काठमाडौं- नेपालमा कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको ५ सचिवालय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा प्रचण्ड र श्रेष्ठसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम सहभागी थिए।
नेकपामा विवाद तीव्र रूपमा बढ्दै गएका बेला अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। बैठकमा ओली पक्षका कुनै पनि सचिवालय सदस्यहरू उपस्थित भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।