• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नागरिकको सुरक्षा नै प्रहरीको दसैं: छैन बिदा, कार्यालय प्रमुखबाटै टीका, ब्यारेकमै भोज

64x64
नारायण अधिकारी शनिबार, कात्तिक ८, २०७७  ०७:३६
1140x725

काठमाडौं– फौजी जीवनको दसैं तिहार बुझ्न जगदीश समालले गायको एउटा गीत नै काफी छ- ‘फौजीलाई कुन हो दसैं, कुन हो चाड तिहार।’

दसैं तिहारमा अरु छुट्टी लिएर चाड मनाउन घर फर्कन्छन्। प्रहरी भने बिदा रोकेर सुरक्षा योजना बनाउन व्यस्त हुन्छ।

अघिल्ला वर्षहरुभन्दा यो वर्ष भने दसैं केही भिन्न भएको छ। कोरोना माहामारीका कारण पहिलाको जस्तो उल्लास छैन। कोराना नियन्त्रणको फ्रन्टलाइनमा खटिनुपर्ने र दसैंलगायत चाडमा अपराध समेत बढ्ने भएकाले यो वर्ष सुरक्षाका हिसाबले झनै चुनौतीपूर्ण भएको प्रहरीले निष्कर्ष निकालेर सुरक्षा योजना बनाएको छ।

जसकारण झन्डै तीन करोड नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीको दसैं भने जगदीश समालले गाएको यो गीत जस्तै छ।

यसबारे नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायत भन्छन्, ‘अघिल्लो वर्षभन्दा बढी सुरक्षाकर्मी यो वर्ष खट्नुपर्ने अवस्था छ। हामीलाई यो वर्ष दोहोरो चुनौती छ, कोरोना र सुरक्षा–अपराध। चाडकै मौकामा चोरी, लुटपाट, लागू औषध प्रयोग बढ्ने, जाँड रक्सी खाएर होहल्ला, झैझगडा, कर्तव्य ज्यानका घटनाहरू हुने गर्छन्। यस्ता अप्रिय घटना हुन नपाओस् भनेर आम नागरिक रमाइलो गरिरहेका बेला उनीहरूकै सुरक्षा गर्दैमा हामी प्रहरीको दसैं बित्छ।’

नागरिकको सुरक्षाकै लागि भनेर ७७ वटै जिल्ला प्रहरी कार्यालयले दसैं लक्षित सुरक्षा योजना पनि बनाउँदै आएको छन्। प्रवक्ता कडायतका अनुसार यो दसैं तिहार सुरक्षामा ४८ हजार ८ सय ३० प्रहरी जनशक्ति परिचालन गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७ हजार ५ सय ५० प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरीसहितको टोलीले ५४ स्थानमा चेक प्वाइन्ट खडा गरेर चेकिङ सुरु गरिसकेको हेडक्वार्टरले जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकाकै २९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुहरुलाई हुने हरेक समस्या समाधान गर्न हेडक्वार्टरले निर्देशन दिएको छ।

बिदा दिन सक्ने अवस्था छैन
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले यस पटकको दसैंमा बिदा दिन सक्ने अवस्था नरहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणमा फ्रन्टलाइनमा खटिएको प्रहरी अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएको छ। कतिपय अझै संक्रमित नै छन् भने कतिपयले कोरोना जितेर पुनः मैदानमा फर्किएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी केही जनशक्ति कोरोना संक्रमित हुने र बाँकी रहेका केही जनशक्तिलाई बिदा दिँदा सुरक्षा चुनौती झन् बढ्ने सम्भावना रहेकाले यो वर्षको दसैं तिहारमा अत्यावश्यक बाहेकका बिदाहरु कटौती गरिएको प्रवक्ता कडायतले बताए। ‘एक त कतिपय स्थानीय तहरुले चाड मनाउन जानेलाई क्वारेन्टाइनमा राख्ने बताउनु र अर्कोतर्फ कोराना प्रहरी आफैंबाट पनि फैलनसक्ने भएकाले परिवारमा जोखिम बढ्ने हुँदा उहाँहरु आफैं पनि बिदामा जान सक्ने अवस्था छैन’, प्रवक्ता कडायतले भने।

प्रवक्ता कडायत भन्छन्, ‘हामीले बडा दसैंको पूर्व सन्ध्यादेखि नै सबै प्रकारका आपराधिक क्रियाकलापलाई मध्यनजर गरेर सुरक्षा योजना बनाएका हुन्छौं। सोही अनुसार अति जरुरी बाहेकका सबै बिदा कटौती गरेर प्रहरी कर्मचारीलाई ड्युटीमा खटाउँछौं। साँच्चै भन्ने हो भने प्रहरीको दसैं ड्युटीमै बित्छ।’

अति जरुरी र जो आफ्नो कार्यालय नजिकै बस्छन्, उनीहरूलाई केही घण्टा आउट गएर टीका थाप्न पाउने अवस्था छ भने उनीहरू बाहेक अन्यको बिदा कटौती गरेर अधिकांश प्रहरी ड्युटीमा खटिएर दसैंमा विशेष सुरक्षा दिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरी नियमित पुलिसिङ, विभिन्न कुटनीतिक नियोगको सुरक्षा, कारागार सुरक्षा, विमानस्थल, महत्त्वपूर्ण ठाउँ तथा भिआइपीहरूको सुरक्षा र ब्यारेकको सुरक्षामा पनि ठूलो संख्यामा प्रहरी खटिनुपर्ने हुन्छ। जसले गर्दा दसैंको बेला धेरै प्रहरीले बिदा पाउने अवस्था हुँदैन।

कार्यालय प्रमुखबाट टिका, ब्यारेकमै बडाभोज
ब्यारेकै दसैं मनाउने प्रहरीको पनि आफ्नै प्रचलन छ। जसमा घटस्थापनाको दिने देशभरीकै जिल्ला प्रहरी कार्यायल र सोभन्दा माथिल्लो प्रहरी कार्यालयमा जमरा राखिन्छ। प्रहरी प्रधान कार्यालयले पनि १ नम्बर गणमा जमरा राखिसकेको छ।

प्रहरीले अष्टमीको दिन जमराको पूजा गर्छ। नवमीको दिन मौला पूजा गरिन्छ। जहाँ बली दिने चलन छ। दसैंमा घर जान नपाएका प्रहरीले दशमीको दिन कार्यालय प्रमुखबाट टीका लगाउने चलन छ। एकादशीको दिन आइजिपीको हातबाट टीका थाप्ने चलन छ। यो बाध्यकारी नभए पनि एउटा चलनको रुपमा स्थापित नै भइसकेको छ।

नागरिक आफन्त तथा परिवारका सदस्यसँग रमाइलो मानेर चाड मानिरहेका बेला प्रहरी भने उनीहरूकै सुरक्षार्थ खटिएका हुन्छन्। सबै नागरिकले दसैंतिहार रमाइलोसँग मनाएजस्तै प्रहरीलाई पनि त्यसैगरी मनाउने रहर नहुने भन्ने होइन।

तर, चाडमा अपराध बढी हुने भएकाले धेरै प्रहरी घर जान पाउँदैनन्। ब्यारेकलाई नै घर सम्झेर दसैं बनाउने गर्छन्। ब्यारेकमै बडाभोज खाने, सांस्कृतिक कार्यक्रममा रमाउने, आफूभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीबाट टीका लगाएर आशिर्वाद थाप्ने गरिन्छ।

हरेक वर्ष दसैं नजिकिएसँगै प्रहरीलाई एउटा कुराको चिन्ता हुने गर्छ, मासु। दसैंमा प्रहरीलाई मासु खुवाउनुपर्ने तर मासुको लागि भनेर छुट्टै रासन नआउने भएकाले प्रहरीलाई दसैंको लागि मासुको जोहो गर्ने चिन्ता भएको हो। हप्ताको दुई पटक मासु आउने तर दसैंमा फूलपातीको दिनदेखि पूर्णिमासम्म दिनैपिच्छे मासु खुवाउनुपर्ने हुन्छ।

त्यसका लागि कतिपय प्रहरी कार्यालयले रकम उठाएर मासुको जोहो गर्ने गरेका छन्।

दसैंका लागि मासु जोहो गर्दै कतिपय प्रहरी कार्यालयले १५–२० दिन अगाडिदेखि नै मेसमा मासु पकाउन छाड्ने गरेका छन्। सल्लाह गरेर नै दसैंका लागि मासु सञ्चित गर्नका लागि मासुबिनाको खान खाने गरिन्छ। कतिपय प्रहरी कार्यालयले पैसा उठाएर खसी किन्ने गर्छन्।

कतिपय प्रहरी कार्यालयमा भने हाकिमले नै मासुको व्यवस्था गर्दै आएका छन्। कार्यालयमा आएको बजेटको केही अंशबाट पनि खसी किनेर मासु खुवाउने चलन रहेको एक प्रहरी अधिकारीले बताए।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  ०७:३६
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् । मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ५८ शव फेला, ५८ शव हस्तान्तरण दिउँसो २ बजेसम्मको विवरण अनुसार सातौं दिनसम्म बाढीबाट प्रभावित क्षेत्रमा १ हजार ५८ शव फेला परेको र अहिलेसम्म पहिचान भएकामध्ये ५८ शव... मंगलबार, भदौ १६, २०८३
प्रहरीको गतिविधि खिच्न पाउने कि नपाउने ? सर्वोच्चले माग्यो सरकारको जवाफ नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरी र विकास यादवले सार्वजनिक सरोकारको विषय भन्दै दायर गरेको रिटमा मंगलबार न्यायाधीश श्रीकान्त... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
सुरेन्द्रनारायण यादवविरुद्धको मुद्दामा सीके राउतलाई धक्का, अदालतले गर्‍यो निर्दोष ठहर मंगलबार, भदौ १६, २०८३
बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ५८ शव फेला, ५८ शव हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
सिंह दरबारमा सर्वदलीय बैठक सुरु, दोस्रो तहका नेताहरु सहभागी मंगलबार, भदौ १६, २०८३
प्रहरीको गतिविधि खिच्न पाउने कि नपाउने ? सर्वोच्चले माग्यो सरकारको जवाफ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्