• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पहिलोपटकको हारले स्पेनमाथि प्रश्न

64x64
नेपाल लाइभ बुधबार, असोज २८, २०७७  १२:३५
1140x725

काठमाडौं- युइएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग १-० ले पराजित भयो। युक्रेनसँग पहिलो पटक हार भोगेको स्पेनले खेलभर बलमा नियन्त्रण बनाइरहे पनि गोलमा बढ्न सकेन। 

लगातार ४२ खेलमा गोल गर्दै आइरहेको स्पेन पछिल्लो दुई खेलमा गोलविहीन छ। यसअघि पोर्चुगलसँगको मैत्रीपूर्ण खेलमा गोलविहीन भएको स्पेन नेसन्स लिगमा युक्रेनविरुद्ध पनि गोलविहीन भयो। ४२ खेलमा १२१ गोलका साथ बढिरहेको स्पेनका लागि पछिल्ला दुई खेलको अवस्थाले चिन्ता थपेको छ। 

युक्रेनविरुद्ध स्पेनले ७२ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्नुका साथै २१ सट प्रहार गरेको थियो। तर युक्रेनका गोलकिपर जेओर्जी बुशचानले राम्रा बचाउहरु गरे। जहाँ ७६औँ मिनेटमा काउन्टर अट्याकमा बढाएको बलमा स्पेनका गोलकिपर डेभिड डे गा गलत पोजिसनमा हुँदा युक्रेनका भिक्टर टेगानकोभले गोल गरे। 

स्पेनले २०१२ को युरो कप जितेको युक्रेनको स्टेडियममा गोलका लागि आवश्यक शैली बनाएको देखिए पनि गोलमा बढ्न नसक्दा हार भोग्यो। कोरोना महामारीकै बीच पनि १५ हजार समर्थक रंगशालामा थिए। युक्रेनको एकै सट जितका लागि पर्याप्त भयो। २०१८ को नोभेम्बरमा नेसन्स लिग अन्तर्गत नै क्रोयसियासँग ३-२ ले हारेपछि यो नै स्पेनको पहिलो हार हो। 

खेल हेर्दा पनि स्पेनको शैली हारका लागि योग्य थिएन। तर गोलमा बनाएका अवसरहरु सदुपयोग नहुने हो भने र गोलकिपरको एउटा गल्ती नै हारका लागि पर्याप्त हुन्छ। स्पेनमा अहिले युवा खेलाडीहरुले तीब्रता र एकजुट भएरै खेलिरहेका छन्। गोलको अभावमा पनि त्यो राम्रो पक्ष नै हो। 

स्पेनको खेल राम्रो देखिए पनि गोलमा बनेका अवसर उपयोग नहुनु मुख्य समस्या हो। रंोड्रिगो मोरेनो, मिकेल ओयारजाबल र जेरार्ड मोरेनो त अग्रपंक्तिमा उपयुक्त छन्? भन्ने प्रश्न उठेको छ। यसअघिका खेलमा जस्तो वान भर्सेस वानमा बल कटाएर बढ्ने अन्सु फातीको शैली पनि कमजोर देखियो। खेलभर अग्रपंक्तिमा अवसर बनाउने काम आदामा ट्राओरेले मात्र गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

ट्राओरे स्पेनिस टिमबाट युक्रेनविरुद्ध सबैभन्दा प्रभावकारी देखिएका हुन्। उनको राम्रा क्रस बलहरु गोलमा परिणत हुन भने सकेन। खेलको अन्तिम सयमतिर कप्तान सर्जियो रामोस नै नम्बर ९ पोजिसनमा पुगेर गोल खोजिरहेका थिए। केही क्रस बलमा हेडिङको मुस्किल अवसर आए पनि उनी गोलमा देखिएनन्। 

स्पेनको सुरुवाती ११ खेलाडी फरक ११ क्लबबाट थिए। म्यानचेस्टर युनाइटेड, सेभिया, रियल मड्रिड, भिलारियल, टोटनह्याम, रियल बेटिस, म्यानचेस्टर सिटी, रियल सोसिडाड, वुल्भ्स, लिड्स युनाइटेड र बार्सिलोना फरक-फरक क्लबबाट सेटमा परेका खेलाडीहरुले एकअर्कालाई बुझ्न मुस्किल परेको विश्लेषण पनि भइरहेका छन्। 

स्पेनको हारमा गोलकिपर डेभिड डे गाको आलोचना भइरहँदा प्रशिक्षक लुइस इनरिकले भने डे गालाई दोष दिनु राम्रो नभएको बताएका छन्। ‘यस्तो खेलमा पनि गोलकिपरलाई दोष दिने हो भने फुटबल नहेरे हुन्छ। हरेक गोल गर्दा या गोल खाँदा पूरै टिमको जस अपजस हुने हो। हामीले राम्रो अवसरहरु बनाएका पनि थियौँ, खेल हाम्रै नियन्त्रणमा थियो। खेलाडीहरुले जस्तो मेहनत गरे त्यो मलाई राम्रो लागेको छ’ उनले भनेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘एक दुई खेलमा गोल नहुँदा धेरै आत्तिनु पर्ने छैन। हामीले राम्रा अवसरहरु बनाएकै हौँ। मैले मेरो समयमा यस्ता धेरै खेलहरु गुमाएको छु। खेलभर आफूले नियन्त्रण बनाउँदा पनि काउन्टरमा एक गोलले ठूलो असर पारिदिन्छ। विपक्षीले पाएको मौका उपयोग गरे’ उनले भनेका छन्। 

युक्रेनसँगको हारपछि पनि स्पेन आफ्नो समूहमा शीर्ष स्थानमा नै छ। चार खेलमा स्पेनको सात अंक छ। दोस्रोमा रहेको जर्मनी र तेस्रोमा रहेको युक्रेनको समान छ अंक छ। अन्तिममा स्वीट्जरल्याण्डको दुई अंक छ। स्पेनले अब नोभेम्बर १५ मा स्वीट्जरल्याडसँग खेल्नेछ। 
 

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्