काठमाडौं- राष्ट्रिय जनमोर्चाकी प्रदेश नम्बर पाँचकी सांसद तारा जिसीले संघीयतामा भइरहेको यो विरोध ट्रेलरमात्रै भएकाले पूर्ण तस्बिर आउँन बाँकी रहेको बताएकी छन्।
प्रस्तावित स्थायी राजधानी नामका विषयमा निर्णयार्थ पेश गरिएको प्रस्तावमाथि बोल्दै जिसीले स्थायी राजधानी दाङको भालुवाङमा तोकिएपछि रुपन्देहीइमा विरोधको ट्रेलरमात्रै देखिएको बताइन्।
‘स्थायी राजधानी दाङको भालुवाङमा तोकिएपछि रुपन्देहीमा विरोध हुने ट्रेलरमात्रै हो। वास्तविक तस्बिर आउँनै बाँकी छ‚’ जिसीले भनिन्‚ ‘नेपालको राजनीतिक परिवर्तनमा कसैले संघीयता चाहेका थिएनन्। आवाज पनि उठाएका थिएनन्। २०६२ को जनआन्दोलनमा पनि उठेको थिएन। अन्तरिम संविधानपछि चोर बाटोबाट छिराइयो।’
अब संघीयता खारेज गर्नुपर्ने अवस्था आएको जिसीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।