काठमाडौं- नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका युवा नेता नरबहादुर कार्की पक्राउ परेका छन्। विप्लव निकट मानिने राष्ट्रिय जागरण मञ्च संस्थामा सक्रिय कार्कीलाई प्रहरीले पक्राउ गरेको २१ दलीय गठबन्धनले जनाएको छ।
सरकारका विरुद्ध मोर्चाबन्दी गरेका २१ दलीय गठबन्धनका तर्फबाट सिपी गजुरेलले बिहीबार निकालेको विज्ञप्तिमा कार्की पक्राउ परेको जनाइएको हो।
जाजारकोटका कार्की मोटिभेसनल स्पिच दिने व्यक्तिका रुपमा चिनिन्छन्। हाल विप्लव निकट मानिने राष्ट्रिय जागरण मञ्चमा आबद्ध भई जनपक्षीय आवाज उठाउँदै आएका थिए। उनलाई पक्राउ गरी टेकु राखिएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।