काठमाडौं- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको पार्टीको सचिवालय बैठकका नेताहरू पुगेका छन्। दिउँसो ३ बजेका लागि अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठकका लागि धुम्बाराही पुगेका हुन्।
सचिवालय बैठक डाकेका प्रचण्ड सहित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल धुम्बाराही पुगेका थिए। निर्धारित समयभन्दा करिब २० मिनेटअघि नै नेता नेपाल धुम्बाराही पुगेका थिए। यसपछि नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका हुन्।
प्रचण्डले बोलाएको पार्टीको सचिवालय बैठकका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु भने सहभागी नहुने आँकलन गरिएको छ। यसैगरी गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल पनि आजको धुम्बाराही बैठकमा नजाने बताइएको छ।
महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल गृह मन्त्रालमा छलफल गरिरहेको गृह मन्त्रालय स्रोतको भनाइ छ। पौडल र थापा दुई जना मात्रै छलफल गरिरहको गृह स्रोतले उल्लेख गरेको छ।
नेकपामा अध्यक्षद्वयबीच विवाद उत्कर्षमा पुगेका प्रचण्डले बोलाएको सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।