काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।
दोस्रो ओभरमै पहिलो विकेटका रुपमा गुमाएको नेपालले आठौं ओभरमा पुग्दा तेस्रो विकेट गुमाइसकेको छ ।
सातौं ओभरमा कप्तान रोहित पौडेल आउट भएका थिए । लगत्तै अर्का ओपनर आशिफ शेख पनि स्टम्पिङ हुँदै आउट भएका छन् । भुर्तेलले ६ रन बनाए भने पौडेलले २२ रन बनाए । जसमा दुई छक्का हिर्काए । आशिफले १९ रन बनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।