काठमाडौं- प्रदेश नम्बर पाँचको स्थायी राजधानीलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गर्दै अवरोध गरेपनि प्रदेश सभा बैठक चलिरहेको छ।
कांग्रेस बैठक हलमा भएका कुर्सी टेबुल तोफोड गरेर बाहिर निस्किएको छ। बैठक हलबाट कांग्रेसका नेताहरू निस्किएपछि सभालाई जारी राखिएको छ।
विरोधकै बीच स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनीको विषयमा निर्णयार्थ संसदमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।