सत्यको परिभाषा बटारेर
ग्रन्थलाई पेवा परेका छौ
मपाईंको खोल ओडेर
आडम्बरको भकारी रुँगेका छौ।
खोक्रो दम्बले ढाकिएर
भित्रभित्रै पिल्सेका छौ
हुँदो त हो रुने मन
तर आँसुको ग्रन्थी नै फलेका छौ।
फर्केर हेर पुर्खालाई
न कुनै सत्ता, न कुनै राज
खुलेर बाच्थे खुलेर मर्थे
घिटघिटीमा चल्थेन सास।
आफैँलाई बनायौ अखानो
न हास्न दिन्छौ, न आफू हास्छौ
पुग्यो के अझै थाकेनौ तिमी
के पाएनौ र अब के साच्छौ?
खोक्नु पनि भएन मैले
पोथी बास्यो रे टोलमा
निमोठी धुरी कटाइन्छु म
बिकाइन्छु कौडीको मोलमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।