालन पूँजीको अभाव, बैंकको सावा व्याज भुक्तानी, कामदारहरुको ज्याला तलव भुक्तानी, सरकारलाई तिर्नुपर्ने कर राजस्व, विद्युत महशुल भुक्तानीमा ठूलो समस्या पर्न गयो। यसबाट लाखौं उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित हुन पुगे। योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनका अनुसार कोभिडका कारण जिडिपीमा करिब २०० अर्बको आर्थिक नोक्सानी मुलुकलाई पर्न गएको तथ्यांक बाहिर आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अझैपनि कोभिडसँग जुध्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने ठूलो द्विविधा र संकटमा निजी क्षेत्र छ। विश्व बैंकका अनुसार कोभिडका कारण आर्थिक गतिविधि ठप्प हुँदा सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत र सन् २०२१ मा नेपाली अर्थतन्त्रको वृद्धिदर ०.६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ। एशियाली विकास बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको अनुमान पनि यसकै सेरोफेरोमा छ।

आइएलओले कोभिड संकटका कारण नेपालमा १६ देखि २० लाख कामदार कामविहीन हुने, उनीको कार्य समय ज्यालामा ठूलो कटौती हुने अनुमान गरेको छ। विशेषगरी प्रमुख श्रम गन्तव्य देशहरुबाट कामविहीन भई नेपाली फर्कने क्रम जारी छ। यो जनशक्तिको व्यवस्थापनका लागि सरकारले कम्तीमा पनि १० लाखलाई रोजगारी सृजना गर्नुपर्ने टड्कारो आवश्कता देखिन्छ।

लकडाउनपश्चात् सामान्य अवस्थामा फर्कन औसतमा पनि करिब २ देखि ३ वर्ष लाग्ने र पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा फर्कन करिब ५ वर्ष लाग्ने यस क्षेत्रका जानकारहरुको अनुमान छ।

राष्ट्रिय अन्तराष्ट्रिय आर्थिक परिदृश्यहरुले अबका दिन मुलुकुको अर्थतन्त्रमा निकै ठूला ठूला चुनौती आउने कुरा स्पष्ट देखाउंछन्। कोभिड प्रभावित उद्योग व्यवसायका लागि सरकारले बजेट तथा मौद्रिक नीति मार्फत ल्याएका कार्यक्रमको निजी क्षेत्र स्वागत गर्दछ र त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दछु।

Xtrem

Xtrem

नेपालको कूल जनसंख्याको ठूलो अंश (कूल जनसंख्याको ५०–५५ प्रतिशत) यूवा वर्गको छ, हाम्रो पूँजी पनि यही हो। यही युवा जनशक्ति मार्फत मुलुकको समृद्धि सम्भव छ। यसर्थ हामीसँग रहेको जलस्रोत, कृषि, पर्यटन, उर्जाको समग्र विकासमार्फत समृद्धि हासिल गर्न सरकार निजी क्षेत्र संयुक्त सहकार्यको लक्ष्य बनाएर अगाडि बढ्नै पर्छ। सामाजिक सुरक्षा सहित उत्पादकत्व वृद्धि, सीप विकासलाई सहायता गर्ने नीति सरकारबाट अवलम्बन अख्तियार गर्नुपर्ने छ।

उद्योग व्यवसायको प्रवर्द्धनमा दक्ष र सीपयुक्त जनशक्ति आजको आवश्यकता भएकाले महासंघले पनि उद्योग व्यवसायको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति तयार गर्ने कार्यलाई शुरुवात गरिसकेकाले सरकारबाट जनशक्ति विकासमा विशेष जोडदिने नीति तथा कार्यक्रम आउनु पर्छ।

कोभिड संकटका कारण पछिल्लो पटक विश्व अर्थतन्त्र डिजिटल उन्मुख भएकाले यसबाट प्रविधि, सेवा र पर्यटन क्षेत्रले तुलनात्मक लाभ उठाउन सक्ने हुँदा सरकारका नीति तथा कार्यक्रम सोहीअनुरुप आउनु पर्ने र सरकारका दैनिक कार्य संचालन तथा आर्थिक कारोबारसमेतलाई डिजिटल उन्मुख बनाउने तर्फ विशेष नीति अख्तियार गर्नुपर्छ।

गौरवका राष्ट्रिय योजना समयमा नसक्दा मुलुकले निकै ठूलो आर्थिक क्षति भोग्नु परेको छ। वर्षौंदेखि शुरु भएका तर समयमा नसकिएका त्यस्ता भौतिकपूर्वाधारका आयोजनाहरु फास्टट्र्याकबाट सम्पन्न गर्नेतर्फ सरकारबाट तत्काल पहल हुनपर्छ र यसले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन, थप लगानी आकर्षण गर्न र नयाँ परियोजनाको शुरुवात गर्न मार्ग प्रशस्त गर्दछ।  

सरकारलाई जस्तो सुकै संकटमा पनि बलियो साथ दिएको छ। विगतमा महाविपत्तिका समयमा सरकारलाई सहयोग गरेजस्तै कोभिड महासंकटमा पनि महासंघले आफ्नो बलियो परिचानमार्फत् आम सर्वसाधारणको दैनिक जीवनयापनमा संकट आउन दिएन। आफ्ना सदस्य सवै उद्योगधन्दालाई निर्बाध संचालन गर्न लगाई अत्यावश्यक वस्तुको उत्पादन तथा आपूर्ति प्रणालीलाई बचायो। कठिन अवस्थामा पनि आफू र आफनो परिवारको ज्यानसमेत जोखिममा राखेर मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न अग्रभागमा रहेर काम गरीरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूमा म यस अवसरमा हार्दिक सम्मान गर्न चाहान्छु। नमन गर्न चाहान्छु।

समुन्नत मुलुक निर्माणका लागि सम्माननीय प्रधानमन्त्रीज्युले लिनु भएको समृद्ध नेपाल सुखी नेपाली को राष्टिय दृष्किोणले निजी क्षेत्रलाई उत्साहित बनाएको छ। दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण लगायतका लोककल्याणकारी कामको एक प्रमुख साझेदार बन्ने अवसर प्रधानमन्त्रीज्यूले महासंघलाई प्रदान गर्नु निजी क्षेत्रका लागि गौरबको बिषय हो।

निजी क्षेत्रको सर्वोच्च संस्था महासंघसंग जोडिएर करिव १३ वर्षभन्दा बढी समय काम गर्ने मौका मलाई मिल्यो। प्रारम्भमा कार्यकारिणी समिति सदस्यको रुपमा प्रवेश गरी एक दशक जति नेतृत्वतहमै र पछिल्लो तीन वर्ष भन्दा बढी समय महासंघको प्रत्यक्ष नेतृत्व गर्ने अवसर मैले पाएँ। ५४ वर्षको इतिहास बोकेको मुलुकको निजी क्षेत्रको सर्वोच्च संस्थामा पहिलो महिला अध्यक्ष हुने सौभाग्य मलाई मिल्यो। मैले यो समयको भरपुर उपयोग गरी निजी क्षेत्रको उचाई बढाउने काम गरे। निजी क्षेत्रलाई एक सशक्त क्षेत्रको रुपमा स्थापित गराउन मेरो प्रयास रहयो। मेरो प्रयासमा मलाई सहयोग र साथ दिने मेरा पदाधिकारी र कार्य समिति साथीहरु सदैव धन्यवादका पात्र हुनुहुन्छ।

स्थानीय तहमा आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रको भूमिका सदैव महत्वपूर्ण हुन्छ। प्रदेश र स्थानीय सरकारसंग सहकार्यलाई थप मजवुद बनाई स्थानीय आर्थिक विकासमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता बढाउन मेरो निरन्तर प्रयास रह्यो। विशेष गरी पछिल्लो पटक नेपालको श्रम बजारमा आवश्यक सूचनाका अभावका कारण उद्योग व्यवसायले भोग्नु परेको समस्यालाई संवोधन गर्नेगरी कार्य गर्न यूरोपियन युनियनको दक्षता परियोजना ब्रिटिस काउन्सिल सहयोगमा महासंघको नेतृत्वमा अरु व्यवसायिक संस्थाहरुको समेत साझेदारीमा परियोजना कार्यान्वयनमा आएको छ।

परियोजनाले नेपालको श्रम बजारको माग अनुसारको कार्य गर्ने र श्रम बजारसंग सम्बन्धी महत्वपूर्ण नीति, कानून, कार्यक्रम तथा योजना तयार गर्न समेत ठूलो सहयोग गर्ने मेरो विश्वास छ।

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ पूर्ण लोकतान्त्रिक अभ्यास गर्दै आजसम्म आइपुगेको संस्था हो। महासंघले आफ्ना हरेक वार्षिक साधारण सभा निर्धारित समयभित्र एउटा निश्चित मितिमा सम्पन्न गर्दै आएको छ र महासंघको नेतृत्व पनि सोही अनुसारले परिवर्तन हुंदै आएको छ। कोभिड संकटका कारण मुलुकनै पूर्ण रुपमा लकडाउनका गएकाले हामीले गएको वर्षको चैत्र २८ र २९ गते गर्नुपर्ने साधारण सभा सम्पन्न गर्न पाएनौं।

सरकारबाट स्वीकृत प्राप्त भएपछि मात्र हामीले हाम्रो साधारणसभा आयोजना गर्न लागेका हौं। साधारणसभाको आयोजनाका क्रममा हामीले हाम्रा सहभागी उद्यमी व्यवसायी प्रतिनिधि साथीहरुको पूर्ण सुरक्षाको प्रवन्ध मिलाएका छौं र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार हामी हाम्रो निर्वाचन गर्दैछौं।

यो साधारणसभाले महासंघको आगामी नेतृत्व समेत चयन गर्दैछ। यसपछि म र मेरो टिम निवर्तमान हुँदैछ। महासंघको विधान त वरिष्ठ उपाध्यक्ष नै आगामी नयां कार्यकालका लागि स्वतः अध्यक्ष हुने हुंदा मेरा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाजीले महासंघको नेतृत्व सम्हाल्दै हुनुहुन्छ भने बाँकी पदहरुका लागि पर्सि १३ गते निर्वाचन हुँदैछ। निर्वाचन एक असल लोकतान्त्रिक अभ्यास हो। निर्वाचनमा हारजित स्वभाविक हो। निर्वाचन पश्चात आउने परिणामसँगै निर्वाचनका वेलाका रहेको समूहगत भावना त्यागेर साझा भावना अनुरुप चल्नु पर्दछ र त्यसले संस्थालाई अझ बढी बलियो र निजी क्षेत्रलाई सशक्त बनाउन सहयोग पुग्दछ।

नेपाल उद्योग वाणिज्य महासंघ एक जीवन्त संस्था हो। एक जीवन्त संस्थालाई अगाडि बढाउन निर्वाचित भएर आउने नयाँ टिमलाई निर्वाध काम गर्न दिने वातावरण अव बनाउनै पर्छ। नेतृत्वले चाहेको वेला सल्लाह सहयोग र अनुभव दिनु अग्रजहरुको धर्म हो र अग्रजहरुले सोही अनुसार मात्र आफ्नो भूमिका निर्वाह गर्नुपर्ने मेरो विश्वास एवं मान्यता छ।

एक निवर्तमान अध्यक्षको हैसियतले मेरो भूमिका अवका दिनमा नेतृत्वले चाहेको बेला सहयोग गर्ने मात्र रहने छ। यो अवसरमा मेरा वरिष्ठ उपाध्यक्ष गोल्छाजीलाई आगामी नेतृत्वका लागि हार्दिक बधाई एवं शुभकामना दिन चाहान्छु। मेरो कार्यकालमा उहांले वरिष्ठ उपाध्यक्षमा रहेर निर्वाह गर्नुभएको सशक्त भूमिकाको म मुक्त कण्ठले प्रशंसा गर्दछु। निर्वाचनबाट आउने टिमलाई मेरो अग्रिम बधाई एवं शुभकामना।

हामीले केही समयपछि महासंघको संस्थागत विकासमा विभिन्न भूमिका रहेर योगदान गर्ने महासंघ आवद्ध महानुभावहरु, महासंघसंग नजिकमा रहेर नेपालको आर्थिक व्यवसयिक विकासमा सहयोग गर्ने कुटनीतिक नियोग एवं दातृ संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम छ। आज सम्मानित हुन गैरहनु भएका सबैलाई हार्दिक बधाई दिन चाहान्छु र तपाईहरूले दिने सेवामा अझ बढी उत्कृष्टताको अपेक्षा गरेको छु।

(नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महासंघको ५४औं साधरणसभाको उद्घाटन सत्रमा राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्