काठमाडौं- स्थानीय तहहरूले विदेशको कुनै पनि स्थानीय तससँग भगिनी सम्बन्ध कामय गर्ने सम्झौता गर्दा अनिवार्य रूपमा संघीय मन्त्रिपरिषद्को स्वीकृति लिन संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ।
संघीय सरकारले तोकेको सीमाभित्र रही तोकिएकै ढाँचामा मात्र विदेशका स्थानीय तहसँग भगिनी सम्बन्ध कामय गर्न समेत मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ। मन्त्रालयमा कात्तिक १८ गते बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।
स्थानीय तहहरूले भगिनी सम्बन्ध कायम गर्न पाउने भएपनि सरकारको स्वीकृति विना र तोकिएको सीमाभन्दा बाहिर गएर सम्झौता हुन थालेको भन्दै मन्त्रालयले त्यसमा कडाइ गर्न लागेको हो।
स्थानीय तहहरूले विदेशका धेरै जसो सहरी क्षेत्रका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गर्न रुचि देखाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।