• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आन्तरिक संकटका विषयमा सामाजिक सञ्जालमा मुखर बन्दै नेकपा शीर्ष नेताहरु

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १७, २०७७  १६:३३
1140x725

काठमाडौं- आइतबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु प्रसाद पौडेलले फेसबुकमा लेखे- (पार्टी एकतादेखि) आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।

केही दिनयता नेकपाको आन्तरिक विवादलाई केन्द्रमा राखेर समाचार सार्वजनिक भइरहेकै थियो। पार्टीका विषयमा सामाजिक सञ्जालमा खासै नलेख्ने पौडेलले नै एकता गम्भीर मोडमा पुगेको सार्वजनिक गरिदिएपछि पार्टीभित्रको विवाद गहिरो रहेको धेरैलाई अनुभूत भयो।

पार्टीका दोस्रा र तेस्रा तहका नेताहरु सामाजिक सञ्जालमा मुखर भइरहनु स्वभाविकै हो। उनीहरु नियमित रुपमा आफ्नो कुरा राख्ने मात्रै नभई फरक गुटका नेतामाथि कटाक्ष पनि गरिरहन्छन्। तर, आइतबार र सोमबार भने पार्टीका शीर्ष नेताहरु आफैंले अभिव्यक्ति दिइरहेका छन्।

नेताहरुको अभिव्यक्तिलाई आधार मान्ने हो भने पार्टी अब फुटको औपचारिक पर्खाइमा छ। नेताहरुले फुटको संकेत मात्रै गर्न थालेका छैनन्, फुटपछि कसलाई कसरी दोष दिने भनेर पनि तयारी सुरु गरेजस्तो देखिन्छ।

'एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं!!', सोमबार नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले ट्विट गरे।

पोखरेलले सांकेतिक रुपमा पुष्पकमल दाहाल प्रचण्डमाथि पूर्व पार्टीको समूहभित्र खेलेको आरोप लगाएका छन्। प्रचण्डमाथि पूर्वएमालेका माधव नेपाल र झलनाथ खनाललाई साथमा लिएर ओलीमाथि दबाब बढाएको आरोप लाग्दै आएको छ।

गत असार १० देखि भदौ २६ गतेसम्म लम्बिएको स्थायी कमिटी बैठकले पार्टीमा रहेको असमझदारी अन्त्य गरेको दाबी गरिएको थियो। अझ, पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ २६ लाई 'कट अफ डेट'को रुपमा लिएर अन्तरपार्टी निर्देशन नै जारी गरेका थिए। तर, स्थायी कमिटीको निर्णय र अध्यक्षद्वयको क्षेत्राधिकार विपरीत दुई अध्यक्षबीच विवाद सिर्जना हुन थालेका थिए। 

सामाजिक सञ्जालमा मुखर भएका कतिपय नेताहरुले विधि र प्रक्रियामा अघि नबढ्दा समस्या आएको बताएका छन्। 'विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्', स्थायी कमिटी सदस्य भीम रावलले लेखेका छन्, 'स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्।'

Ncell 2
Ncell 2
nimb
nimb

अर्का सदस्य गोकर्ण विष्टले सांकेतिक रुपमा ओलीमाथि दोष लगाएका छन्। सोमबार उनले फेसबुकमा लेखेका छन्- देश र जनताभन्दा नेता ठूलो, पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिनेछ।

पछिल्लो चर्चाको सुरुवात भने शनिबार भएको ओली र प्रचण्डबीचको भेटबाट सुरु भएको हो। कात्तिक ४ गतेपछि प्रचण्डले बालुवाटार जानै बन्द गरेपछि ओलीका दूत बनेर उनी निकटका केही नेताहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए। त्यसपछि भने शनिबार दुई अध्यक्षबीच भेट भएको थियो। त्यसबारे सचिवालयका केही सदस्यलाई आइतबार प्रचण्डले खुमलटारमा ब्रिफिङ गरेका थिए।

ब्रिफिङपछि नेताहरुले दिएको प्रतिक्रिया अनुसार, ओलीले प्रचण्डलाई पार्टी कमिटीका निर्णयहरु आफूले नमान्ने र अब सँगै जान नसकिने बताएका थिए।

तर प्रचण्डले एकपक्षीय कुरा मात्रै सार्वजनिक गरेको शंकर पोखरेलले फेसबुकमा संकेत गरेका छन्। 'विवादका बेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो? भन्नु राम्रो हो। अर्कोले के भन्यो? भन्दा सदैव आग्रह मिसिन्छ', उनको भनाइ छ।

Xtrem

Xtrem

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने पछिल्लो विवादलाई 'ठूलो घरको ठूलै चाला'को रुपमा अर्थ्याएका छन्। आइतबार फेसबुकमा लेख्दै उनले पार्टी नफुट्ने बताएका छन्। 'पक्कै पनि नेकपामा समस्या छ। तर, यति आधारमै पार्टी फुट्दैन। यसभन्दा ठूला संकट र क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जीवनको उत्तरार्द्धमा राजमार्ग छाडेर फेरि भीरको बाटो रोज्दैनन्। मेरो बुझाइमा पार्टी विभाजनका लागि न परिस्थिति छ न त नेताहरूको मनस्थिति छ। ‘स्यालको शिकारका लागि बाघको खजाना’ जोरजाम गरिएकाले हल्लाखल्ला धेरै सुनिएको हो। भनिन्छ नि- ठूलो घरको ठूलै चाला!', उनले फेसबुकमा लेखेका छन्।

तर विवादको छिनोफानो लगाउनका लागि नेकपाका कुनै कमिटीको बैठक भने बस्ने स्थिति देखिएको छैन। केन्द्रीय कमिटी एक महिनालाई सरेको छ। स्थायी कमिटी ८० दिनसम्म लम्बिएर गत भदौ २६ मा सकिएको थियो। सचिवालय बैठक पनि बसेको छैन। कुनै कमिटीको बैठक तत्कालै बस्ने सम्भावना पनि देखिएको छैन। तर कतिपय नेताले भने बैठकको लागि आग्रह गरेका छन्।

'पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं', आइतबार बेलुका प्रवक्ता नारायणकाजी श्रेष्ठले फेसबुकमा लखेका छन्।

केही नेताहरुको अभिव्यक्ति जस्ताको तस्तै
विष्णुप्रसाद पौडेल, महासचिव । आइतबार, १६ कात्तिक, २०७७ । दिउँसो २:१३ बजे। फेसबुक
राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । 

पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ । 

नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।

भीम रावल, स्थायी कमिटी सदस्य। आइतबार, १६ कात्तिक, २०७७। साँझ ६:४९ बजे। ट्विटर
विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्।स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् ।यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ।समझदारी,एकता र देशहित मनमा राखी समस्या समाधान गरौं।

शंकर पोखरेल, स्थायी कमिटी सदस्य। आइतबारबार, १६ कात्तिक २०७७। बेलुका ७:०८ बजे। फेसबुक
विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिन्छ ।

नारायणकाजी श्रेष्ठ, प्रवक्ता। आइतबार, १६ कात्तिक २०७७। बेलुका ८:४६ बजे। फेसबुक
हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो ।यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं । पार्टी भित्र देखिएको छलफल ,बहश र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक  कार्यदिशा र क्रान्तिकारी  पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै  त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन। तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ , पार्टीको बिधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन । ब्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन । देश,जनता ,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं। जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौ । 

गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य। सोमबार, १७ कात्तिक २०७७। अपराह्न १२:०३ बजे। फेसबुक
देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिनेछ ।

ईश्वर पोखरेल, सचिवालय सदस्य। सोमबार, १७ कात्तिक २०७७। दिउँसो १:०९ बजे। ट्विटर
एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य  निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!

विष्णु रिजाल, केन्द्रीय सदस्य। आइतबार, १६ कात्तिक २०७७। बेलुका ८:५६ बजे। फेसबुक
पक्कै पनि नेकपामा समस्या छ । तर, यति आधारमै पार्टी फुट्दैन । यसभन्दा ठूला संकट र क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जीवनको उत्तरार्द्धमा राजमार्ग छाडेर फेरि भीरको बाटो रोज्दैनन्। मेरो बुझाइमा पार्टी विभाजनका लागि न परिस्थिति छ न त नेताहरूको मनस्थिति छ । ‘स्यालको शिकारका लागि बाघको खजाना’ जोरजाम गरिएकाले हल्लाखल्ला धेरै सुनिएको हो । भनिन्छ नि- ठूलो घरको ठूलै चाला !

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? प्रधानन्यायाधीश शर्मालाई भेट्न आइजिपी कार्की मंगलबार सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च स्रोतका अनुसार शर्मा र कार्कीबीच करिब ४० मि... मंगलबार, असोज १३, २०८३
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित पुस्तक मंगलबार कमलादीस्थित नेपा... मंगलबार, असोज १३, २०८३
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार उद्घाटन समारोह दिउँसो २ बजे सुरु हुनेछ। त्यसपछि असोज १९ र २० गत... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्