एजेन्सी–बलिउड अभिनेत्री प्रियंका चोपडाको पुस्तक ‘अनफिनिस्ड’ अमेरिकामा ‘बेस्ड सेलिङ’ बनेको छ।
उनले ट्वीट गर्दै १२ घण्टाभन्दा कम समयमा आफनो पुस्तक बिक्रीमा अमेरिकामा १ नम्बर पुग्न सफल भएको जनाएकी हुन्। उनले लेखेकी छन्, ‘१२ घण्टाभन्दा कम समयमा हामीलाई अमेरिकामा १ नम्बरमा पु¥याउन सफल भएकोमा धन्यवाद, मलाई आशा छ, तपाईंलाई पुस्तक मन पर्नेछ।’
यसअघि उनले आफ्नो संस्मरण पुस्तकको नाम लेख्नुअघि नै राखेको उल्लेख गर्दै आवरण सार्वजनिक गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘२० वर्षदेखि सार्वजनिक व्यक्तित्व हुनुको हिसाबले मेराअगाडि लामो सूची थिए, जसलाई मैले व्यक्तिगत तथा व्यावसायिक हिसाबले आफूलाई जाँच्नु थियो कि म कति अपूरो छु।’
उनले इन्स्टाग्राममा पनि पुस्तकका बारेमा धेरै भिडियो जारी गरेकी छन्। उनले त्यसमा यो पुस्तक आफ्नो कथा भएको बताएकी थिइन्। पुस्तकमा उनले पुस्तकमा आफ्नो बाल्यकाल, मिस वल्र्डसम्मको यात्रा तथा बलिउडमा आफ्नो संघर्ष तथा हलिउडसम्मको संघर्ष बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।