राम त हौ तिमी
तर पर्यौ कलियुगको
यहाँ रामले रावणलाई मार्दैन
रावणले रामलाई मार्छ
यो कलियुग हो
यहाँ मान्छे मार्नुपर्छ
तर तिमी बचाउन हिड्यौ
यहाँ घाऊ दिनु पर्छ
तिमी त निको पार्न हिड्यौ
यो कलियुग हो
यहाँ रगत चुस्नु पर्छ
तिमी पुछ्छु भनी हिड्यौ
यहाँ दुःख दिनु पर्छ
तिमी लिन्छु भन्दै हिड्यौ
रमाउन सहर रोज्नु पर्ने
तिमी गाउँ–ग़ाउँ छिर्यौ
सम्मान चिल्ला गाड़ीमा छ
तिमी नांगो खुट्टा हिड्यौ
महल खड़ा हुनु पर्ने
तिमी मेरो घर छैन भन्छौ
नातेदार जोगाउने होड़मा
तिमी मेरो कोही छैन भन्छौ
यहाँ अवसर मेरो भन्नु पर्छ
तिमी सबलाई समान भन्छौ
राज़ म मात्र गर्छु भन्नु पर्ने
तिमी सबैक़ो हुनुपर्छ भन्छौ
यहाँ आफूमात्र बाँच्नु पर्छ
तिमी अरुलाई मात्र बचाउँछौ
यहाँ अरुलाई भोको हेर्नु पर्छ
आफू भोकिएर पेट भर्छौ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।