काठमाडौं– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अर्का एक प्रहरीविरुद्ध समेत मुद्दा दायर भएको खुलेको छ। हवल्दार अमर बहादुर थापा मगरविरुद्ध समेत मुद्दा चलेको छ ।
थापालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। छानबिन सुरु भएलगत्तै उनी फरार भएका थिए।
उनीसहित ८ प्रहरी अधिकारीविरुद्ध बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ।
पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीहरु प्रजित केसी, संजय राउत, सइ बालकृष्ण सञ्जेल तथा जवान विष्णु खड्का पक्राउ परिसकेका छन्।
एसएसपी श्याम खत्री र हवल्दार मगर भने फरार छन्। हवल्दार राना जवान पदमा रहँदा तस्करीमा सघाएको खुलेको छ। मगरले एसएसपी खत्रीको निर्देशनमा सुन तस्करीमा सघाउने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।