Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

'असफल' स्वास्थ्यमन्त्रीले ल्याए उपलब्धि पुस्तक, यी हुन् विवादित १५ काम

कल्पना पौडेल बुधबार, कात्तिक ५, २०७७  १८:५६
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमणको दर नेपालमा बढ्दो क्रममा छ। बुधबार मात्र नेपालमा ५ हजार ७४३ जना संक्रमित थपिएका छन्। संक्रमित थपिँदै जाँदा धेरैले उपचारका लागि अस्पतालका शय्या पाउन छाडिसकेका छन्।

कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारको व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय असफल देखिएको छ। नेपालमा सक्रिय संक्रमितमध्ये ६७ प्रतिशत होम आइसोलेसनमा छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै व्यवस्थापनमा चुक्दै आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रीका रुपमा आफ्नो १० महिने कार्यकालमा 'उपलब्धि नै उपलब्धि' भएको दाबी गर्दै पुस्तक निकालेका छन्।

मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने कुरा चलेसँगै स्वास्थ्यमन्त्री ढकाल पनि परिवर्तन हुने हल्ला चलेकाले हतारहतार उपलब्धि पुस्तक प्रकाशन गरिएको हो। तर, प्रधानमन्त्रीले गत साता गरेको मन्त्रीपरिषद् हेरफेरमा भने उनी सुरक्षित भएका छन्। अब दसैँतिहार पछि पुनः मन्त्रिपरिषद् पुनर्गठन हुने नेकपा नेताहरूले बताउँदै आएका छन्। अबको मन्त्रिपरिषद् पुनर्गठनमा पनि बच्ने एक मात्र ध्येयले मन्त्री ढकालले उपलब्धि गरेको प्रचार गर्न पुस्तक नै सार्वजनिक गरेका हुन्। 

कोरोना संक्रमण नियन्त्रणमा स्वास्थ्य मन्त्रालय र मन्त्रीको आलोचना भइरहेका बेला मन्त्री ढकालले भने उपलब्धिको पुस्तक सार्वजनिक गर्नु कूटनीतिक चातुर्य देखाउने प्रयास मात्र भएको मन्त्रालयकै एक कर्मचारीको भनाइ छ। 

‘उपलब्धि त के हुनु र! स्वास्थ्यमन्त्री परिवर्तन हुने हल्ला चलेको समयमा हतारहतार उपलब्धिको पुस्तक तयार गर्न भनिएको हो। त्यसैले पुस्तकमा धेरै कुरा मिस्टेक र दोहोरिएका छन्,’ मन्त्रालयका ती कर्मचारीले भने। 

ढकालले करिब ८० पेजमा स्वास्थ्य मन्त्रालय सम्हालेपछि २०७६ मंसिरदेखि २०७७ असोजसम्मका 'उपलब्धि' उल्लेख गरेका छन्।

दक्ष जनशक्तिको अभाव हटाउन स्थायी पदपूर्ति नहुँदासम्म करारमा जनशक्ति नियुक्त गर्दागर्दै कोरोना महामारी आएकोले त्यसमा लाग्नु परेको भन्दै सहानुभुति प्रकट गरिदिन आग्रह गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यति मात्र होइन, कोरोना नियन्त्रणमा स्वास्थ्यमन्त्रीको नेतृत्व असफल भएको कुरा तथ्यांकले नै देखाउँदा पनि पुस्तकमा भने कोरोना महामारीमा महत्त्वपूर्ण सफलता हासिल गरेको दाबी गरिएको छ। 

‘अस्पतालमा बेड नपाएर संक्रमितको मृत्यु भइरहेको छ,’ मन्त्रालयका अर्का एक कर्मचारीले भने, ‘यस्तो अवस्थामा कोरोना नियन्त्रणमा मन्त्रालयले सफलता हासिल गरेको कुरा लेख्नु जनताको आँखामा छारो हाल्नु हो।’स्वास्थ्य मन्त्री र उनी निकट केही व्यक्तिका कारण मन्त्रालय कोरोना नियन्त्रणमा असफल भएको ती कर्मचारीको आरोप पनि लगाए। 

मन्त्रीले निकाल्न लगाएको उपलब्धि पुस्तकमा कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गर्न मन्त्रालयले ४३ वटा निर्देशिका तथा मापदण्ड बनाएको उल्लेख छ। मन्त्रालयले बनाएका यी सबै निर्देशिका भने विवादित मात्र बनेका छन्। 

विज्ञहरुसँग छलफल नगरी स्वास्थ्यमन्त्री निकट केही व्यक्तिले कोठामा बसेर निर्देशिका तथा मापदण्ड बनाउँदा मन्त्रालय विवादमा तानिने गरेको जनस्वास्थ्य विज्ञहरुको आरोप छ।

Xtrem

Xtrem

स्वास्थ्य मन्त्रालयले नीति तथा निर्देशिका बनाउँदा मन्त्रालयका विशिष्ट कर्मचारीलाई समेत जानकारी नदिने क्रम बढेको उनीहरू बताउँछन्।

‘प्रविधिक र विज्ञहरूसँग छलफल नै नगरी कोठामा सीमित व्यक्ति बसेर मापदण्ड र नीति बनेका हुन् र अझै बन्ने क्रममा छन्,’ मन्त्रालयका ती कर्मचारीले भने, ‘अरु सबैलाई बाइपास गरेर मनपरी ढंगले उहाँहरुले ल्याएका नीति कार्यान्वयन गर्दा महामारी रोक्नभन्दा फैलन सघाउ पुगेको हो।’ 

उपलब्धि पुस्तकमा कोरोना भाइरसको परीक्षण क्षमता बढाइएको कुरालाई प्राथमिकताका साथ राखिएको छ। देशभर दैनिक २५ हजार कोरोना संक्रमित पत्ता लगाउन परीक्षण क्षमतासहितको पिसिआर प्रयोगशालासहित अस्पताल र बेडको व्यवस्था गरेको कुरा पनि उपलब्धिमा उल्लेख छ।

यसका साथै कोरोनाका मेडिकल सामग्री आपूर्ति व्यवस्था चुस्त बनाइएको पनि पुस्तकमा दाबी गरिएको छ। जबकि कोरोनाका लागि मेडिकल सामग्री ल्याउने क्रममा ओम्नीसँग मन्त्रीले नै कमिसनका लागि सेटिङ गरेको कुरा बाहिर आइसकेको छ। ओम्नी विवादबाटै कोरोना भाइरसमा सरकारको बदमासीको शृंखला सुरु भएको थियो। 

पुस्तकमा आजभन्दा ३० वर्ष स्थापित स्वास्थ्य प्रणालीमा खासै परिवर्तन नभएको दाबी मन्त्री ढकालको छ। आफूले जनसंख्याको वुद्धि, परिवर्तित स्वास्थ्य आवश्यता र राजनीतिक परिवर्तनलाई सम्बोधन गर्ने गरी चालु वर्षको नीति कार्यक्रममा राष्ट्रिय रोग नियन्त्रण केन्द्र, खाद्य तथा औषधि प्रशासन, स्वास्थ्य प्रत्यायन प्राधिकरणको परिकल्पना गरी स्वास्थ्य जनशक्तिको आवश्यकता परिपूर्ति हुने गरी दरबन्दी सिर्जना गर्ने काम भइरहेको पनि दाबी गरिएको छ।

ढकालले आफ्ना पालामा प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना भएको, आधारभूत नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्थायी अस्पताल स्थापनाको लागि बजेट सहित कार्यक्रम पठाइएको, ५, १० र १५ बेडको आधारभूत अस्पतालहरु निर्माणका लागि ३९४ स्थानीय तहमा बजेट हस्तारन्तरण गरेको दाबी गरेका छन्। 

मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, रुकुम, रुकुम पूर्वका अस्पताललाई २५ शय्या र अन्य अस्पताल अरु सबै अस्पताललाई ५० शय्याको स्तरोन्नति गरिएकोले, प्रदेशका अस्पताललाई २०० र संघका अन्तर्गतका अस्पताललाई ५०० शय्याको अस्पतालमा स्तरोन्नति गरिएको बताइएको छ। यसरी देशभर १२ हजार २२१ बेड थपिएको दाबी मन्त्री ढकालको 'उपलब्धि' पुस्तकमा उल्लेख छ।

यस्ता छन् १५ विवादित काम

१. संविधान, जनस्वास्थ्य ऐन र सर्वोच्च अदालतको आदेश विपरित संक्रमितको उपचार नगर्ने निर्णय

२. स्वास्थ्यकर्मीलाई भविष्यमा अयोग्य ठहर गर्दै कारबाही गर्ने धम्की,

३. स्वास्थ्य सामग्री खरिदमा ओम्नी विवाद 

४. कम गुणस्तरको आरडिटी किट बजारमा आएको र प्रयोग नगर्न भनेको केही दिनमै मन्त्रालयले किट ल्याएको। कोरोना पहिचानका लागि आरडिटी उपयुक्त नहुने प्रतिवेदन लुकाएर धमाधम किट किन्नु,

५. कोरोना भाइरस रोकथामको लागि बनाइएको गाइडलाइन (कसले    उपचार गर्ने, कसले नगर्ने),

६. पिसिआर परीक्षण कसलाई गर्ने, कसलाई नगर्ने भन्ने गाइडलाइन,

७. कोरोनाका विषयमा मिडियामा बोलाएर सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुनलाई मन्त्रालय तानिएको विवाद,

८. कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालमा भनिएको रकम नपठाउँदा समस्या भएको 

९. डा गुणराज लोहनीको व्यवहारका कारण सिसिएमसी र मन्त्रालयको सम्बन्ध बिग्रिएको आरोप, 

१०. विज्ञसँगको छलफलबिना बनाइएको शव व्यवस्थापन सम्बन्धी गाइडलाइन

११. कोरोना नियन्त्रणमा मन्त्री गम्भीर नहुनु। जस्तै: पिपई भान्छामा प्रयोग गर्ने, सरकारको काम नदेख्नेलाई मोतिबिन्दु भएको भन्नु, घरमा पाहुना आएका छन् भन्दै पन्छिने, चीन र भारतले व्यवस्थापन गरेका कारण नेपालले आत्तिनु पर्दैन भन्दै काम अगाडि नबढाउनु।

१२. समयमा नै उपचारका लागि आवश्यक शय्या, भेन्टिलेटर तथा आइसियु लगायतका पूर्वाधारको व्यवस्था गर्न नसक्नु।

१३. भद्रगोल क्वारेन्टाइन

१४. जनस्वास्थ्यको गाम्भिरतालाई मन्त्रिपरिषदमा बुझाएर उचित निर्णय लिन नसक्नु।

१५. स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसक्नु।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्