काठमाडौं- नेपाली कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न र दोषीलाई कारबाही गर्न सबैको माग रहेको जनाएको छ।
प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक ट्वीट गर्दै वाइड बडी,ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशनलगायतका भ्रष्टाचारको छानबिनको माग गरेका हुन्।
अनियमितता भएका क्षेत्रको गहिरो छानबिन र कडा कारबाही अघि बढाउन सार्वजनिक दबाब बढाउन समेत उनले ट्विटमा आग्रह गरेका छन्।
बुढिगण्डकी आयोजना चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा सुम्पेर राष्ट्रघात भएको उनले दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।