आज तिमी बिना मेरो
मन भड्किएन साथी
किन हो कुन्नि
तिम्रो अभाव
मलाई खड्किएन साथी
कुनै काम तिमी बिना
कतै अडकिएन साथी
यताउति गर्दैगर्दा
मन फड्किएन साथी।
बिर्सिएकी मैले
कतैकतै केही दुख्दैन त
टाढिएकि म पो कतै
मेरो मन रुँदैन त
हुन्छु पर लाग्छ खुशी
के भो मलाई आज यस्तो
तिमी छैनौँ भन्दै हिड्ने
पागलपनले छुँदैन त।
दोष तिम्रो कत्ति होइन
मूर्खताको भण्डारमै हो
तिमीलाईं देउता थापी
मन्दिर बन्ने मेरै मन हो
तिमीलाई जति माया
आफ़ूलाई लाको भय
नसोचेर तिम्रा लागि
आफूलाई पाको भए।
सम्झीसम्झी सम्झिन्छु म
सम्झीसम्झी कल्पिन्छु म
तिम्रा लागि गाको आँसु
सम्हालिन पाको भए।
परै भयौ परै भइ जाऊ
अब फर्की नहेर्नु है
पुग्ने गरि फेर्रिसक्यौ
अब मन नफेर्नु है।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।