काठमाडौं- नेकपाभित्रको विवाद गर्माइरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन्। नेकपा विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि प्रचण्ड शीतल निवास पुगेका हुन्।
नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा राष्ट्रपति र प्रचण्डबीच भएको भेटघाट भएकाे हाे। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पटकपटक राष्ट्रपति भण्डारीलाई भेट्दै आएका थिए।
बुधबार नेकपाको सचिवालय बैठक बस्ने तय भएको छ। नेकपाका अध्यक्षद्वय भने आरोप प्रत्यारोपमा उत्रिएका छन्।
यसअघि पनि अध्यक्षद्वयबीच विवाद हुँदा राष्ट्रपतिलाई साक्षी राखेर विवाद समाधान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।