धनी देख्ने गरीब नदेख्ने मोतिबिन्दु छ सरकारलाई।
बिज देख्ने चिज नदेख्ने मोतिबिन्दु छ सरकारलाई।।
कर देख्ने कर्तव्य नदेख्ने मोतिबिन्दु छ सरकारलाई।
तुस देख्ने घुस नदेख्ने मोतिबिन्दु छ सरकारलाई।।
सार देख्ने भ्रष्टाचार नदेख्ने मोतिबिन्दु छ सरकारलाई।
खास देख्ने विकास नदेख्ने मोतिबिन्दु छ सरकारलाई।।
चाचा देख्ने बाचा नदेख्ने मोतिबिन्दु छ सरकारलाई। ।
भर्ती देख्ने धर्ती नदेख्ने मोतिबिन्दु छ सरकारलाई।।
बलात्कार देख्ने बलात्कारी नदेख्ने मोतिबिन्दु छ सरकारलाई।
आफ्नोले गर्दा न्याय,अर्कोले गर्दा अन्याय देख्ने मोतिबिन्दु छ सरकारलाई।।
रहर देख्ने सहर नदेख्ने मोतिबिन्दु छ सरकारलाई।
खाउँ त देख्ने गाउँ नदेख्ने मोतिबिन्दु छ सरकारलाई ।।
उज्यालो देख्ने अँध्यारो नदेख्ने मोतिबिन्दु छ सरकारलाई।
हाम्रो देख्ने राम्रो नदेख्ने मोतिबिन्दु छ सरकारलाई ।।
तिरस्कार देख्ने तृष्णा नदेख्ने मोतिबिन्दु छ सरकारलाई।
अघि देख्ने पछि नदेख्ने मोतिबिन्दु छ सरकारलाई ।।
फुटपाथ देख्ने लुटपाट नदेख्ने मोतिबिन्दु छ सरकारलाई।
आफ्नो देख्ने अर्को नदेख्ने मोतिबिन्दु छ सरकारलाई।।
सृजना देख्ने सर्जक नदेख्ने मोतिबिन्दु छ सरकारलाई।
गाई देख्ने गोठ नदेख्ने मोतिबिन्दु छ सरकारलाई।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।