काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले केवलकार, स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर शुक्रबारदेखि नै लागू हुने गरी सबै पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गरेको हो।
शुक्रबार मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै सुरक्षित तरिकाले पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिएपनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्ला तहलाई नै दिइएको समेत उल्लेख गरिएको छ।
अब खुल्ने केवलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालाना भए/नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ।
उल्लेखित क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को कार्तिक २४ गतेको बैठकले नै गरिसकेको छ। गत चैत ११ देखि लकडाउन सुरु हुनु अघि नै पर्यटकीय गतिविधि बन्द गरिएका थिए।
![](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t1.15752-9/125235803_1043795806134151_5372343535100799536_n.jpg?_nc_cat=102&cb=846ca55b-ee17756f&ccb=2&_nc_sid=ae9488&_nc_ohc=JiZ2rmu_Y78AX8_55te&_nc_ht=scontent.fktm6-1.fna&oh=607518e2c5b21f39efd43379690301ed&oe=5FD5A4F5)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।