• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नागरिकको सुरक्षा नै प्रहरीको दसैं: छैन बिदा, कार्यालय प्रमुखबाटै टीका, ब्यारेकमै भोज

64x64
नारायण अधिकारी शनिबार, कात्तिक ८, २०७७  ०७:३६
1140x725

काठमाडौं– फौजी जीवनको दसैं तिहार बुझ्न जगदीश समालले गायको एउटा गीत नै काफी छ- ‘फौजीलाई कुन हो दसैं, कुन हो चाड तिहार।’

दसैं तिहारमा अरु छुट्टी लिएर चाड मनाउन घर फर्कन्छन्। प्रहरी भने बिदा रोकेर सुरक्षा योजना बनाउन व्यस्त हुन्छ।

अघिल्ला वर्षहरुभन्दा यो वर्ष भने दसैं केही भिन्न भएको छ। कोरोना माहामारीका कारण पहिलाको जस्तो उल्लास छैन। कोराना नियन्त्रणको फ्रन्टलाइनमा खटिनुपर्ने र दसैंलगायत चाडमा अपराध समेत बढ्ने भएकाले यो वर्ष सुरक्षाका हिसाबले झनै चुनौतीपूर्ण भएको प्रहरीले निष्कर्ष निकालेर सुरक्षा योजना बनाएको छ।

जसकारण झन्डै तीन करोड नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीको दसैं भने जगदीश समालले गाएको यो गीत जस्तै छ।

यसबारे नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायत भन्छन्, ‘अघिल्लो वर्षभन्दा बढी सुरक्षाकर्मी यो वर्ष खट्नुपर्ने अवस्था छ। हामीलाई यो वर्ष दोहोरो चुनौती छ, कोरोना र सुरक्षा–अपराध। चाडकै मौकामा चोरी, लुटपाट, लागू औषध प्रयोग बढ्ने, जाँड रक्सी खाएर होहल्ला, झैझगडा, कर्तव्य ज्यानका घटनाहरू हुने गर्छन्। यस्ता अप्रिय घटना हुन नपाओस् भनेर आम नागरिक रमाइलो गरिरहेका बेला उनीहरूकै सुरक्षा गर्दैमा हामी प्रहरीको दसैं बित्छ।’

नागरिकको सुरक्षाकै लागि भनेर ७७ वटै जिल्ला प्रहरी कार्यालयले दसैं लक्षित सुरक्षा योजना पनि बनाउँदै आएको छन्। प्रवक्ता कडायतका अनुसार यो दसैं तिहार सुरक्षामा ४८ हजार ८ सय ३० प्रहरी जनशक्ति परिचालन गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७ हजार ५ सय ५० प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरीसहितको टोलीले ५४ स्थानमा चेक प्वाइन्ट खडा गरेर चेकिङ सुरु गरिसकेको हेडक्वार्टरले जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकाकै २९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुहरुलाई हुने हरेक समस्या समाधान गर्न हेडक्वार्टरले निर्देशन दिएको छ।

बिदा दिन सक्ने अवस्था छैन
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले यस पटकको दसैंमा बिदा दिन सक्ने अवस्था नरहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणमा फ्रन्टलाइनमा खटिएको प्रहरी अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएको छ। कतिपय अझै संक्रमित नै छन् भने कतिपयले कोरोना जितेर पुनः मैदानमा फर्किएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी केही जनशक्ति कोरोना संक्रमित हुने र बाँकी रहेका केही जनशक्तिलाई बिदा दिँदा सुरक्षा चुनौती झन् बढ्ने सम्भावना रहेकाले यो वर्षको दसैं तिहारमा अत्यावश्यक बाहेकका बिदाहरु कटौती गरिएको प्रवक्ता कडायतले बताए। ‘एक त कतिपय स्थानीय तहरुले चाड मनाउन जानेलाई क्वारेन्टाइनमा राख्ने बताउनु र अर्कोतर्फ कोराना प्रहरी आफैंबाट पनि फैलनसक्ने भएकाले परिवारमा जोखिम बढ्ने हुँदा उहाँहरु आफैं पनि बिदामा जान सक्ने अवस्था छैन’, प्रवक्ता कडायतले भने।

प्रवक्ता कडायत भन्छन्, ‘हामीले बडा दसैंको पूर्व सन्ध्यादेखि नै सबै प्रकारका आपराधिक क्रियाकलापलाई मध्यनजर गरेर सुरक्षा योजना बनाएका हुन्छौं। सोही अनुसार अति जरुरी बाहेकका सबै बिदा कटौती गरेर प्रहरी कर्मचारीलाई ड्युटीमा खटाउँछौं। साँच्चै भन्ने हो भने प्रहरीको दसैं ड्युटीमै बित्छ।’

अति जरुरी र जो आफ्नो कार्यालय नजिकै बस्छन्, उनीहरूलाई केही घण्टा आउट गएर टीका थाप्न पाउने अवस्था छ भने उनीहरू बाहेक अन्यको बिदा कटौती गरेर अधिकांश प्रहरी ड्युटीमा खटिएर दसैंमा विशेष सुरक्षा दिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरी नियमित पुलिसिङ, विभिन्न कुटनीतिक नियोगको सुरक्षा, कारागार सुरक्षा, विमानस्थल, महत्त्वपूर्ण ठाउँ तथा भिआइपीहरूको सुरक्षा र ब्यारेकको सुरक्षामा पनि ठूलो संख्यामा प्रहरी खटिनुपर्ने हुन्छ। जसले गर्दा दसैंको बेला धेरै प्रहरीले बिदा पाउने अवस्था हुँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्यालय प्रमुखबाट टिका, ब्यारेकमै बडाभोज
ब्यारेकै दसैं मनाउने प्रहरीको पनि आफ्नै प्रचलन छ। जसमा घटस्थापनाको दिने देशभरीकै जिल्ला प्रहरी कार्यायल र सोभन्दा माथिल्लो प्रहरी कार्यालयमा जमरा राखिन्छ। प्रहरी प्रधान कार्यालयले पनि १ नम्बर गणमा जमरा राखिसकेको छ।

प्रहरीले अष्टमीको दिन जमराको पूजा गर्छ। नवमीको दिन मौला पूजा गरिन्छ। जहाँ बली दिने चलन छ। दसैंमा घर जान नपाएका प्रहरीले दशमीको दिन कार्यालय प्रमुखबाट टीका लगाउने चलन छ। एकादशीको दिन आइजिपीको हातबाट टीका थाप्ने चलन छ। यो बाध्यकारी नभए पनि एउटा चलनको रुपमा स्थापित नै भइसकेको छ।

नागरिक आफन्त तथा परिवारका सदस्यसँग रमाइलो मानेर चाड मानिरहेका बेला प्रहरी भने उनीहरूकै सुरक्षार्थ खटिएका हुन्छन्। सबै नागरिकले दसैंतिहार रमाइलोसँग मनाएजस्तै प्रहरीलाई पनि त्यसैगरी मनाउने रहर नहुने भन्ने होइन।

तर, चाडमा अपराध बढी हुने भएकाले धेरै प्रहरी घर जान पाउँदैनन्। ब्यारेकलाई नै घर सम्झेर दसैं बनाउने गर्छन्। ब्यारेकमै बडाभोज खाने, सांस्कृतिक कार्यक्रममा रमाउने, आफूभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीबाट टीका लगाएर आशिर्वाद थाप्ने गरिन्छ।

हरेक वर्ष दसैं नजिकिएसँगै प्रहरीलाई एउटा कुराको चिन्ता हुने गर्छ, मासु। दसैंमा प्रहरीलाई मासु खुवाउनुपर्ने तर मासुको लागि भनेर छुट्टै रासन नआउने भएकाले प्रहरीलाई दसैंको लागि मासुको जोहो गर्ने चिन्ता भएको हो। हप्ताको दुई पटक मासु आउने तर दसैंमा फूलपातीको दिनदेखि पूर्णिमासम्म दिनैपिच्छे मासु खुवाउनुपर्ने हुन्छ।

त्यसका लागि कतिपय प्रहरी कार्यालयले रकम उठाएर मासुको जोहो गर्ने गरेका छन्।

दसैंका लागि मासु जोहो गर्दै कतिपय प्रहरी कार्यालयले १५–२० दिन अगाडिदेखि नै मेसमा मासु पकाउन छाड्ने गरेका छन्। सल्लाह गरेर नै दसैंका लागि मासु सञ्चित गर्नका लागि मासुबिनाको खान खाने गरिन्छ। कतिपय प्रहरी कार्यालयले पैसा उठाएर खसी किन्ने गर्छन्।

कतिपय प्रहरी कार्यालयमा भने हाकिमले नै मासुको व्यवस्था गर्दै आएका छन्। कार्यालयमा आएको बजेटको केही अंशबाट पनि खसी किनेर मासु खुवाउने चलन रहेको एक प्रहरी अधिकारीले बताए।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  ०७:३६
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषामा कमजोरी भेटिएपछि तत्काल सुरक्षा अपडेट गर्न आग्रह, जोखिम टार्न केही वेबसाइट अ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्