• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

प्रहरी जवान खड्काको बयान : सुन आउने बेला डिआइजी र एसएसपी सा'ब कुरेर बस्नुहुन्थ्यो

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २०, २०७५  ०६:३९
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रुपमा भइरहेको सुन तस्करीमा सघाएको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये एक प्रहरीले आरोप स्वीकार गरेका छन्। प्रहरी जवान विष्णुबहादुर खड्काले आरोप स्वीकार्दै आफूले तस्करहरुसँग पैसा पनि लिएको बयानका क्रममा बताएका छन्। 

प्रहरीसँगको लिखित बयानमा उनले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतको नाम लिएका छन्। विमानस्थलमा प्रहरीको स्कर्टिङबाटै सुन तस्करी हुने र तत्कालीन डिआइजी निरौला  लगायत प्रहरी अधिकारीहरुले आफ्नै कोठामार्फत सुन पास गराउने गरेको समेत खड्काले बताएका छन्। 

पक्राउ परेका अन्य सबै प्रहरी अधिकारीहरुले बयानको क्रममा आफूहरुलाई तस्करहरुलाई सघाएको अस्वीकार गरेका छन्। 

यस्तो छ खड्काको लिखित बयानको अंश 

२०५८ माघ ५ मा बागमती अञ्चलबाट जिप र कारको सवारीचालक अनुमतिपत्र प्राप्त गरी करिब ५/६ महिनापछि तत्कालीन प्रनाउ शेरबहादुर बस्नेत सरको गाडी चलाउन थालेँ। करिब २ वर्षसम्म तत्कालीन डिएसपी शेरबहादुर बस्नेत सरको गाडी चलाएँ। सो पश्चात् डिएसपी शेरबहादुर बस्नेत सरको एसपी पदमा बढुवा भएपश्चात् पनि सर सोही कार्यालयमा बस्नुभएको हुँदा मैले सरकै गाडी कुदाएर बसेँ। 

उहाँको ठाउँमा तत्कालीन एसपी श्यामबहादुर खत्री सर आउनुभयो। महानगरीय प्रहरी अपराध महाशाखामा एसपी श्यामबहादुर खत्री सर करिब २७/२८ महिना कार्यरत रहनुभयो। त्यसपछि एसपी श्यामबहादुर खत्री सरको लागुऔषध नियन्त्रण ब्युरो नयाँ बानेश्वरमा सरूवा भयो र सरले मलाई पनि सँगै लिएर जानुभयो। लागुऔषध नियन्त्रण ब्युरोमा ७/८ महिना कार्यरत रहँदा उहाँको एसएसपी पदमा बढुवा भयो र अञ्चल प्रहरी कार्यालय सगरमाथा पदस्थापन भई जानुभएपछि म पुनः महानगरीय अपराध महाशाखा फिर्ता भएँ। महाशाखामा करिब एक वर्ष अफिसकै गाडी चलाएँ। सोपश्चात् एसएसपी श्यामबहादुर खत्री सरले नेपालगञ्ज तालिम केन्द्रमा मलाई काजमा झिकाउनुभयो। त्यहाँ सरसँग करिब एक वर्ष बसेँ। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा एसएसपी श्यामबहादुर खत्री सरको सरूवा भयो र उहाँसँगै म पनि काठमाडौं आएँ। २०७२ सालको दशैंतिरबाट एयरपोर्टमा करिब १७/१८ महिना सरसँग बसेँ। एसएसपी श्यामबहादुर खत्री सर ३३ केजी सुन तस्करीमा छानबिनको क्रममा निलम्बन हुनु भएपछि म मेरो तत्कालको दरबन्दीमा फिर्ता भएको थिएँ। पछि सुरक्षा सेवा निर्देशनालयबाट सवारी महाशाखामा काज भयो र फेरि पछि एसएसपी श्यामबहादुर खत्री सरको निलम्बन फुकुवा भएपछि म मानवश्रोत विकास विभागमा सरको ड्राइभरको रूपमा खटिएको थिएँ। विभागमा विगत ७/८ महिना देखि म पुनः सरको चालकको रूपमा खटिरहेको थिएँ। 

२०७५ बैसाख ५ गते मलाई एसएसपी श्यामबहादुर खत्री सरले मलाई निजको घरमा पुगेको समयमा तिमीलाई गृह मन्त्रालयको टोलीले खोजेको छ अरे तिमी गृह मन्त्रालयमा गएर १०९ नं को कोठामा जाऊ भनेको हुनाले म २०७५ बैसाख ५ गते म गृह मन्त्रालयमा रुम नं १०९ मा पुगेर नेपाल सरकार विशेष अनुसन्धान टोलीमा खटिनुभएका सरहरुलाई भेटी निजहरुले मलाई विमानस्थलबाट हुने गरेको सुनको तस्करी, काठमाडौंबाट लुटिएको भनिएको साढे ३३ केजी सुन र सोसँगै जोडिएको सनम शाक्यको हत्या लगायतका घटनाबारे सोधपुछ गर्ने क्रममा म पक्राउ परेको हुँ। मिति २०७४ चैत २७ गते मोरङको उर्लाबारी नगरपालिका ४ स्थित मोहन काफ्लेको घरबाट बरामद भई आएका सुनको परिमाण र प्रहरी कर्मचारीहरुको विभिन्न दर्जालाई दिएको भनेका हिसाबका विवरणहरू देखाउँदा देखिपाएँ। उक्त विवरणमा उल्लिखित डिआइजी मामा भन्ने व्यक्ति तत्कालीन समयमा विमानस्थलको सुरक्षा प्रमुखको रुपमा कार्यरत डिआइजी गोविन्दप्रसाद निरौला सर हो। यसैगरी एसएसपी मामा भन्ने मानिस एसएसपी श्यामबहादुर खत्री सर, एसपी मामा भन्ने व्यक्ति एसपी विकासराज खनाल सर, डिएसपी मामा भन्ने व्यक्ति डिएसपी सञ्जयबहादुर राउत सर हो भने एसएसपी मामाको ड्राइभर भन्ने व्यक्ति म स्वयं हुँ। 

एसएसपी श्यामबहादुर खत्री सरको निर्देशनमा मैले तस्करीको सुन गाडीमा पुर्याई दिएबापत दाह्रीवाला पछि नाम थाहा पाएको मोहन काफ्लेले मलाई एक पटक रु ५ हजार र अर्को पटक रु १० हजार गरी जम्मा रू १५ हजार दिएका थिए। अवैध रुपमा नेपाल भित्रिने उक्त सुनको तस्करीमा एयरपोर्टमा तत्काल कार्यरत डिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, एसएसपी श्यामबहादुर खत्री सरको बडिगार्ड तत्कालीन प्रज. हाल प्रह. अमरबहादुर थापा मगर र म समेत संलग्न रहेका थियौं। 

मिति २०७४ फागुन १८ गते मोरङ उर्लाबारी नपा. १ स्थितमा सनम शाक्याको हत्या गरिएको रहेछ। २०७४ फागुन १९ गते विराटनगर महानगरपालिका ३ स्थित गाडीमा सनम शाक्यको लास फेला परेको र सोही स्थानबाट मोहन काफ्ले पक्राउ परेको रहेछन्। मोहन काफ्ले लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा निजहरुले विदेशबाट सुन लिएर इमिग्रेसनसम्म आउने र निजहरुको पासपोर्टमा इमिग्रेसनको छाप लागेपश्चात् कहिले डिएसपी सञ्जयबहादुर राउत सरले र कहिले एसपी बिकासराज खनाल सरले निजहरुलाई इस्कर्ट गरेर सिधै एसएसपी श्यामबहादुर खत्री सरको र डिआइजी गोविन्दप्रसाद निरौला सरको विमानस्थलस्थित अफिस कोठामा पुर्याउने गरेका थिए। सुन आउने समयमा डिआइजी गोविन्दप्रसाद निरौला सर र एसएसपी श्यामबहादुर खत्री सर आफ्नो कार्यकक्षमा कुरेर बस्ने गर्नुहुन्थ्यो। पछि एसपी विकासराज खनाल सरलाई कारबाही स्वरुप हेडक्वाटर तानेपछि सो काम डिएसपी सञ्जय राउत सर र एसएसपी श्यामबहादुर खत्री सरले गर्न थाल्नुभएको थियो। सुन आउने समयमा एसएसपी श्यामबहादुर खत्री सरको बडिगार्ड तत्कालीन प्रज. अमरबहादुर थापा मगर सरकै अफिसमा बस्ने गरेको र कहिलेकाहीँ निजले समेत अफिस छेउबाट स्कर्टिङ गर्ने गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सुन तस्करी प्रकरणसँग जोडिएका थप समाचार-

३८ सय किलो सुन तस्करी प्रकरण : बिहीबारबाट अदालती बयान सुरु, आदेश आउन करिब एक महिना लाग्ने

सुन तस्करसँग कुन प्रहरीले कति रकम लिए? (विवरणसहित)

गोरे समूहले मात्रै ३८ सय केजी सुन तस्करी गरेको खुलासा, यी हुन् ३४ फरार अभियुक्त

सुन तस्करीमा संलग्न प्रहरीलगायतका अभियुक्तलाई भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दा पनि चल्ने

३३ किलो सुन प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता, ३४ जना फरार

३३ केजी सुन प्रकरणः २८ औं अभियुक्त बने डिएसपी केसी

३३ किलो सुन तस्करीमा अर्का प्रहरीविरुद्ध पनि मुद्दा

३३ केजी सुन तस्करी प्रकरणः बाजेको सेकुवाका सञ्चालकविरुद्ध पनि मुद्दा दायर

३३ किलो सुन तस्करी प्रकरण : एसएसपीका चालक पक्राउ, छानबिन समिति विराटनगरमा

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०७५  ०६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ
ट्रम्पको चेतावनी– पिकैक्स माउन्टेनमा गतिविधि देखिए अमेरिकाले आक्रमण गर्छ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह शनिबार, भदौ २०, २०८३
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ शनिबार, भदौ २०, २०८३
ट्रम्पको चेतावनी– पिकैक्स माउन्टेनमा गतिविधि देखिए अमेरिकाले आक्रमण गर्छ शनिबार, भदौ २०, २०८३
बोलिभियाको सैन्य अड्डामा शक्तिशाली विस्फोट : १० भन्दा बढीको मृत्यु, ५८ घाइते शनिबार, भदौ २०, २०८३
हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्