• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
आज कुकुर तिहार

कुकुर : अनुसन्धानमा प्रहरीका सारथी, नागरिकका विश्वासी

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २९, २०७७  ०७:०७
1140x725
गत वर्षको कुकुर तिहारमा कुकुर पूजा गर्दै नेपाल प्रहरी। तस्बिर : नेपाल प्रहरी

काठमाडौं- शनिबार (आज) कुकुर तिहार। देशभर कुकुरको पूजाआजा गरी यो पर्व मनाइँदैछ। नेपाल प्रहरीले पनि कुकुर तिहारका दिन विशेष रूपमा कुकुरको पूजा गरेर मनाउँदै आएको छ। अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने कुकुरलाई प्रहरीको केन्द्रीय डग स्कुल महाराजगञ्जले कार्यक्रम गरी कुकुर तिहार मनाउँदैछ।

विसं २०२६ सालदेखि कुकुरबाट अनुसन्धानमा सहयोग लिन थालेको नेपाल प्रहरीले कुकुर तिहारका दिन विशेष कार्यक्रम छुटाएको छैन। यसपटक भने कोरोनाका कारण डग ह्यान्डलरसमेत बिरामी भएकाले अघिल्ला वर्षमा जस्तो तामझाम नगरी सामान्य रुपमा कुकुर तिहार मनाउन लागिएको डग स्कुलकी प्रमुख एसएसपी देउती गुरुङले बताइन्।

 

अनि प्रहरीमा जोडियो कुकुर
२०२६ सालबाट कुकुर सेवाको सुरु गर्नुभन्दा केही समय मात्र पहिले मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीले समेत भाग लिएको थियो। उक्त तालिममा कुकुरले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका धेरै काम देखाइएको थियो। 

प्रहरीले अनुसन्धान गर्न नसकेका धेरै जटिल कामहरू कुकुरको सहायताले फत्ते गरेको जानकारी पाएपछि उक्त ट्रेनिङ पश्चात् नेपाल प्रहरीले ४ वटा तालिमप्राप्त कुकुर किनी सालबाट कुकुर सेवा सुरु गरेको हो।

पछि नेपाल प्रहरीले २०३२ सालमा प्रहरी कुकुर सेक्सन स्थापना नै गरेर औपचारिक रुपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको थियो। उक्त सेक्सनलाई विकास गर्दै प्रहरीले २०४७ सालमा केन्द्रीय कुकुर तालिम केन्द्र नै बनाएको छ। त्यस्तै प्रहरीले तत्कालीन पाँच वटै विकास क्षेत्रमा क्षेत्रीय कुकुर शाखाको समेत स्थापना गरेको थियो। 

प्रहरीसँग अहिले ८० वटा तालिम प्राप्त कुकुर छन्। सुरक्षाका लागि कुकुरको सहयोग लिनु विश्वव्यापी परम्परा नै बनेको छ। अनुसन्धानमा पनि प्रहरीलाई कुकुरले सहयोग पुर्‍याउँदै आएको छ। 

Ncell 2
Ncell 2

प्रहरीलाई कसरी सहयोग गर्छ कुकुर?
नेपाल प्रहरीले कहिलेकाहीँ अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ। अपराध अनुसन्धानमा नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम, लागुऔषधको परीक्षण गर्ने हाइपर्फरमेन्स थिन लेअर क्रोम्याटोग्राफी (एचपीटीएलसी) जस्ता प्रविधि छन्। यी बोहक अनुसन्धानमा प्रहरीको अर्को भरपर्दो विधि हो, कुकुर।

000

गत साउन २५ गते गोंगबुस्थित नवज्योति मार्गमा रातो प्लास्टिकले बेरेको, बोराको नाम्लोसहित कालो रंगको सुटकेशभित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको थियो। तत्काल तालिमप्राप्त 'जोजो' नामको ट्रयाकर डग परिचालन गर्दा टाउको र खुट्टा पोको कुकुरले फेला पारेको थियो। 

टाउको भेटिएपछि मृत भेटिएका ती व्यक्ति दाङका कृष्णबहादुर बोहरा भएको पुष्टि भएको थियो। पछि प्रहरीले उनको हत्यामा संलग्न महिलालाई चितवनबाट पक्राउ गरेको थियो। कुकुरले पत्ता लगाएका यो एउटा उदाहरण मात्रै हो। प्रहरीका तालिम प्राप्त कुकुरले धेरै जटिल केसको सफल अनुसन्धान गरेको छ।

000

आइतबार मध्यराति बर्दियाको बढैयाताल गाउँपालिका–३ गोबरियापुरका भैंसी व्यापारी ३५ वर्षीय मोहन खटिकको गोली हानी हत्या भएको थियो। बर्दिया प्रहरीले खटिकको हत्या अनुसन्धानमा नेपालगञ्जबाट कुकुर मगाएर स्नाफिङ गराएको थियो।

कुकुरकै सहायताले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बर्दियाका एसपी सुरेन्द्रप्रसाद मैनालीले बताएका छन्। कुकुरको सहायताले अपराधी पत्ता लगाएको यो त एउटा उदाहरण मात्रै हो। प्रहरीले धेरैवटा जटिल केस समेत कुकुरकै सहायताले पत्ता लगाएको छ।

कुकुरले पत्ता लगाएका ठूला अपराधका घटना
-२०४० सालमा दोलखाको चरिकोटमा एकै परिवारका चारजनाको बिभत्स हत्या भयो। हत्या कसले र किन गरायो भन्ने खुल्न सकेन। प्रहरीले डग स्कुल काठमाडौंबाट अनुसन्धानमा खटायो ‘नानी’ नामको कुकुरलाई। 

हत्यामा प्रयोग गरिएको खुकुरी बाँसको झाँङमा फालेको ‘नानी’ले पत्ता लगायो। त्यही खुकुरीको बिँड सुँघेर ‘नानी’ले हत्यारा पत्ता लगाएको थियो। हत्या गर्ने व्यक्ति थिइन्, शोभा श्रेष्ठ। उनले घरायसी विवादमा आफ्नै काका, काकीसहित चार जनाको हत्या गरेकी थिइन्। हत्यापछि नुहाएर कोठामा सुतिरहेका बेला ‘नानी’कै सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

स्याङ्जाका राजेश अधिकारीको हत्या घटनामा अनुसन्धान गर्न प्रयोग गरिएको जंगे नामको कुकुर। तस्बिर : नेपाल प्रहरी।

-बाराका पत्रकार वीरेन्द्र साह २०६४ कात्तिक १८ गते अज्ञात समूहद्वारा अपहरणमा परे। पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उनको खोजी गरे। एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता लागेन। एक महिनापछि साहको खोजी गर्न प्रहरीको केन्द्रीय डग तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुुकर पठाइएको थियो।  ब्ल्याकीले दुई दिनपछि मंसिर २२ मा बाराको भैवानाकाको जंगलमा पत्रकार साहको शव गाडिएको स्थान पत्ता लगायो। 

-२०७४ जेठ ९ गते ललितपुरको गोदावरी नगरपालिका–११, बस्ने ४० वर्षका दीपक दमाईको हत्या भयो। उनको शव छम्पी र चापागाउँबीचको खोल्सामा फालिएको थियो। अनुसन्धान गर्न जर्मन सेफर्ड जातको ‘लिजा’ कुकुर परिचालन गरियो। घटनास्थलमा प्राप्त भएको निलो रंगको सर्ट लिजालाई सुँघाइयो। लिजाकै इसाराअनुसार प्रहरीले सिन्धुपाल्चोक घर भई चापागाउँ खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको थियो। पक्राउ परेका पाख्रिन आफैले हत्या गरेको स्वीकार गरे। 

-२०५३ साल फागुन १८ गते बुढानीलकण्ठमा ६० वर्षीया वृद्धाको हत्यारा पनि कुकुरले नै पत्ता लगाएको थियो। देवरका छोरा र ज्वाइँले वृद्धाको घाँटी थिचेर हत्या गरेको कुरा कुकुरकै सहयोगमा प्रहरीले पत्ता लगाई पक्राउ गरेको थियो।

-३५ वर्षका देवराज न्यौपानेको २०६२ वैशाख २६ गते सुनसरीको धरान नगरपालिकास्थित पञ्चकन्या मन्दिरमा रहस्यमय हत्या भएको थियो। उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको थियो। अनुसन्धानमा खटिएको ‘आकाश’ नामको कुकुरले शर्मिला लिम्बूलाई संकेत गरेपछि डग ह्याण्डलरले उनलाई हत्कडी लगाए। पछि हत्यारा शर्मिला नै भएको पुष्टि भयो। 

-काठमाडौं मातातीर्थका विशाल तामाङ घरमा सुतिरहेका थिए। प्रहरीको ‘रोनी’ नामको कुकुरले सुतिरहेका विशालको देबे्र हातमा टोक्यो। हत्यामा संलग्न भन्दै प्रहरीले तामाङलाई पक्राउ र्गयो। सानुकाजीको हत्या भएको ठाउँमा प्रमाणको रूपमा हँसिया फेला परेको थियो। प्रहरीले हँसियाको बिँड रोनीलाई सुँघाए। बिँडमा विशालको गन्ध पाएपछि कुकुरले उनलाई टोकेको थियो। अनुसन्धानबाट मातातीर्थकै ६० वर्षे सानुकाजी तामाङको हत्यारा विशाल नै भएको पुष्टि भयो। यो २०७० पुस २३ गतेको घटना थियो।

-२०७१ साल असोज १४ गते राति लमजुङको पिप्ले–४, भोटे ओडारमा अर्जुनप्रसाद रेग्मीसहित तीन जनाको हत्या भयो। पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराबाट घटनाको अनुसन्धान गर्न ‘ज्वाला’ नामको कुकुर पठाइयो। घटनास्थलमा प्राप्त भएको हँसिया ज्वालाले सुँघेर हत्यारा अर्जुनका छोरा राममणि भएको पत्ता लगाएको थियो।

-बर्दियाको साविकको ठाकुरद्वारा गाविस–४ सुस्ताका ६८ वर्षीय जोरा सिंह थापाको  ५ फागुन २०७२ मा हत्या भयो। घटनाको अनुसन्धान गर्न बाँकेबाट जर्मन सेफर्ड जातको ‘भुन्टी’ कुुकुर परिचालन गरियो। घटनास्थलमा भेटिएका कपडाको गन्ध भुन्टीले सुँघ्यो। भुन्टीले घटनास्थलबाट १५ सय मिटर अगाडि खोलाको बाटो हुँदै अपराधी भागेको संकेत र्गयो। भुन्टीकै संकेतअनुसार खोजी गर्दा ठाकुरद्वारा–४ का २३ वर्षे अजित बुढा पक्राउ परे। पछि उनी दोषी ठहर भए। बुढाले पनि भुन्टीले संकेत गरे अनुसार नै आफू भागेको स्वीकार गरेका थिए।  

अपराधमा संलग्न भएका व्यक्तिलाई कुकुरले पहिचान गर्नेबारे देखाइएको डेमोस्ट्रेसन। तस्बिर : नेपाल प्रहरी।

-नेपाल प्रहरीले कुकुरको सहायताले अन्य धेरै कामहरू गरेको छ। ठमेल र बसपार्क क्षेत्रबाट कुकुरकै सहायताले प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। प्रहरीको कुकुरले २०६९ मंसिर २७ गते लागू औषधका मुख्य नाइके भारतीय नागरिक पुतन खानसहित दुई जनालाई पक्रन सफल भएको थियो।

-रसुवाको ब्राप्चेको पहिरोमा २०७० माघ १० गते सिभिल इन्जिनियर चेरव घिमिरे पुरिएर बेपत्ता भएका थिए। ‘रेस्क्यु’ र ‘खुस्बु’ नामक दुई कुकुरको सहयोगमा घिमिरेको शव फेला पारेको थियो। भूकम्प गएका बेला मानिस पुरिएको आशंका भएका काठमाडौंका धेरै ठाउँमा कुकुर प्रयोग गरी उद्धारको काम गरिएको थियो।

000

यीबाहेक भिभिआइपी, भिआइपी सुरक्षाका लागि नेपालमा प्रहरीका कुकुर खटिँदै आएका छन्। भिआइपीहरूको आवतजावत हुने ठाउँमा कुकरले विस्फोटक पदार्थ छ कि छैन भनेर पहिचान गर्ने गरेको डग स्कुलले जनाएको छ।

वि. स. २०७० सालमा पूर्व-अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउँदा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका बेला ‘लियो’, ‘मारियो’ र ‘एक्सी’ कुकुरलाई विस्फोटक पदार्थको खोजी गर्न लगाइएको थियो। 

२०७१ साल मंसिर १८ गते ‘जुलेट’ नामक कुकुरले चितवनको भरतपुर–५ स्थित सिमलको रूखमुनि लुकाएको अवस्थामा एउटा कटुवा पेस्तोल, एसएलआरको गोली एक थान र गन पाउडर फेला पारेको थियो।

प्रहरीसँग चार विधाका कुकुर
संसारमा पाइने १ सय ८९ प्रजातिका कुकुरमध्ये केही प्रजातिलाई मात्रै अपराध अनुसन्धानमा प्रयोग गरिँदै आएको छ। तीमध्ये नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हान्ड र डच सेफर्ड गरी आठ प्रजातिका कुकुर रहेको डग स्कूलकी एसएसपी देउती गुरुङले बताइन्। 

यी कुकुरलाई प्रहरीले ट्रयाकर डग, एक्सप्लोसिभ डग, सर्च एण्ड रेस्क्यू डग, ड्रक्स सर्च डग गरी चार विधामा वर्गीकरण गरी अनुसन्धानमा लगाउने गरेको छ।

गत वर्षको कुकुर तिहारमा कुकुर पूजापछि खिचाइएको फोटो। तस्बिर : नेपाल प्रहरी

तीन महिनाको आधारभूत तालिम दिएपछि कुकुरको क्षमताअनुसार विधा छुट्याएर अनुसन्धानमा लगाउने गरेको एसएसपी गुरुङले बताइन्। ट्रयाकर डगलाई हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिन्छ।

भिआइपी, भिभिआइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता लगाउन एक्सप्लोसिभ डगको प्रयोग गरिन्छ। बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपदमा परेर हराएकाको खोजी गर्न सर्च एण्ड रेस्क्यू डगको प्रयोग गरिन्छ भने ड्रक्स सर्च डग विधाका कुकुर लागू औषध सम्बन्धी अनुसन्धान गर्न प्रयोग गरिन्छ। 

कुनै पनि घटना भएको स्थानमा २४ घण्टाभित्र प्रहरीका तालिमप्राप्त कुकुर पुग्न सके अपराधीलाई पहिचान र पक्राउ गर्न सकिने डग स्कूलका प्रमख एसएसपी देउती गुरूङको भनाइ छ। घटना भएको ठाउँमा कोही पनि व्यक्तिलाई प्रवेश गर्न नदिई सुरक्षित राख्न सकियो भने अपराधी पहिचान गर्न सकिन्छ। 

घटनास्थलमा अन्य व्यक्ति प्रवेश गरिसकेको, घटनास्थल पानीमा भएको, ज्यादै घाम लागेको अवस्थामा घटनास्थलमा छोडिएको गन्ध उडेर जाने भएकाले अपराधी पत्ता लाग्न नसक्ने डग ह्यान्डलरहरू बताउँछन्। प्रहरीका कुकुरले घटनास्थलमा छाडिएको सबुत प्रमाणलाई सुँघेर अपराधी पत्ता लगाउँछन्। 

अपराध तथा लागू औषध पत्ता लगाउने प्रहरीका तालिमप्राप्त कुकुरको घ्राण शक्ति अन्य कुकुरको बढी हुने भएकाले सुँघेर पत्ता लगाउन सक्ने क्षमता बढी हुन्छ। नेपालमा पाइने स्थानीय भोट जातको कुकुरको सुघ्ने क्षमता (अल फ्याक्ट्री सेल्स) १ सय ५० मिलियन हुन्छ भने जर्मन सेफर्ड, ल्याब्रोडरलगायत प्रहरीसँग भएका तालिमप्राप्त कुकुरमा २ सय २५ देखि ३ सय मिलियनसम्म अल फ्याक्ट्री सेल्स हुन्छ। जसका कारण सुँघेर कुकुरले अपराधी पत्ता लगाउँछ। जति बढी अल फ्याक्ट्री सेल्स बढी हुन्छ, त्यति नै सुँघ्ने क्षमता पनि बढी हुन्छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०७:०७
  • #कुकुर
  • #कुकुरतिहार
  • #नेपालप्रहरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ
छठको दोस्रो दिन आज ‘खरना’
अमेरिकासँग भिड्दै नेपाल
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
छठको दोस्रो दिन आज ‘खरना’ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्