काठमाडौं- बुधबार सुवास खनालको कवितासंग्रह ‘सपनाका अवयव’ सार्वजानिक भएको छ।
सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भर्चुअल रुपमा भएको कार्यक्रममार्फत् उक्त संग्रह सार्वजनिक गरिएको हो। भर्चअल कार्यक्रममार्फत् खनालका बुबाआमा गोकर्ण खनाल र सुशीला खनालले कवितासंग्रह सार्वजानिक गरेका थिए।
उक्त कार्यक्रम कवि श्यामलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै श्यामलले खनालका कविता सामाजिक उल्टो गतिको प्रतिरोधी रहेको बताए।
यसअघि २०७१ सालमा खनालको ‘विचारको उल्टो नदी’ कविताकृति प्रकाशित थियो। दोस्रो संग्रह ‘सपनाका अवयव’ शाब्दिक बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।