• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पहिलोपटकको हारले स्पेनमाथि प्रश्न

64x64
नेपाल लाइभ बुधबार, असोज २८, २०७७  १२:३५
1140x725

काठमाडौं- युइएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग १-० ले पराजित भयो। युक्रेनसँग पहिलो पटक हार भोगेको स्पेनले खेलभर बलमा नियन्त्रण बनाइरहे पनि गोलमा बढ्न सकेन। 

लगातार ४२ खेलमा गोल गर्दै आइरहेको स्पेन पछिल्लो दुई खेलमा गोलविहीन छ। यसअघि पोर्चुगलसँगको मैत्रीपूर्ण खेलमा गोलविहीन भएको स्पेन नेसन्स लिगमा युक्रेनविरुद्ध पनि गोलविहीन भयो। ४२ खेलमा १२१ गोलका साथ बढिरहेको स्पेनका लागि पछिल्ला दुई खेलको अवस्थाले चिन्ता थपेको छ। 

युक्रेनविरुद्ध स्पेनले ७२ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्नुका साथै २१ सट प्रहार गरेको थियो। तर युक्रेनका गोलकिपर जेओर्जी बुशचानले राम्रा बचाउहरु गरे। जहाँ ७६औँ मिनेटमा काउन्टर अट्याकमा बढाएको बलमा स्पेनका गोलकिपर डेभिड डे गा गलत पोजिसनमा हुँदा युक्रेनका भिक्टर टेगानकोभले गोल गरे। 

स्पेनले २०१२ को युरो कप जितेको युक्रेनको स्टेडियममा गोलका लागि आवश्यक शैली बनाएको देखिए पनि गोलमा बढ्न नसक्दा हार भोग्यो। कोरोना महामारीकै बीच पनि १५ हजार समर्थक रंगशालामा थिए। युक्रेनको एकै सट जितका लागि पर्याप्त भयो। २०१८ को नोभेम्बरमा नेसन्स लिग अन्तर्गत नै क्रोयसियासँग ३-२ ले हारेपछि यो नै स्पेनको पहिलो हार हो। 

खेल हेर्दा पनि स्पेनको शैली हारका लागि योग्य थिएन। तर गोलमा बनाएका अवसरहरु सदुपयोग नहुने हो भने र गोलकिपरको एउटा गल्ती नै हारका लागि पर्याप्त हुन्छ। स्पेनमा अहिले युवा खेलाडीहरुले तीब्रता र एकजुट भएरै खेलिरहेका छन्। गोलको अभावमा पनि त्यो राम्रो पक्ष नै हो। 

स्पेनको खेल राम्रो देखिए पनि गोलमा बनेका अवसर उपयोग नहुनु मुख्य समस्या हो। रंोड्रिगो मोरेनो, मिकेल ओयारजाबल र जेरार्ड मोरेनो त अग्रपंक्तिमा उपयुक्त छन्? भन्ने प्रश्न उठेको छ। यसअघिका खेलमा जस्तो वान भर्सेस वानमा बल कटाएर बढ्ने अन्सु फातीको शैली पनि कमजोर देखियो। खेलभर अग्रपंक्तिमा अवसर बनाउने काम आदामा ट्राओरेले मात्र गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

ट्राओरे स्पेनिस टिमबाट युक्रेनविरुद्ध सबैभन्दा प्रभावकारी देखिएका हुन्। उनको राम्रा क्रस बलहरु गोलमा परिणत हुन भने सकेन। खेलको अन्तिम सयमतिर कप्तान सर्जियो रामोस नै नम्बर ९ पोजिसनमा पुगेर गोल खोजिरहेका थिए। केही क्रस बलमा हेडिङको मुस्किल अवसर आए पनि उनी गोलमा देखिएनन्। 

स्पेनको सुरुवाती ११ खेलाडी फरक ११ क्लबबाट थिए। म्यानचेस्टर युनाइटेड, सेभिया, रियल मड्रिड, भिलारियल, टोटनह्याम, रियल बेटिस, म्यानचेस्टर सिटी, रियल सोसिडाड, वुल्भ्स, लिड्स युनाइटेड र बार्सिलोना फरक-फरक क्लबबाट सेटमा परेका खेलाडीहरुले एकअर्कालाई बुझ्न मुस्किल परेको विश्लेषण पनि भइरहेका छन्। 

स्पेनको हारमा गोलकिपर डेभिड डे गाको आलोचना भइरहँदा प्रशिक्षक लुइस इनरिकले भने डे गालाई दोष दिनु राम्रो नभएको बताएका छन्। ‘यस्तो खेलमा पनि गोलकिपरलाई दोष दिने हो भने फुटबल नहेरे हुन्छ। हरेक गोल गर्दा या गोल खाँदा पूरै टिमको जस अपजस हुने हो। हामीले राम्रो अवसरहरु बनाएका पनि थियौँ, खेल हाम्रै नियन्त्रणमा थियो। खेलाडीहरुले जस्तो मेहनत गरे त्यो मलाई राम्रो लागेको छ’ उनले भनेका छन्। 

‘एक दुई खेलमा गोल नहुँदा धेरै आत्तिनु पर्ने छैन। हामीले राम्रा अवसरहरु बनाएकै हौँ। मैले मेरो समयमा यस्ता धेरै खेलहरु गुमाएको छु। खेलभर आफूले नियन्त्रण बनाउँदा पनि काउन्टरमा एक गोलले ठूलो असर पारिदिन्छ। विपक्षीले पाएको मौका उपयोग गरे’ उनले भनेका छन्। 

युक्रेनसँगको हारपछि पनि स्पेन आफ्नो समूहमा शीर्ष स्थानमा नै छ। चार खेलमा स्पेनको सात अंक छ। दोस्रोमा रहेको जर्मनी र तेस्रोमा रहेको युक्रेनको समान छ अंक छ। अन्तिममा स्वीट्जरल्याण्डको दुई अंक छ। स्पेनले अब नोभेम्बर १५ मा स्वीट्जरल्याडसँग खेल्नेछ। 
 

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह?
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक बुधबार, भदौ ३१, २०८३
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह? बुधबार, भदौ ३१, २०८३
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्