तिमीले निदाउन मिल्दैन अझै
तिमीले विश्राम लिन पनि मिल्दैन
एउटै त आशाको दियो हौ तिमी
तिमीले ढल्किन मिल्दैन अझै ।।
नबसन दुई फिटको फ़लामे बेडमा
तिमीलाई सुहाउँछ गाउकै भिडमा
उठ! उठ!! हिडिदेऊ न बिन्ती
कुर्दैछौँ तिमीलाई जीवनको मोडमा ।।
मानवता जिउँदै छ तिमीले दर्शायौ
सहयोगी भावना तिमीले बर्सायौ
तिम्रै भरोसा सपना छन् सारा
गरे के हुन्न तिमीले देखायौ ।।
सुनिदेऊ है आवाज़ यी जिउँदो मनका
ईंट्टाका पर्खालले छेक्न नपाओस्
भन्थ्यौ निरोगी संसार बनाउछु
नभाको रोगले तिमीलाई नखाओस् ।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।