काठमाडौं- प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाकै सदस्य सानुसिवा पहाडीको निधनति दुःख व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सभामुख सापकोटाले दुःख व्यक्त गरेका हुन्।
मिर्गौला पीडित भएकी पहाडीलाई थप मुटुको समस्या भएपछि उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा बिहान साढे ८ बजे निधन भएको हो। ५८ वर्षीया पहाडीले इलामका डम्बर पहाडीसँग विवाह गरेकी थिइन्।
उनी जनसांस्कृतिक महासघंकी केन्द्रीय सदस्य समेत हुन्। उनले २५ भन्दा बढी जनवादी गीतमा स्वर दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।