काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका निलम्बित प्रमुख सचेतक गुलाबजङ शाहले दलको बैठक बोलाएका छन्। शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बैठक बोलाएका हुन्।
बैठकमा प्रदेशका नेकपाका ३३ सदस्य नै आफूले बोलाएको बैठकमा सहभागी हुने शाहले बताए। ‘मुख्यमन्त्रीज्यूमाथिको अविस्वास प्रस्तावमाथि दलको बैठकमा घनिभूत छलफल हुन्छ। सबैले आ–आफ्नो विचार राख्नुहुन्छ,’ शाहले भने, ‘त्यहीँ दलको बैठकबाट पार्टीका सांसदहरुले एक मत भएर आउनुुहुन्छ।’
मुख्यमन्त्री शाहीले आफूलाई कारबाही गर्नु गैरसंवैधानिक भएको उनले आरोप लगाए। ‘मुख्यमन्त्रीज्यू आफू कमजोर भएपछि कमजोर मानसिकताको उपजस्वरुप मलाई हटाउने काम गर्नुभयो’, शाहले नेपाल लाईभसँग भने, ‘मलाई प्रमुख सचेतकबाट हटाउनु गैरसंवैधानिक र गैरकानुनी छ। त्यसको कुनै अर्थ छैन।’ यता नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गते संसदीय दलको बैठक बोलाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।