फाइल तस्बिर
काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक मंगलबार बस्ने भएको छ। मंगलबार दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाइएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
बैठकमा सरकारले पछिल्लो पटक गरेको राजदूत नियुक्तिका विषयमा छलफल गर्ने तयारी गरिएको छ। सरकारले पार्टीमा छलफल गरेर मात्र नियुक्ति गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा गरे पनि कुनै पनि छलफल नगरी अमेरिका र बेलायतका लागि राजदूत नियुक्ति गरिएको थियो। यसपछि नेकपाभित्र असन्तुष्टि पैदा भएको छ।
गत साता सरकारले अमेरिकाका लागि पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई पठाउने निर्णय गरेको थियो भने बेलायतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई पठाउने निर्णय भएको थियो।
यसका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुन सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।