फाइल फोटो
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। उनले अपराह्न ४:२५ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुने व्यवस्था मिलाइएको थापाले ट्विटमार्फत जानकारी गराएका छन्।
'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुहुने सम्बाेधन आज ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रशारणकाे व्यवस्था मिलाइएकाे जानकारी गराउन चाहन्छु', थापाको ट्विटमा उल्लेख छ, 'साथै, प्रधानमन्त्रीज्यूकाे आधिकारिक वेभसाइट http://kpsharmaoli.com.np मा उपलब्ध हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।