• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास
विद्यार्थी भिसामा कोरिया आएका नेपाली विद्यार्थी ४ दिनदेखि ईञ्छन विमानस्थलमा अलपत्र अध्यागमनले प्रवेश नदिएपछि स्वदेश फर्काइँदै
64x64
शिव भुसाल आइतबार, असोज २५, २०७७  १५:२७
1140x725

सिओल- विद्यार्थी भिसामा दक्षिण कोरिया आएका एक नेपाली विद्यार्थीलाई कोरियाली अध्यागमनले प्रवेश अनुमति नदिँदा अक्टोबर ८ देखि ईञ्छन विमानस्थलमा अलपत्र परेका छन्।

मलेसिया ट्राञ्जिट भएर अक्टोबर ८ का दिन दक्षिण कोरिया आएका ईटहरी घर भएका  ती विद्यार्थीलाई  युनिभर्सिटीले कोरियाली शिक्षा मन्त्रालयलाई जानकारी नै नगराएको भन्दै अध्यागमनले रोकेर राखेको छ। उनी  कोरियाको के.सी युनिभर्सिटीमा अध्ययनका लागि काठमाडौंस्थित पीडित विद्यार्थीका मामा कोरियास्थित नेपाली एजेन्ट विश्व खनालमार्फत् कोरिया आएको बताइएको छ।

उनीसहित सोही युनिभर्सिटीका लागि अर्को कन्सल्टेन्सीबाट १ जना आएको र उनी पहिले नै कलेजलाई जानकारी गराएर आएकाले साथीलाई लगेर आफूलाई कलेजले लैजान पहल नगरेको पिडितको गुनासो छ।

उनी कोरिया आउँदै गरेको जानकारी पाएपछि कलेजका प्रोफेसरले उनीसँगै आएका साथिलाई  फोन गरी  मलेसियाबाटै नेपाल फर्किन भनेपनि  विश्व खनालले आफूले सबै मिलाइदिने आश्वासन दिँदै निश्चिन्त भएर कोरिया आउन भनेको पीडितले बताए।

तर खनालले भने ती विद्यार्थीले नेपालबाट आउँदा आफूलाई जानकारी नदिई आफैं टिकट काटेर आएको र पछि युनिभर्सिटीले प्रवेश नदिने जानकारी पाएपछि मात्र मलेशियाबाट आफूलाई सम्पर्क गरेको बताए। ‘मलेसिया आइसकेको विद्यार्थीलाई मानवताको नाताले पनि कम्तिमा कोरियासम्म ल्याउनुपर्छ, यहाँ प्रवेश गराउन सकिन्छ कि भन्ने हिसाबले आउन भनेको हुँ’ खनालले भने।

कोरोना महामारीयता कोरिया आउने विदेशीले कोरियामा अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको हुनुपर्ने र कलेज प्रशासनले यहाँको शिक्षा मन्त्रालयमा  विदेशी विद्यार्थी आउँदै गरेको सम्पुर्ण विवरण उपलब्ध गराउनुपर्ने प्रावधान छ।

आफूले कलेजमा नेपालबाटै तीन महिना सम्म अनलाइन कक्षा लिएर भाषा पास गरी उत्तिर्ण प्रमाणपत्र समेत प्राप्त गरिसकेको  पीडित विद्यार्थीको भनाइ छ।
महिनौँदेखि शुल्क तिरेर अनलाइन कक्षा लिइरहेको र कन्सल्टेन्सीलाई  पनि तिरेको गरी हालसम्म कन्सल्टेन्सीमार्फत् १० लाख रुपैयाँ बुझाइसकेको पीडितले बताएका छन्।  

पीडितले आफ्नो आर्थिकदेखि समयको खर्च धेरै भएकाले कोरिया आइसकेपछि नफर्काउन आग्रह गरेका छन्।

Ncell 2
Ncell 2

यता युनिभर्सिटी प्रशासनले भने ती विद्यार्थी कोरिया आउँदै गरेको जानकारी एजेन्टले समयमा  नगराएका कारण आफूहरुले यहाँको सरकारलाई विवरण उपलब्ध गराउन नपाएको बताएको युनिभर्सिटीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए।

कलेजले विद्यार्थीका बारेमा क्वारेन्टाइनसहित सम्पुर्ण व्यवस्था यहाँको शिक्षा मन्त्रालयमा पेश गरिसकेको हुनुपर्नेमा एजेन्टले जानकारी नगराउँदा विद्यार्थी नेपालबाट उडेपछि मात्र कलेजले जानकारी पाएको बताएको सुवेदीको भनाइ छ।

घिमिरे यो समाचार तयार पार्दासम्म चार दिनदेखि ईञ्छन विमानस्थलमा छन्। उनलाई शुक्रबारको कोरियन एयरमा नेपाल फर्काउने प्रयास गरिएको भएपनि कोरोना परीक्षणको पिसिआर रिपोर्ट आवश्यक पर्ने तथा अध्यागमनले कलेज प्रशासनसँग छलफल गर्न समय मागेपछि रोकिएको खनालले बताए।  

अध्यागमन र कलेज प्रशासनको छलफलपछि ती विद्यार्थीलाई नेपाल फर्काउने निर्णय भएको र अबको उडानमा पिसिआर परीक्षण गराएर स्वदेश फर्काइने उनले बताए।

पीडित विद्यार्थीका मामा स्वयंले नेपालमा कन्सल्टेन्सी सञ्चालन गर्ने र उनले प्रो कन्सल्टेन्सीमार्फत् भिसा प्रक्रिया पुरा गरी अन्तिममा प्रो कन्सल्टेन्सी तथा आफूलाई जानकारी नै नगराई सिधै टिकट काटेर कोरिया  पठाएकाले यस्तो अवस्था सिर्जना भएको खनालको दाबी छ।

कोरोना महामारीको समयमा भिसामात्र भएर हुँदैन भन्ने जानकारी हुँदा हुँदै पनि विद्यार्थीलाई टिकट काटेर सिधै पठाएकाले विद्यार्थी कलेजका लागि नभई अवैधानिक बस्न आएको हुनसक्ने दाबी कलेज प्रशासनले गरेको खनालको भनाइ छ।  

पीडित विद्यार्थीका विषयमा दूतावासलाई पहल गरिदिन आग्रह गरिएको भएपनि दूतावासको क्षेत्रभित्र नपर्ने जवाफ पाएको खनालले बताए। पिडित विद्यार्थीको कोरिया आउँदा-जाँदाको लाग्ने सबै शुल्क कन्सल्टेन्सीले व्यहोर्नेगरी पहल गरेको उनको भनाइ छ।

पीडितलाई कोरिया प्रवेशका लागि कलेजले तत्कालका लागि रिजेक्ट गरिदिएको भएपनि भिसा रद्ध नगरिदिएकाले नेपाल पुगिसकेपछि पुनः कोरिया ल्याउन आफूले प्रक्रिया सुरु गरेको खनालले बताए।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी ‘गैर–राजनीतिक एनआरएन’ को नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएका किरोजले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा गरिएका महत्व... शुक्रबार, असार २०, २०८२
सन् २०१४ देखि बेपत्ता पारिएका नेपालीभाषी भुटानी मानवअधिकारकर्मी आचार्यको विषयमा चिन्ता व्यक्त सादा पोशाकमा आएका रोयल भुटान प्रहरीले उनलाई पक्राउ गरेर भुटान लगेका र त्यसपछि जेलमा राखिएको अनुमान गरिएको छ।  उनको अवस्था अज्ञात छ।... शुक्रबार, असार १३, २०८२
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको माल्दिभ्सका राज्य... बिहीबार, असार १२, २०८२
ताजा समाचारसबै
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग शुक्रबार, असार २७, २०८२
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्