• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने

64x64
नेपाल लाइभ सोमबार, मंसिर ८, २०७७  १८:२४
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संकट जारी रहेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको विषयले राजनीतिक वातावरण तातिएको छ। दुई नेताबीच भएको यथार्थ विषय सार्वजनिक नभए पनि ओलीले देउवालाई सत्ता साझेदारी गरेको बताएको छ।

पार्टीभित्र अप्ठ्यारोमा परेका बेला ओलीले विगतमा पनि यस्तो भेट गर्ने र कतिपय चर्चित अभिव्यक्ति दिने गरेका थिए। पछिल्लो भेट र भेटका विषयमा सार्वजनिक भएका खबरलाई पनि सोही रुपमा बुझ्नुपर्ने नेकपाकै कतिपय नेताहरुको भनाइ छ। उनीहरु यसलाई ओलीको ‘स्टन्ट’को रुपमा अर्थ्याउँछन्। पार्टीमा आफू अनुकूल निर्णग गराउन वा आफूलाई दबाब दिइरहेका नेताहरुलाई तर्साउन ओलीले यस्ता ‘स्टन्ट’ गर्ने गरेको उनीहरुको आरोप छ।

प्रधानमन्त्री ओलीले गत शनिबार दिउँसो कांगेस सभापति शेरबहादुर देउवालाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए। ‘संवैधानिक निकायको नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्रीज्यूले गर्न देउवालाई बोलाउनु भएको रहेछ। उहाँहरुले संवैधानिक निकायको भागबण्डाका विषयमा छलफल गर्नुभयो’, एक प्रभावशाली मन्त्रीले भने, ‘छलफलमा सत्ता साझेदारीको विषयमा सामान्य छलफल मात्रै भएछ। खासमा पार्टी फुटाएर सत्ता साझेदारी गर्नेभन्दा पनि पार्टीमा आफ्नो पक्षमा माहोल बनाउन कुरा गरिएको रहेछ।’

तर बाहिर भने प्रधानमन्त्रीले पार्टी नै फुटाएर कांग्रेससँग सत्ता साझेदारी गर्न खोजेको जस्तो सन्देश गएको ती मन्त्रीको भनाइ छ।

‘कांग्रेससँग सत्ता साझेदारी गरेर जाने विषयमा प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभयो भनेर मिडियामा सार्वजनिक भएपछि मेरो पनि चासो भयो। त्यसपछि कांग्रेसका मुख्यमुख्य नेताहरुसँग कुरा पनि गरें’, ती मन्त्रीले भने, ‘तर, कांग्रेसका नेताहरुबाट सत्ता साझेदारीमा जाने अवस्था नै छैन भन्ने आयो। उनीहरुको कुरा बुझ्दा प्रधानमन्त्रीज्यूले आफू अप्ठ्यारोमा परेपछि ‘स्टन्ट’ गर्न खोज्नुभएको भन्ने लाग्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि ओलीले दललाई फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएर, संसद अधिवेशन अन्त्य गरेर र एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गराएर पार्टीका अरु नेतालाई दबाबमा राखेका थिए। परिणामतः प्रधानमन्त्रीले पार्टी विभाजन नै गर्न खोजिरहेको आशंका फैलिएपछि मध्यमार्गी नेताहरु सक्रिय भएर विवाद समाधानका उपाय पहिल्याएका थिए। जसका कारण राजीनामा मागिरहेका नेताहरु पछि हटेका थिए। अहिले पनि पार्टी विभाजनको हल्ला चलेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष पछि हट्ने बाध्य बनाउने ओलीको रणनीतिको रुपमा पछिल्लो भेटलाई हेरिएको छ।

देउवासँग मात्रै होइन, अप्ठ्यारोमा परेपछि ओली पटकपटक राष्ट्रपतिसँग पनि भेट गर्ने गर्छन्। जुन उनले अघिल्लो हप्ता पनि दोहोर्‍याएका थिए। गत असार-भदौमा पनि राष्ट्रपतिसँगको बारम्बार भेटबारे चर्चा भएको थियो।

पार्टीमा चर्को विवाद भए पनि विभाजनसम्मको अवस्था नआउने अर्का मन्त्री बताउँछन्। ‘अहिले दुई अध्यक्षवीच अविश्वासको ठूलै खाडल छ। नेतृत्व तहमा सहज संवाद हुन सकेको छैन’, उनको भनाइ छ, ‘तर, पार्टी विभाजन गरेर होइन, पार्टीभित्रै रहेर एकले अर्कोलाई कमजोर पार्ने रणनीतिमा लागेका छन्।’ 

Xtrem
Xtrem

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि पेश गरेको प्रस्तावका विषयमा अर्का अध्यक्ष ओलीले कसरी जवाफ दिन्छन्, त्यसले पनि पार्टी विवादको परिणाम निर्धारण गर्ने भएको छ। ‘प्रचण्ड कमरेडले यसअघि प्रस्तावमा उठाउनु भएको विषयको जवाफ ओली कमरेडले एकएक गरी जवाफ दिन्छु भन्नुभएको छ। त्यो जवाफ कति नरम/गरम आउँछ, त्यसले पनि निर्धारण गर्ला’, उनको भनाइ छ, ‘यदी प्रधानमन्त्रीज्यूले प्रचण्ड कमरेडले उठाएको विषयको जवाफ दिएर बैठकमा संयुक्त प्रतिवेदन आउने अवस्था आए परिस्थिति सामान्य होला।’

गत कात्तिक २८ गते बसेको सचिवालयको बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। त्यसमा ओलीको कार्यशैलीको प्रशस्तै आलोचना गरिएको छ। मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डको आरोपको खण्डन गरेर आफूले पनि प्रस्ताव ल्याउन १० दिनको समय मागेका थिए। सोही अनुसार अर्को बैठक मंसिर १३ गतेका लागि तोकिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १८:२४
  • #केपीओली
  • #शेरबहादुर-देउवा
  • #ओली_देउवा_भेटघाट
  • #नेकपाविवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो
सम्बन्धित सामग्री
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा अझै टुंगोमा नपुगेको... बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको उद्धारमा देखिएको कानुनी तथा... बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अ... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्