काठमाडौं– प्रहरीले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चर्चित ‘चेन’ रेष्टुरेन्ट बाजेको सेकुवाका सञ्चालक चेतन भनिने चेतनाथ भण्डारीविरुद्ध समेत मुद्दा दायर भएको छ। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ सँग मिलेर सुन तस्करीमा लगानी गरेको खुलेपछि मुद्दा दायर गरिएको हो। उनीसहित ३४ जनालाई फरार अभियुक्त बनाई मुद्दा दायर गरिएको छ। उनलाई २३ औं अभियुक्तका रुपमा बाजेको सेकुवा सञ्चालक भनेर परिचय खोलेरै प्रतिवादी बनाइएको छ।
सम्बन्धित समाचार:३३ किलो सुन तस्करी : ‘बाजेको सेकुवा’का सञ्चालक पनि छानबिनमा
बाजेको सेकुवाका सञ्चालक भण्डारी अमेरिकामा छन्। मुख्य नाइके उप्रेती उनका भाञ्जा हुन्। अनुसन्धानको क्रममा सुन तस्करीका धेरै मिटिङमा बाजेको सेकुवामै हुने र त्यसमा भण्डारी समेत संलग्न हुने गरेको स्रोत बताउँछ। अन्य तस्करसँग मिलेर भण्डारीले पनि ३३ किलो सुन लुकाउने व्यक्तिलाई खोजी गरी हत्या गर्न २ करोड रुपैयाँ गिरोहका मुख्य नाइके चुडामणि उप्रेतीाई दिएको अभियोगपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।