• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ९, २०८२ Tue, Nov 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

आगलागीको समस्या विद्युतीय कारको छलाङमा अवरोध होला?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १२, २०७७  १४:३३
1140x725

काठमाडौं- विश्वमा आइसी इन्जिन सवारीको विकल्पको व्यापक खोजी भइरहेको छ। फोसिल फ्युलबाट चल्ने सवारी साधनले अत्याधिक प्रदुषण गरेकाले त्यसको वैकप्लिक इन्धनको खोजी भइरहेको छ। पछिल्लो केही वर्षयता विद्युतीय सवारीलाई विकल्पको रुपमा हेरिएको छ। तर विद्युतीय सवारीलाई नै अन्तिम विकल्पको रुपमा ठूला सवारी उत्पादकले नै लिएका छैनन्।

यद्यपि अर्को वैकल्पिक उर्जाबाट चल्ने इन्जिनको विकास नहुँदासम्म विद्युतीय सवारीलाई नै फोसिल फ्युल गाडीको विकल्पको रुपमा लिइएको छ। तर ब्याट्रीबाट चल्ने सवारीमा प्रयोग भएका ब्याट्रीमा आगो लाग्ने जोखिम बढेकाले विद्युतीय सवारीको विकासमा यो कत्तिको बाधक बन्न सक्छ भन्ने विषयमा क्लिनटेक्निका डटकमले लेखेको छ।

फोर्ड, जिएम र हुन्डाई विद्युतीय कारमा प्रयोग भएका ब्याट्रीमा आगलागीको समस्या छिचोल्न संघर्ष गरिरहेका छन्। केही वर्षअघि अमेरिकी विद्युतीय कार उत्पादक टेस्लाले प्रयोग गरेको ब्याट्रीमा आगलागीको समस्या देखिँदा त्यो ठूलो समाचार बन्थ्यो। तर अहिले त्यसरी ठूला समाचार नबने पनि अवस्था भने जटिल नै देखिएको छ।

विद्युतीय कारमा प्रयोग भएको ब्याट्रीमा आगो लाग्ने जोखिम कायमै रहेको भए पनि उपभोक्ताहरुले भने विद्युतीय कार किन्ने निर्णय गर्न हिचकिचाएका छैनन्। विद्युतीय कारको प्रयोग ठूलो सख्यामा बढी रहेको छ भने धेरै कम्पनीहरुले उत्पादनलाई समेत प्राथमिकतामा राखेका छन्।

यहाँ आगलागीको समस्यामा परेको विद्युतीय कारको केही उदाहरण बारे चर्चा गरिएको छ।

अमेरिकी कार उत्पादक कम्पनी फोर्डले उत्पादन गरेको कुगा प्लग–इन हाइब्रिड कारमा आगलागीको समस्या देखिएको थियो। जसका कारण कम्पनीले युरोपबाट २० हजारभन्दा बढी कुगा फिर्ता मगाएको थियो। फोर्डले उक्त कारमा देखिएको समस्या तत्कालका लागि समाधान गरेको छ। फोर्डले नयाँ स्केप प्लग–इन हाइब्रिडको २०२१ बजार ल्याउने छ। फोर्डले स्केपमा कुगा प्लग इनकै ब्याट्री सेल प्रयोग गरेकाले नयाँ कारमा जस्तै आगो लाग्ने समस्या नदेखियोस भनेर निकै प्रयास गरिरहेको जनाएको छ।

त्यस्तै आगलागीको समस्या देखिएको अर्को कार हो, सेभी बोल्ट। अमेरिकी कार उत्पादक जनर मोटर्स (जिएम)को स्वामित्वमा रहेको सेब्रोलेको सेभी बोल्टमा अमेरिकामा बिक्री भएको जिएमको एउटामात्र विद्युतीय कार हो। सेब्रोलेले २०१७ देखि २०२० को बीचमा उत्पादन गरेको करिब ७८ हजार सेभी बोल्टमा आगलागीको समस्या देखिएको हो।

हुन्डाइले उत्तर अमेरिका, युरोप, चीन र अन्य बजारबाट समेत फिर्ता ल्याउने बताएको थियो। कम्पनीले कोनामा प्रयोग भएको ब्याट्रीका कारण आगो लाग्ने उच्च जोखिम देखिएको भन्दै कोरियामै बिक्री भएका कोना फिर्ता लिने घोषणा गरेको थियो।

Ncell 2
Ncell 2

हुन्डाइले उत्तर अमेरिका, युरोप, चीन तथा अन्य बजारबाट करिब ५१ हजार वटा कोना फिर्ता लिने बताएको थियो। त्यस्तै कोरियामा बिक्री भएका २५ हजार ५ सय ६४ वटा कोना इलेक्ट्रिक कार फिर्ता लिन निर्णय गरेको थियो। दक्षिण कोरियाको यातायात मन्त्रालयका अनुसार कोना कारमा प्रयोग भएका हाई–भोल्टेज ब्याट्रीमा आगो लाग्ने जोखिम उच्च रहेकाले कम्पनीले फिर्ता मगाएको हो।

हाई भोल्टेज खराब ब्याट्री प्रयोग भएकाले कारमा आगलागीको जोखिम बढाउने हुन्डाइले जनाएको छ। के कारणले आगलागीको जोखिम बढेको हो त्यो पत्ता लगाएर उपभोक्तालाई सम्बोधन गरिने हुन्डाइको भनाइ छ।

कोना इलेक्ट्रिकमा आगलागीका १३ वटा कारण औंल्याइएको छ। हुन्डाई कोनामा एलजी चेमले बनाएको ब्याट्री प्रयोग गरिँदै आएको छ। तर ब्याट्री उत्पादकले भने ब्याट्री सेलका कारण आगलागीको जोखिम नबढाएको दाबी गरेको छ। यसको कारण पत्ता लगाउन भविष्यमा हुन्डाईसँग अनुसन्धानमा लाग्ने एलजी चेमले जनाएको छ।

हुन्डाइले सेप्टेम्बर २०१७–मार्च २०२० मा बनेका कोनामा आगलागीको उच्च जोखिम देखिएपछि फिर्ता लिने बताएको हो। हुन्डाइले युरोपबाट ३७ हजार ३ सय ६६ वटा र उत्तर अमेरिकाबाट ११ हजार १ सय ३७ वटा कोना इलेक्ट्रिक फिर्ता लिने जनाएको छ। चीनलगायत अन्य बजारबाट फिर्ता लिने कोना इलेक्ट्रिकको संख्या भने हुन्डाइले खुलाएको छैन।

विद्युतीय सवारीमा आगोलागीको समस्या देखिनु विलकुलै राम्रो समाचार होइन। विद्युतीय सवारीले लिइरहेको गतिलाई यसले रोक्न सक्ने विश्लेषण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरिरहेका छन्। 

हालै प्रकाशित समाचारहरुका अनुसार नयाँ पुस्ताको लिथियम आयन फोसफेट ब्याट्रीमा समेत पुरानै लिथियम आयन ब्याट्रीमा जस्तै समस्या आउने देखिएको छ। तर पुरानो ब्याट्री टेक्नोलोजीमा जस्तो आगलागीको जोखिम न्यून रहेको छ। तथापि अगलागी जोखिम शून्यमा झरेको भने छैन।

टेस्लाले पछिल्लो पटक मोडल थ्रीमा लिथियम आयन फोसफेट ब्याट्री प्रयोग गरेको छ। टेस्लाले यो नयाँ ब्याट्री टेक्नोलोजी चीनको सांघाइमा रहेको प्लान्टबाट उत्पादन भइरहेको मोडल थ्रीमा प्रयोग गरेको छ।

ब्याट्री टेक्नोलोजीमा आइरहेको परिवर्तनले विद्युतीय सवारीमा हुन सक्ने आगलागीको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गरेको छ। तर सवारी उत्पादनकहरुले ब्याट्रीलाई जोखिममुक्त बनाउन रिसर्च एन्ड डेभलपमेन्टमा ठूलो धनराशी खर्चिरहेका छन्। यसले भविष्यमा आउने ब्याट्रीमा आगलागीको जोखिम पक्कै न्यूनीकरण गर्ला। यसैगरी अहिले प्रयोग भएका ब्याट्रीमै पनि सम्भावित आगलागीको जोखिम कम गर्न कार उत्पादकहरुले ठूलो मेहनत गरिरहेका छन्।

विद्युतीय कार उत्पादकहरुका लागि कारमा प्रयोग हुने ब्याट्रीमा आगजालीको जोखिम शून्य भएको प्रमाणित गर्दै फोसिल फ्युल गाडीको विकल्प ब्याट्रीबाट चल्ने विद्युतीय सवारी नै हो भन्ने पुष्टि गर्नुछ। वतावरणीय हिसाबले विद्युतीय सवारी वा इन्धनको वैकल्पिक उर्जाको प्रयोग भएको सवारी अबको विश्वका लागि अपरिहार्य छ। यद्यपी विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको आयु सकिएपछि त्यसबाट निस्कने विकार पदार्थ वातावारणका लागि झनै हानिकारक छ। त्यसैले पनि ब्याट्री प्रविधिको विकल्पको समेत खोजी भइरहेको छ। यसमा हाइड्रोजन फ्युलसेलको नजिक पुगेको केही ठूला सवारी उत्पादकहरुले बताउने गरेका छन्।

आगलागीको जोखिम बढेकाले पनि विद्युतीय सवारीको विकल्पमा ठूला सवारी उत्पादकहरु रहेका छन्। यसको अर्को कारण विद्यतीय सवारीमा प्रयोग हुने ब्याट्रीका लागि चाहिने लिथियम प्रकृतिमा ज्यादै न्यून उपलब्ध हुनुले पनि ब्याट्रीको चरम उपयोगपूर्व नै विकल्पको खोजी हुन थालेको हो।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १४:३३
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानमा पाकिस्तानी बमबारीः कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर
शिक्षामन्त्रीले स्थानीय तहलाई भने- कर्मचारी र बालशिक्षकलाई न्यूनतम तलब दिनू
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
अफगानिस्तानमा पाकिस्तानी बमबारीः कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी मंगलबार, मंसिर ९, २०८२
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर मंगलबार, मंसिर ९, २०८२
शिक्षामन्त्रीले स्थानीय तहलाई भने- कर्मचारी र बालशिक्षकलाई न्यूनतम तलब दिनू मंगलबार, मंसिर ९, २०८२
काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई मंगलबार, मंसिर ९, २०८२
भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै सम्पर्कविहीन मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी सोमबार, मंसिर ८, २०८२
खगेन्द्र सुनार नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्