• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोभिड प्रभाव : वाणिज्य बैंकहरुको नाफा २ प्रतिशतले घट्याे, मर्जरमा जानेको घटेन

64x64
अरुण सापकोटा शनिबार, कात्तिक २९, २०७७  १०:००
1140x725

काठमाडौं–कोभिड–१९ को प्रभाव वाणिज्य बैंकको नाफामा देखिएको छ। मर्जरमा गएका वाणिज्य बैंकवाहेक अधिकांशको मुनाफामा गिरावट आएको छ। यस वर्ष समग्र वाणिज्य बैंकको नाफा १‍.९३ प्रतिशतले गिरावट आएको छ। यो सामग्री तयार पार्दासम्म सानिमा बैंक एनसिसी बैंक र बैंक अफ काठमाण्डूको वित्तीय विवरण प्राप्त नभएकाले समावेश गरिएको छैन।  

मर्जरमा गएका केही बैकका साथै प्रभु बैंक, एनआईसी एशिया बैंक र नेपाल बंगलादेश बैंकको बाहेक सबैको नाफामा भारी गिरावट आएको हो। १५-२० वर्षदेखि वाणिज्य बैंकहरुको औसत नाफामा उल्लेख्य सुधार भइरहेको थियो। 

आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैंकको नाफाको वृद्धिदर ३० प्रतिशत थियो। गत आर्थिक वर्ष २०७६/७७ मा ६ प्रतिशतमा खुम्चियो। तर यस आर्थिक वर्षमा नाफाको वृद्धिदर १.९३ प्रतिशतले घटेको हो। कोभिड-१९ ले अधिकांश बैंकको अन्य आम्दानी तथा सेवा शुल्कमा गिरावट आएको छ। तर सञ्चालन खर्च भने बढेको छ। नियमित रुपमा हुने कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च घट्नेभन्दा पनि बढिरहेको छ। 

केही बैंकको नाफामा मर्जर प्रभाव देखिए पनि थोरै बैंकले मात्रै तीव्र गतिमा व्यवसाय बढाएर नाफामा सुधार गरेका हुन्। गएका दुई तीन वर्ष वाणिज्य बैंकमा तरलता अभाव भयो, जतिबेला निक्षेप खोसाखोस हुन्थ्यो। अहिले नयाँ कर्जाको माग धेरै कम छ। विदेशबाट सामान आयात गर्ने केही व्यापारीले कर्जा लिए पनि स्वदेशभित्रै व्यापार व्यवसाय गर्नेले कर्जाको माग गरिरहेका छैनन्। 

वाणिज्य बैंकहरुको कर्जा तथा निक्षेप संकलन उल्लेख्य मात्रामा बढेको छ। निक्षेप बढे अनुसार कर्जा विस्तार हुन नसक्दा वाणिज्य बैंकको व्याज खर्च उच्च भएको सिटिजन्स बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंकहरु कोभिड–१९ को महामारी केही सहज हुने अपेक्षामा बजारबाट निक्षेप संकलन गरिरहेका छन्। यसले बैंकको खर्चमा उल्लेख्य वृद्धि भएको छ। एकातिर निक्षेपको खर्च बढिरहेको छ भने कोभिडकै कारणले गर्दा ऋणीले व्याज तथा किस्ता भुक्तानी गर्न सकिरहेका छैनन्। केही बैंकहरुले जोडबलका साथ ऋणीहरुलाई दबाब दिएर कर्जा उठाए पनि अधिकांश बैंकले यस्तो गर्न सकिरहेका छैनन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि महामारीका बेला ऋणीको धितो लिलाम नगरिदिन निर्देशन दिएका छन्। 

यस वर्षको नाफामा स्प्रेडदरले पनि प्रभाव पारिरहेको देवकोटा बताउछन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षभरिमा सम्पूर्ण वाणिज्य बैंकहरुलाई स्प्रेडदर ४।४ प्रतिशतमा झार्न निर्देशन दिएको छ। गएका वर्षमा केही अन्तर्राष्ट्रिय साझेदार भएका बैंकहरुको स्पे्रेडदर ५ प्रतिशतभन्दा माथि थियो। त्यसैले गर्दा धेरै राम्रो भनिएका वाणिज्य बैंकहरुको नाफा सबैभन्दा धेरै प्रभावित देखिन्छ। यसको असर स्ट्याण्डर्ड चार्डर्ड बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक जस्ता बैंकहरुको वित्तीय विवरणमा असर परेको देखिन्छ। 

गत वर्ष केही वाणिज्य बैंकहरुले राष्ट्रिय स्तरका विकास बैंकलाई प्राप्ति गरेका थिए। जसले गर्दा उनीहरुको नाफा घटेको देखिँदैन। कुमारी बैंकले राष्ट्रिय स्तरको देवः विकास बैंकलाई प्राप्ति गरेको थियो जसले गर्दा बैंकको नाफा ४९ प्रतिशतले बढेको छ। त्यस्तै ग्लोबल आइएमई बैंकले जनता बैंकलाई प्राप्ति गरेसँगै नाफा ४० प्रतिशतले बढेको छ।

Xtrem
Xtrem

सिटिजन्स बैंकले तिनाउ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेसँगै नाफा ४७ प्रतिशतले बढेको छ। प्राइम कमर्सियल बैंकले राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई प्राप्तिपछि नाफामा ५४ प्रतिशतले सुधार भएको छ। मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्तिपछि नाफा ३८ प्रतिशतले बढेको छ। त्यस्तै एनएमबी बैंकले केही वर्षदेखि अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई प्राप्ति गरेरै पुँजीका हिसाबले दोस्रो ठूलो वाणिज्य बैंक बनेको छ। बैंकले केही समय अगाडि कञ्चन डेभलपमेन्ट बैंक किनेको थियो। त्यसभन्दा अगाडि ओम डेभलपमेन्ट प्राप्ति गरेको थियो। त्यसको प्रभावस्वरुप नाफा दुई गुणाभन्दा धेरैले बढेको छ। 

यस वर्ष नाफामा सबैभन्दा अगाडि ग्लोबल आइएमई देखिएको छ। गएका वर्षमा सबैभन्दा अगाडि नविल बैंक हुन्थ्यो। तर कोभिडका कारण नविल यस वर्ष दोस्रो स्थानमा झरेको छ। केही वर्षदेखि पहिलो स्थान ओगट्दै आएको राष्ट्रिय वाणिज्य बैंकको स्थान धेरै तल झरेको हो। यस पटक एनआईसी एशिया बैंक तेस्रो स्थानमा रहेको छ। एक अर्बभन्दा धेरै नाफा गर्नेमा ग्लोबल आइएमई बैंक, नविल बैंक एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक रहेका छन्। सधैं झै यस वर्ष पनि सिभिल बैंक पुछारमा छ। बैंकको नाफा थप ३९ प्रतिशतले घटेर ९ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। 
 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्