काठमाडौं- शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता कृतिका सर्जक भुवनहरि सिग्देलकोे नयाँ आख्यान कृति ‘लालस’ प्रकाशित हुने भएको छ। सिग्देलको लालस प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको र कात्तिक २५ पछि देशभर उपलब्ध हुने प्रकाशक शिखा बुक्सले जानकारी दिएको हो।
सिग्देलका यसअघि प्रकाशित आमोई, सारङ्गी, रमिलानानी, जदौ मालिक, उर्मिला, रामदाइ र धनञ्जय आदि चर्चित उपन्यास हुन्। आख्यानको हिसाबमा 'लालस' उनको नवौँ र अहिलेसम्मको यो ३५औँ कृति हो।
विगत २५ वर्षदेखि निरन्तर साहित्य साधनामा लागिरहेका सिग्देलमा छोटो अवधिमा नै आख्यान तयार गर्न सक्न क्षमता छ। शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु भुवनहरि सिग्देलको मौलिक क्षमता हो।
ऐतिहासिक सन्दर्भ र तथ्यहरुका आधारमा जीवनीमूलक साहित्यको सिर्जना गर्न रुचाउने सिग्देलमा यथार्थपरक विषयको छनौट, केन्द्रीयस्तरमा स्वच्छन्दतावादी भावधारा र मानवतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रवृत्ति देखिन्छ।
४२५ रुपैयाँ तोकिएको ‘लालस’मा २८८ पेज छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।